• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक

by
१५ पुस २०८१,
0
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ । लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाती, समुदाय र भाषाभाषिको प्रितिनिधित्वले सिङ्गो नेपालको तस्बिरलाई उजागर गरिहेका छ ।

गत शनिबारदेखि लेकसाइडमा सुरु भएको देशकै ठूलो पोखरा सडक महोत्सवको झाँकीसहितको तामझाम, कला कौशलको प्रस्तुति र हजारौँको संख्यामा उपस्थित स्वदेशी र विदेशी नागरिकको सहभागिताले पोखराको पर्यटनलाई जुरुक्कै उचालेको छ । महोत्सवको उद्घाटन सत्रमा आयोजित झाँकिसहितको र्‍यालिमा प्रदर्शित ‘मगर गाउँ’, थारु नृत्य, गुरुङ समुदायको विशेष प्रस्तुति विशेष आकर्षण रहे । महोत्सवको सन्दर्भमा लेकसाइड क्षेत्र दुलहीझै‌ सिगारिएको छ । साज सजावटले सडकको रौनक बढाएको छ ।

सडक महोत्सवले पोखराको मात्रै नभइ समग्र देशको पर्यटन प्रवर्द्धनमा महत्वपूण टेवा पुगिरहेको छ । महोत्सवमा जातीय कला र संस्कृति झल्कने ६५ भन्दा बढी झाँकीको प्रस्तुति गरिएको थियो । साथै स्थानीय रैथाने उत्पादन, हस्तकलाका सामग्रीलगायतका स्टल पनि पर्यटकको रोजाइमा परेका छन् । २५ वर्ष अगाडि सुरु भएको पोखरा सडक महोत्सवले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुँदै आएको रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेल बताउँछन् । खासगरी पर्यटकीय गतिविधि कम हुने यो सिजनमा बाह्य तथा आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन र पोखरालाई सडक महोत्सवको पर्यायका रुपमा चिनाउन रेबान पोखराले २५ वर्षअघिदेखि महोत्सव सञ्चालन गर्दै आएको हो ।

त्यसैको निरन्तरता स्वरुप २६औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गरिएको रेबान पोखराका अध्यक्ष पोडेलले बताए । ‘सडक महोत्सवको उद्घाटनका अवसरमा उपस्थित झाँकिहरुका कारण महोत्सव पूर्णरुपमा सफल देखिएको छ । उल्लेखनीय सहभागितासहित विविध सांस्कृतिक प्रस्तुतिले माहोल बनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको महोत्सव भव्यरुपमा भएको हामीलाई महसुस भएको छ’, उनले भने । पर्यटकीय सिजन ‘स्लो’ भएको समयमा पोखराको पर्यटकलाई चलायमान बनाउन आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सव उपयोगी बनेको उनको भनाइ छ ।

अध्यक्ष पौडेलका अनुसार महोत्सवकै दौरानमा पोखरामा भइरहेका अन्तर्राष्ट्रिय बेलुन महोत्सव र ड्रागन बोट रेस प्रतियोगिताले पनि पर्यटकीय गतिविधि बढाउन थप मद्दत गरेको छ । पोखरा आसपाका साहसिक गन्तव्यका कारणले पनि पोखराको पर्यटन बढी चलायमान बनिरहेको छ । अङ्ग्रेजी महिनाको डिसेम्वर २८ देखि जनवरी १ तारिकसम्म आयोजना हुने पोखरा सडक महोत्सवमा पाँच लाख पर्यटकको आगमन हुने अपेक्षा रेबान पोखराको छ ।

अन्तर्राष्ट्रियस्तरमा नै हरेक अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने पोखरा सडक महोत्सवलाई अन्तर्राष्ट्रियस्तरमा नै स्थापित गराउने अभियान रहेको रेबान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराई बताउँछन् । पर्यटकीय राजधानी पोखरामा निजी क्षेत्रबाट झण्डै रु पाँच खर्ब रुपैयाँ लगानी भएको भन्दै निवर्तमान अध्यक्ष भट्टराईले पर्यटकीय पूर्वाधार निर्माणमा राज्यले चासो दिनुपर्ने बताए ।

आजभन्दा २५ वर्षअघि पोखराको बसुन्धरा पार्कबाट सुरु भएको पोखरा सडक महोत्सव आज देशकै ठूलो सडक महोत्सवको पहिचान बनाएको छ । ‘महोत्सवको क्रममा हामीले नेपालका विभिन्न कला संस्कृतिलाई सडकमा पस्कन्छौँ, जसले आन्तरिक एवं बाह्य पर्यटकलाई नेपाल बुझ्न सजिलो बनाएको छ’, रेबानका निवर्तमान अध्यक्ष भट्टराईले भने, ‘अहिले यो महोत्सव निजी क्षेत्रको मात्र सहभागितामा हुँदै आएको छ । अझ यसलाई वृहत र विस्तृत बनाउनका लागि राज्यका तीनै निकाय (सङघ, प्रदेश र स्थानीय तह) को उत्तिकै भूमिका हुनु जरुरी छ ।’

खासगरी राज्यका तर्फबाट निर्माण भएका पर्यटकीय पूर्वाधारको सञ्चालन र निर्माण हुँदै गरेका पर्यटकीय पूर्वाधारको छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने दिशामा भूमिका खेल्न जरुरी रहेको उनको भनाइ छ । पोखरामा क्षेत्रीय विमानस्थल निर्माण हुनु आफैमा सुखद् रहेको भन्दै पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपी भट्टराईले राज्यको यति ठूलो लगानी भएको विमानस्थल सञ्चालनमा राज्यका तर्फबाट न्यारोवडी विमान भाडामा लिएर भए पनि छिमेकीमूलुक भारत, चीन र बङ्गलादेशका सहरहरुसँग सिधा हवाई सम्पर्क विस्तारमा जोड दिनुपर्ने उनको भनाइ छ ।

पर्यटन क्षेत्रमा अहिले दक्षजनशक्ति पलायन ठूलो समस्याका रुपमा रहेको भन्दै पोखराका पर्यटन व्यवसायीले जनशक्ति पलायनलाई रोक्न राज्यकै तर्फबाट केही नीतिगत व्यवस्थाको आवश्यकता रहेको बताउँछन् । ‘पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, यो अभावलाई परिपूर्ति गर्न जनशक्ति उत्पादन गर्न र उनीहरुको पलायन रोक्न पनि निजी क्षेत्र र राज्यसँगसँगै अगाडि बढ्न जरुरी छ’, परिषद्का पूर्व अध्यक्ष भट्टराईले भने, ‘राजनीतिक स्थायित्वको अभावमा राज्यका नीति पनि समय समयमा परिवर्तन भइरहने कारणले गर्दा लगानीकर्तालाई निश्चित भए लगानी गर्नसक्ने वातावरणको अभाव छ ।’

करदाताको संरक्षण गर्नुपर्ने दायित्व राज्यको पनि हो । विश्वव्यापी आर्थिक मन्दिको अहिलेको अवस्थामा स्थापित व्यवसायीलाई संरक्षण गर्नु पनि राज्यको प्रमुख दायित्व भएकाले यस्तो अवस्थामा सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न जरुरी रहेको उनको भनाइ छ । पोखरा प्राकृतिक सौन्दर्यताका अतिरिक्त साहसिक पर्यटनको पनि महत्वपूर्ण गन्तव्य बन्दै गएको भन्दै रेबान पोखराका अध्यक्ष पौडेलले वर्तमान समय सुहाउँदो डिजिटल बजारीकरणमा राज्यका तर्फबाट पहल हुन आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी परिवर्तिन परिस्थिति अनुसार विश्वव्यापी रुपमा नेपालको प्रवद्र्धन गर्न डिजिटल माध्यमको प्रयोगलाई बोर्डले प्राथमिकताका साथ अगाडि बढाउने बताए । नयाँ नयाँ गन्तव्यहरुको पहिचान र विकासका लागि बोर्डले आगामी दिनमा आफ्ना कार्यक्रमलाई केन्द्रीत गर्दै लैजाने उनको भनाइ छ । सिइओ जोशीले पर्यटनबाट लाभ लिनका लागि खासगरी क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ध्यान दिन जरुरी रहेको बताए ।

पर्यटनलाई चलायमान बनाउन सम्पर्क सञ्जाल विस्तारमा सबै निकायको ध्यान पुग्न जरुरी रहेको उनको जोड छ । आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा २६औँ संस्करणको पोखरा सडक महोत्सव भएको हो । रेबान पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरेको हो । यही पुस १७ सम्म चल्ने महोत्सवले अफ सिजनको पर्यटनलाई चलायमान बनाउन र अर्थतन्त्रमा धोरै भए पनि योगदान गर्ने बताइन्छ ।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषासमेत प्रदर्शन गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् । सडक महोत्सव पोखराको ‘ब्राण्ड’ बनेको छ । रेबानका केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विदेशी पर्यटकको बसाइँ लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पुर्‍याउन पनि मद्दत पुगेको उनको भनाइ छ ।

महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ प्रहरीले बताए । उनले राजनीतिक स्थायित्व, नीतिगत सुधार र पूर्वाधारको प्रभावकारी सञ्चालन गरिएको खण्डमा पर्यटन विकासमा टेवा पुग्ने बताए । पोखरा सडक महोत्सव देशकै ठूलो महोत्सवको रुपमा रहदै आएको छ । यो महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ सम्ब्याउन सहयोगीसिद्ध भएको छ । गत वर्षमात्र पाँच लाख स्वतदेशी तथा विदेशी पर्यटकले सडक महोत्सवको अवलोकन गरेको रेबानले जनाएको छ । पोखरामा दर्ता भएका पर्यटकस्तरदेखि पाँचतारेसम्मका आठ सय हाराहारी होटल छन् । यी पूर्वाधारमा ५० हजार पर्यटकलाई धान्नसक्ने क्षमता रहेको पर्यटन व्यवसायीको भनाइ छ । काठमाडौँ ओर्लिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउँछन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटक आएका छन् । सन् २०१९ मा हालसम्मकै बढी १२ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अन्तर्राष्ट्रिय उत्वस र प्रतियोगिताले यसवर्षको महोत्सवलाई उल्लासमय बनाएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ । पोखरामा आइतबारदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ । यस्तै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको पर्यटन प्रवद्र्धन गर्ने नेपाल–चीन मैत्रीपूर्ण ड्रागन वोट रेस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । दोस्रो संकरणको ड्रागन वोट रेसमा नेपालका ११, चीनका ८ र सिङ्गापुरका एक गरी २० वटा समूहको सहभागिता रहेको छ ।

Previous Post

आज पुस १५, तारेका परिकार खाएर मनाइँदै

Next Post

अब विकट छैन ‘बोबाङ गाउँ’

सम्बन्धित खबर

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

५ असार २०८३,
शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
Load More
Next Post
अब विकट छैन ‘बोबाङ गाउँ’

अब विकट छैन ‘बोबाङ गाउँ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In