• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पुर्ख्याैली पेसाप्रति जलारी युवाको घट्दो रुचि

by
२० मंसिर २०८१,
0
पुर्ख्याैली पेसाप्रति जलारी युवाको घट्दो रुचि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्याैली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो । तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुर्ख्याैली पेसाभन्दा वैकल्पिक पेसा एवं रोजगारीतर्फ आकर्षित हुन थालेको छ । जलारी पोखराको फेवाताल आसपास बसोबास गर्दै आएको परम्परागत माछा मार्ने समुदाय हो । उनीहरूले आफ्नो मुख्य पुर्ख्याैली पेसा माछा मारेर र बेचेर जीविकोपार्जन गर्दै आइरहे पनि माछा उत्पादनमा आएको कमी, बजार व्यवस्थापनमा चुनौती र आधुनिक जीवन शैलीप्रतिको आकर्षणले यो समुदायको युवाले पुख्यौली पेसाप्रति कम रुचि देखाउन थालेका हुन् ।

जलारी मत्स्य सहकारी सङ्घका अध्यक्ष ज्ञानबहादुर जलारीले परिवर्तित समयसँगै जलारी युवा पनि अन्य क्षेत्रतर्फ आकर्षित हुँदै गएको बताए । ‘अहिलेका युवाहरु पढेलेखेको र यो बाहेकका पेसामा पनि आफ्नो भविष्य देख्न थालेपछि उनीहरुको पुर्ख्याैली पेसामा सीमित हुन चाहेका छैनन्, अर्कोतर्फ तालमा माछा उत्पादन घट्लै जान थालेपछि जीविकोपार्जनमा पनि समस्या हुन थाल्यो ।’ आफ्नो परम्परा र पुख्र्यौली पेसामा नै आफ्नो समुदायका लागे हुन्थ्यो भन्ने लागे पनि पुस्ता हस्तान्तरण गरेर यसमा टिकाउन त्यति सहज नभएको उनको भनाइ छ ।

‘आजका युवाहरूमा पुर्ख्याैली पेसाप्रति एक प्रकारको उदासिनता छ । तालको वातावरणीय सङ्कट र पेसाबाट आउने आर्थिक समस्याका कारण उनीहरूले पुर्ख्याैली पेसामा रुचि देखाउन छाडेका छन्’, ज्ञानबहादुरले भने। जलारी समुदायलाई पेसामा टिकाइराख्नको लागि राज्यस्तरबाटै व्यावसायिक प्रविधिको प्रयोग, ताल संरक्षण र सहकारीले माछा उत्पादनमा लगानी गर्नसक्ने दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ ।

‘युवा पुस्तालाई ताल र समुदायसँग जोड्न तालको दिगो व्यवस्थापन र आर्थिक रूपमा लाभप्रद बनाउनेतर्फ ध्यान दिन सकिएमा मात्र यो पेसा दिगो रूपमा बचाउन सकिन्छ’, उनले भने । फेवाताल किनारमै जन्मे हुर्केर बाबुबाजेसँगै माछा मार्ने पेसालाई नजिकबाट नियालिरहेका २० वर्षीय राजीव जलारी अहिले वैदेशिक रोजगारीको तयारीमा छन् । ‘मेरै बुबा–हजुरबुबाको पुर्ख्याैली पेसा भए पनि म यसमा राम्रो भविष्य देख्दिन, यो हाम्रो पुर्ख्याैली पेसा हो, माछा मारेर हाम्रो परिवारले पुस्तौँदेखि जीविकोपार्जन गर्‍यो तर अहिले म यसमा भविष्य नदेखेर विदेश जाने तयारीमा छु ।’

राजीव भन्छन् ‘माछा घट्दै गएको छ, ताल प्रदूषित छ, अनि तालमै निर्भर हाम्रो समुदाय आर्थिक रुपमा सक्षम हुन सकेको छैन, पेसालाई निरन्तरता मात्र दिने कि सुरक्षित भविष्य पनि हेर्ने ?’ उनी प्रश्न गर्छन् । उनी थप्छन्, ‘हामी जस्तै धेरै जलारी युवा वैकल्पिक पेसा खोज्दैछौँ, यदि तालको संरक्षण, माछा उत्पादनमा वृद्धि र आधुनिक प्रविधिसँग युवालाई जोड्ने हो भने सायद हामीले पनि यो पेसा गर्वका साथ अगाल्न सक्थ्याै‌ तर अहिलेलाई यो पेसा जारी राख्न सक्ने आधार गुम्दै छन् । गुजारा टार्ने काम मात्र भएको छ । यही परिस्थितिले गर्दा मैले विकल्प खोज्न थालेको हुँ ।’

हर्पन फेवा मत्स्य सहकारी संस्थाका पूर्वअध्यक्ष एवं साइनो किचनका सञ्चालक शैलेन्द्र जलारीले आफ्नो समुदायको परम्परागत पेसालाई निरन्तरता दिन खोजे पनि आउने पुस्ताले रुचि देखाउन छाडेको बताए । ‘पुख्र्यौली पेसाप्रति हाम्रो अगाध प्रेम र लगाव छ तर तालको संरक्षण र माछा उत्पादन बढाउन ठोस् कदम नहुँदा वैकल्पिक पेसातर्फ युवाको आकर्षण बढ्न थालेको छ ।’ उनले समुदायको पेसालाई जोगाउन सरकारी तथा गैरसरकारी निकायबाट ताल संरक्षण र माछा उत्पादनको दीर्घकालीन योजना बनाइनुपर्नेमा जोड दिए ।

माछा उत्पादन बढाउन पोखरा महानगरपालिका र अन्य केही संस्थाले प्रयास गरे पनि ती प्रयास प्रभावकारी हुन नसकेको उनको भनाइ छ । ‘तालमा माछाका भुरा छोड्न केही प्रयास भए पनि समुदायले व्यावसायिक रूपमा माछा उत्पादनको विकास गर्न पर्याप्त स्रोत र सीप पाएका छैनन् । यो पेसा दिगो रहनका लागि व्यावसायिक उत्पादन, तालको उचित संरक्षण, र प्रविधिगत सुधार आवश्यक हुन्छ ।’ उनले जलारी समुदायको परम्परागत पेसा जोगाउन जैविक विविधता, आर्थिक स्थायित्व र ताल संरक्षणका लागि दीर्घकालीन समाधान रणनीति आवश्यक रहेको बताए ।

फेवातालमा परम्परागत माछा मार्ने पेसा कठिनाइसँग जुधिरहेको बताउँछन् स्थानीय राजु जलारी । ‘मैले छ-सात वर्षदेखि माछा मार्न छोडेको छु । अहिले माछा खरिद गरेर विक्रीवितरण गर्दैछु तर तालमा माछा उत्पादन घट्दा यो व्यवसाय गर्न पनि अझै गाहे हुँदै गएको छ ।’ उनका अनुसार कुनै समय दिनमै एकसय ५० किलो माछा मारेको अनुभव छ तर अहिले मुस्किलले एक-दुई किलो मार्न पनि समस्या छ ।

‘माछा उत्पादन घट्न थालेको छ, माछाका भुरा बगाउने समस्या पनि उस्तै छ । तालछेउमा बसेर तराईबाट माछा ल्याएर बेच्नुपर्ने अवस्था आउनु भनेको दुःखद् हो, हाम्रो समुदायको भविष्य नै अन्योल छ ।’ उनले आफ्नो २० वर्षीय छोराले पनि पुख्यौली पेसामा भविष्य नदेखेपछि विदेश जान तयारीमा रहेको बताए । ‘आर्थिक रूपमा सुरक्षित भविष्य नदेखेपछि नयाँ पुस्ताले वैकल्पिक पेसा रोज्न थालेका छन्, योसँगै जलारी समुदायको परम्परागत पहिचान हराउने खतरा पनि बढेको छ ।’

आफ्नो पुर्ख्याैली पेसालाई आत्मसम्मानका साथ निरन्तरता दिन चाहे पनि पछिल्लो समय धेरै चुनौती थपिएको उनको भनाइ छ । नयाँ प्रविधि र व्यावसायिक दृष्टिकोणबाट माछापालनलाई मजबुत बनाउन सकेमा जलारी समुदायको परम्परागत पेशा बच्ने र आत्मसम्मानका साथ नयाँ पुस्ताले अँगाल्ने बताए । प्राकृतिक रूपमा माछा उत्पादन गर्ने क्षमतामा आएको कमी, वातावरणीय असन्तुलन, प्रदूषण यसका प्रमुख कारण हुन् । यसले गर्दा माछा मार्ने पेसाबाट निरन्तरता नपाइने भएकाले नयाँ पुस्ताका लागि यो पेसा आकर्षक नरहेको उनको बुझाइ छ ।

मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक डा मोहम्मद अकबाल हुसेनले जलारी समुदायका युवाको अन्य पेसा व्यवसायप्रति रुचि बढ्नु स्वभाविक भए पनि परम्परागत माछापालनलाई आधुनिक र व्यावसायिक बनाउन सकेमा युवाहरू पुनःयस पेसातर्फ आकर्षित गराउन सकिने बताउँछन् । ‘जलारी समुदायको हितका लागि आधुनिक सीप र प्रविधि आवश्यक छ, परम्परा र आधुनिकतालाई समन्वय गरेर आर्थिक सशक्तीकरणसँगै दिगोपना खोज्न नयाँ पुस्तालाई परम्परागत पेशाप्रति सकारात्मक दृष्टिकोण बनाउनु पर्छ ।’

उनले पोखरा तालैतालको सहर भएकाले माछापालनबाटै आर्थिक निर्भर हुनसक्ने प्रशस्त आधार रहेको जनाउँदै जलारी समुदायको पुख्र्यौली ज्ञान र सीपलाई नयाँ पुस्तामा जोड्न सके सम्भावना रहेको बताए । उनका अनुसार अहिले पोखराका फेवाताल, बेगनाताल र रुपातालबाट वार्षिक एक सय २० मेट्रिक टन माछा उत्पादन हुन्छ तर बजारको माग तीन सय मेट्रिक टनभन्दा बढी छ । जलारी समुदायको संरक्षणका लागि केन्द्रले माछाका भुरा छोड्ने र माछा पालनसम्बन्धी आवश्यक सरसल्लाहहरु साथै तालिम पनि प्रदान गर्दै आएको छ ।

उनले पछिल्लो समय स्वास्थ्यका दृष्टिले पनि माछा राम्रो मानिएकाले स्थानीय तालको माछाप्रति ग्राहकको रुचि बढेसँगै माग पनि बढेको बताए । फेवातालको सौन्दर्य र जैविक विविधतासँगै जलारी समुदायको माछा मार्ने पेशा तालको सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिए पनि यो पेशामा नयाँ युवाको रुचि कम देखिएको बताउनुहुन्छ पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं पर्यटन व्यवसायी हरि भुजेल । उनी जलारी समुदायको दीर्घकालीन सुदृढीकरणका लागि ताल संरक्षण, माछा उत्पादनमा वृद्धि, र युवा पुस्तालाई आकर्षित गर्ने नयाँ रणनीति आवश्यक रहेको बताउँछन् ।

पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जलारी समुदायको पुख्यौली पेसा संरक्षण र उनीहरुको जीवनस्तर उकास्न महानगर तयार रहेको बताए । उनी भन्छन्, ‘जलारी समुदायका युवा पुस्ताको रुचि बढाउन र आवश्यक सीपका लागि तालिमको आवश्यकता समुदायले गरेमा महानगर साझेदारी गर्न तयार छ ।’ युवा पुस्तालाई तालसँग जोड्न माछा उत्पादन बढाउन, ताल संरक्षणमा ध्यान दिन र आधुनिक तरिकाबाट आर्थिक रूपमा लाभप्रद बनाउने उपायहरूको खोजी नै उत्तम विकल्प हुनसक्ने उनको भनाइ छ । अहिले फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब एक सय घरधुरी जलारी छन् । पोखरा महानगरले जलारी समुदायलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ । तोकिएको स्थानमा जलारी समुदायले माछा मार्दै आएका छन् ।

Previous Post

बोक्से–सिगाना खण्डमा स्तरोन्नति सकियो

Next Post

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In