• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

by
२१ पुस २०७९,
0
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन। “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग हुनुहुन्छ ।

दुई दशकअगाडिसम्म सनुसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ । मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन् । करिब २३ वर्ष अगाडि मध्य पहाडी लोकमार्गको ट्रयाक खुले पनि एक दशक अगाडिसम्म बस्ती विस्तार भएको थिएन । अहिले बजार बनेको यो ठाउँमा स्थानीयले धान, गहुँ, तोरीलगायतका खाद्य बाली उत्पादन गरी यहीबाट जीवन चलाउथे । पाँचवर्ष अगाडि जब लोकमार्ग कालोपत्रे भयो तब यहाँ तीव्ररुपमा बजार विस्तार भयो । अहिले खौलाराको चारैतिर ठूला–ठूला घर भवन निर्माण भइरहेका छन् ।

पहिले अन्न उत्पादन हुने ठाउँमा अहिले बजार विस्तार हुँदा खुसी लागेको चूडामणि बताउनुहुन्छ । उहाँले लोकमार्गले जोडिएपछि यो ठाउँका मुहार फेरिएको बताउनुभयो । सडकले नजोडिँदा यहाँ चार÷पाँच वटामात्रै घर रहेको स्मरण गर्दै अहिले ठूला–ठूला सहरमा जस्तै भवन बनेको घिमिरेले सुनाउनुभयो । अब नुन बोक्न बुटवल जानै नपर्ने उहाँको भनाइ छ । “खौलारामा धेरै राम्रो धान फल्थ्यो, समथर ठाउँ थियो, यो गाउँका मान्छेले यही धान, गहुँ उत्पादन गरेर जीविका चलाउथे, अहिले मोटर गाडी आए, धान फल्ने ठाउँमा बजार बन्यो, गाडी गुड्छन्, पहिलेको खौलारा र अहिलेको खौलारामा आकाश पातल फरक छ”, घिमिरेले भन्नुभयो, “खेती मासियो, घर भवन ठडिए, दिनदिनै घर बनेका छन्, पछिपछि त यहाँ खाली ठाउँ देख्नै पाइन्न होला ।”

उहाँले सडक नआउँदा घण्टौँ यात्रा गरेर दैनिक उपभोग्य सामान ढुवानी गर्ने स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाएको बताउनुभयो । बजार बन्न थालेपछि आवश्यक सामान सबै यही पाइन थालेको घिमिरेको भनाइ छ । उहाँले अब सामान्य कामका लागि गाउँ छोडेर टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ ।उहाँले भन्नुभयो, “हाम्रो पालामा सामान्य नुन, तेल किन्न पनि बटौली ९बुटवल० जानुपथ्र्यो, लत्ताकपडादेखि हामीलाई आवश्यक पर्ने सामान यहाँ पाइँदैनथ्यो, अहिलेको जस्तो पसल थिएनन्, बजार देख्न त कि बुटौलीनै जानुपथ्र्यो, कि सुनवल पुग्नुपथ्र्यो, अहिले भन्नुहुन्छ भने घरबाट बाहिर निस्किए बजार देखिन्छ, चाहिएको सामान सबै यहीँ पाइन्छ ।”

स्थानीय देवीराम खरेलले लोकमार्गका कारण यो ठाउँसँगै स्थानीयको जनजीवन परिर्वतन भएको बताउनुहुन्छ । उहाँले सडक नआउँदा सामान्य कामको लागि हप्ता दिन हिँडेर सदरमुकाम बागलुङ बजार पुग्ने गरेको भन्दै अहिले तीन घण्टामै पुग्न सकिने बताउनुभयो । सडकले नागरिकको जीवन सरल र सहज बनाउँदै गएको खरेलको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “सडक नआउँदा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको थियो, आजाभोलि दुई÷चार घण्टा लाग्ने स्थानमा पुग्न दुई÷तीन दिन लाग्थ्यो, मान्छे बिरामी परेपछि डोकोमा बोकेर टाढा पु¥याउनुपथ्र्यो, सडकले अहिले धेरै कुरामा सहजता ल्याएको छ, पहिलेजस्तो सास्ती खेप्नुपर्ने अवस्था छैन, बिरामी परियो भने पनि गाडीमै एकैछिनमा औषद्योपचार गर्न गइन्छ, पहिलेको जस्तो उपचार नपाएर अकालमा मर्नुपर्ने अवस्था छैन, अब पहिलेको जस्तो बागलुङ बजार जान हप्ता दिन लाग्दैन ।”

बडिगाडको सबै ठाउँ सडकले जोडिएको बताउँदै सडकले यहाँ उत्पादन भएका उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज भएको उहाँले बताउनुभयो । अहिले लोकमार्ग छेउछाउका जग्गामा धमाधम बस्ती विस्तार भइरहेको भन्दै यसरी बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य निकै आकासिँदै गएको उहाँको भनाइ छ । सडक नआउँदा बाँझै रहेका जग्गा अहिले घडेरीमा परिणत भएको घिमिरेको भनाइ छ ।

“सडकले स्थानीयलाई व्यावसायिक पनि बनाएको छ, पहिले गाउँमा उत्पादन हुने तरकारी तथा फलफूल निःशुल्क बाँड्ने चलन थियो, अहिले बजारसम्म ल्याएर थोरै भए पनि पैसा पार्ने बानी बस्दैछ”, उहाँ भन्नुहुन्छ, “अहिले त लोकमार्गले छोएको जग्गा खाली छैनन्, कहीँ ठाउँ घर बने, कतै बन्दै छन् भने केहीँ ठाउँमा घडेरी निर्माण भएका छन्, पहिले बाँझो बनेका जग्गा पनि अहिले लाखौँ मूल्यमा बिक्री हुन थालेका छन्, खौलारामा सानादेखि ठूला–ठूला भवनले खाली ठाउँ ढाकिन थालेका छन् ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बजारलाई व्यवस्थित बजारका रुपमा विकास गर्न गाउँपालिकाले योजना बनाएको बताउनुभयो । उहाँले पालिककै मुख्य बजारका रुपमा यस ठाउँ रहेको भन्दै अब यहाँ बन्ने कुनै पनि घर भवन मापदण्डविपरीत नबन्ने बताउनुहुन्छ । अब मापदण्डपालना गरेर मात्रै संरचना निर्माण हुने उहाँको भनाइ छ ।

“यो बडिगाड गाउँपालिकाको मुख्य बजार हो, समथर र ठूलो भूगोल हुँदा यहाँ बस्ती विस्तार हुँदैछ र भविष्यमा जिल्लाकै ठूलो बजार हुने देखिन्छ, पछि अस्तव्यस्त बजार हुन नदिन हामीले अहिलेदेखि नै एउटा मापदण्ड बनाएर घर भवन निर्माण गर्ने कार्यविधि बनाएका छौँ, खौलारासँगै लोकमार्गले जोडिएका अन्य क्षेत्रमा बस्ती विस्तार भइरहेको छ, ती ठाउँमा घर भवन निर्माण गर्दा मापदण्डपालना गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष अधिकारीले बजारमा ढल, फोहोर व्यवस्थापनका, सिसी क्यामेरा र सोलार बत्ती जडान गर्ने योजना रहेको जानकारी दिनुभयो । बजारको सौन्दर्यकरणका लागि गाउँपालिकाले काम सुरु गर्न थालेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाका धेरै बजारमा पहिले योजना नबनाउँदा अहिले धेरै समस्या आएको पाइन्छ, त्यसले गर्दा हामीले यहाँको सौन्दर्यकरणका लागि के गर्ने फोहोर व्यवस्थापन कहाँ गर्ने, कसरी ढल व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गरी सकेका छौँ, अहिले बनाएको योजनाले दशकौँ वर्षपछिको बजार व्यवस्थापनलाई सहज बनाओस् भन्ने हाम्रो चाहना छ ।” उहाँले योसँगै खर्बाङ, न्वारा, खारा, भिमगिठेलगायत लोकमार्गले जोडिएका स्थानमा सिसी टिभी, सोलार बत्ती जडान गर्ने बताउनुभयो । यी ठाउँको सौन्दर्यकरणका लागि आवश्यक तयारी गरिरहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

Previous Post

स्वतन्त्रता दिवसका अवसरमा म्यानमारमा ७ हजार कैदी रिहा

Next Post

अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने दक्षिण कोरियाको चेतावनी

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने दक्षिण कोरियाको चेतावनी

अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने दक्षिण कोरियाको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In