• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार

by
१६ मंसिर २०८१,
0
बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । जिल्लाको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक ३० लाख आम्दानी गर्दै आएका छन् । विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उहाँले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाएका हुन् ।

श्रीलङ्का टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन भइरहेका छन् । अर्जुनको व्यवसायमा उहाँका चार छोराले साथ दिइरहेका छन् । कृषि कर्मको आम्दानीबाट जीविकोपार्जन भइरहेको बताउँदै अर्जुनले गोलभेँडाबाट मात्रै सबै खर्च कटाएर रु २० लाख बचत हुने गरेको जानकारी दिए ।

अहिले करिब चार बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरिरहेको अर्जुनका छोरा श्रीराम चन्द्रवंशीले बताए । गोलभेँडाबाट वार्षिक ३० लाख आम्दानी हुनेमा खेतीमा प्रयोग गर्ने मल, कर्मचारीलगायतको वार्षिक १० लाख जति खर्च हुने गरेको उनले बताए ।

उनले भने, “कृषिकर्म हाम्रो पुर्खौली पेसा हो । सुरुआती समयमा सागसब्जी, आलु, कोपिलगायत खेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडाबाट मनग्ये आम्दानी हुन थालेपछि यसप्रति बढी आकर्षित हुन थालेका हौँ ।” गोलभेँडा अहिले थोकमा प्रतिकेजी १ सयमा फार्मबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका उनले बताए ।

“गत असोजमा आएको बाढीले चार कठ्ठा जति खेतीमा क्षति ग¥यो । बारीमा छरेको मल बगाउनुका साथै केही डुबानमा पनि प¥यो । बाढीले करिब रु तीन लाख बढीको क्षति भएको थियो । अहिले भने मौसमले साथ दिएकाले उत्पादन राम्रो भइरहेको छ”, श्रीरामले भने । गोलभेँडाको माग प्रशस्त भएकाले बजारीकरणको समस्या नरहेको उनले भने ।

“उत्पादित कृषि उपज बजार बोकेर लैजानुपर्दैन । व्यापारी आफैँ गोलभेँडासहित अन्य सागसब्जी खरिद गर्न खेतबारीमै आउनुहुन्छ । यहाँ आउनेलाई बजार मूल्यभन्दा २० कम लिने गरेका छौँ”, श्रीरामले भने । धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, बराहक्षेत्रलगायत स्थानबाट व्यापारी फार्ममा गोलभेँडा खरिद गर्न आउने गरेका उनले जानकारी दिए ।

गोलभेँडा खेतीमा लगानी र दुःख बढी भए पनि मेहिनत गरेअनुसार प्रशस्त उत्पादन हुने भएकाले नोक्सान नहुने श्रीरामले अनुभव सुनाए । परिवारका चार दाजुभाइसहित थप २० जनाले रोजगारी पाएका उनले भने ।

गोलभेँडाको मौसममा कम मूल्यमा बिक्री गर्नुपरे पनि बेमौसममा १ सयदेखि १ सय ५० सम्ममा बिक्री हुने श्रीरामले जानकारी दिए । उनका अनुसार वार्षिक ६ सय क्विन्टल बढी भोलभेँडा बिक्री हुने गरेको छ ।

अहिले करिब २० बिघा क्षेत्रफलमा कृषिखेती गर्दै आएको बताउँदै करिब चार बिघामा गोलभेँडा, चार बिघामा मकै र बाँकी जग्गामा कोपि, बोडीलगायत सागसब्जी खेती गरिरहेको श्रीरामले जानकारी दिए ।
जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । “जिल्लाको बराहक्षेत्र नगरपालिकामा बढी मात्रामा गोलभेँडा, कोपी, बोडीलगायत सागसब्जीको प्रशस्त उत्पादन हुन्छ”, उनले भने । उनका अनुसार गत असोजमा आएको बाढीले तीन सय ५४ हेक्टरभन्दा बढी खेती नष्ट गर्दा चार करोड ५२ लाख बराबरको क्षति भएको छ ।

सिँचाइ सुविधा, मलको उपलब्धतादगायत कारणले पछिल्लो समय नगरभित्र गोलभेँडासहित सागसब्जीको उत्पादन प्रशस्त हुन थालेपछि यहाँका अधिकांश परिवार यसतर्फ आकर्षित भएका नगरप्रमुख रमेश कार्कीले बताए । “यहाँका करिब ९० प्रतिशत परिवार तरकारी खेतीमा आबद्ध छन् । श्रीलङ्का टप्पु तरकारी खेतीका लागि प्रख्यात क्षेत्र मानिनुका साथै बजारीकरणको समस्या नभएकाले कृषकको आकर्षण बढेको हो”, उनले भने ।

नगरपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक तरकारीखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायत क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको नगरप्रमुख कार्की बताउछन् ।

Previous Post

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगर दर्शन

Next Post

विपक्षीको पोस्टमा आर्सनको पाँच गोल : जितसँगै तालिकाको दोस्रो स्थानमा

सम्बन्धित खबर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
Load More
Next Post
विपक्षीको पोस्टमा आर्सनको पाँच गोल : जितसँगै तालिकाको दोस्रो स्थानमा

विपक्षीको पोस्टमा आर्सनको पाँच गोल : जितसँगै तालिकाको दोस्रो स्थानमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In