• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

    सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

    सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

    सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

    सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

    सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

    सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मिथेन ग्यास नियन्त्रणका लागि गाइवस्तुको चमत्कारिक उपचारको खोजी गर्दै वैज्ञानिक

by
१४ मंसिर २०८१,
0
मिथेन ग्यास नियन्त्रणका लागि गाइवस्तुको चमत्कारिक उपचारको खोजी गर्दै वैज्ञानिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाईको पेटबाट निस्किने मिथेन ग्यास नियन्त्रणका लागि चमत्कारिक उपचारको विकल्प वैज्ञानिकहरूले खोजेका छन् ।

एक अमेरिकी वैज्ञानिकले दुई महिनाको थिङ १ नामक बाच्छोको मुखबाट पेटसम्म एउटा लामो नलीलाई पठाएर बस्तुको पेटमा उत्पादन हुने शक्तिशाली हरितगृह ग्याँस (मिथेन) नियन्त्रणका लागि एक अनुसन्धान बढाउनुभएको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसका विद्यावारिधीको अनुसन्धानकर्ता पाउलो डे मेओ फिल्होले गाईको आन्द्राको ब्याक्टेरियालाई कम वा कुनै मिथेन उत्सर्जन गर्ने गरी एक गोली विकास गर्ने महत्वाकाङ्क्षी प्रयोगको हिस्साका रूपमा अनुसन्धानलाई अघि बढाउनुभएको हो ।

जीवाश्म ईन्धन उद्योग र केही प्राकृतिक स्रोतहरूले मिथेन उत्सर्जन गर्दछ। गाईवस्तुको पेटबाट हसने उत्सर्जनको मात्राको कारण पशु पालन पनि एक प्रमुख जलवायु चिन्ता बिषय बनेको छ ।

युसी डेभिसका पशु विज्ञानका प्राध्यापक इर्मियास केब्रेबले भन्नुभयो, “हामीले अहिलेसम्म गरेको (विश्वव्यापी) तापक्रममा भएको वृद्धिको लगभग आधा हिस्सा मिथेनका कारण भएको छ।”

जलवायु परिवर्तनमा कार्बन डाइअक्साइडपछि मिथेन दोस्रो सबैभन्दा बढी प्रभाब पार्ने तत्व हो । यो कार्बन डाइअक्साइडभन्दा छिटो बिग्रन्छ तर अधिक शक्तिशाली छ।

केब्रेबले भन्नुभयो, “मिथेन वायुमण्डलमा करिब १२ वर्षसम्म रहन्छ भने कार्बन डाइअक्साइड सदियौँसम्म कायम रहन्छ।”

“यदि हामीले अहिले नै मिथेन घटाउन थाल्यौँ भने तापक्रममा यसको धेरै छिटो प्रभाव देख्न सक्छौँ।

आंशिक रूपमा पचाइएको खाना भएको पेटको पहिलो भागबाट फिल्होले थिङ १ को रुमेनबाट तरल पदार्थ निकाल्न ट्यूबको प्रयोग गर्नुहुन्छ ।

रुमेन तरल पदार्थको नमूना प्रयोग गरेर वैज्ञानिकहरूले हाइड्रोजन, जसलाई गाईले पचाउँदैन तर यसको साटो बाहिर निस्कन्छ, लाई मिथेनमा रूपान्तरण गर्ने सूक्ष्मजीवाणुहरूको अध्ययन गरिरहनुभएको छ । एउटा गाईले वार्षिक करिब २२० पाउन्ड (१०० किलोग्राम) मिथेन ग्यास फ्याँक्छ।

थिङ १ र अन्य बाच्छाहरूले मिथेन उत्पादन कम गर्न समुद्री माछा पूरक आहारको रूपमा प्राप्त गर्छन् ।

मिथेन उत्पादन गर्ने भोकाएका ब्याक्टेरियालाई स्रोतका रूपमा प्रयोग गर्दै वैज्ञानिकहरूले हाइड्रोजनलाई भिजाउने आनुवंशिक रूपले परिमार्जित सूक्ष्मजीवाणुहरू प्रस्तुत गरेर समान परिणामहरू प्राप्त गर्ने आशा गरेका छन् ।

यद्यपि, टोली सावधानीपूर्वक अघि बढेको छ ।

यूसी डेभिस ल्याबका सञ्चालक म्याथियास हेसले भन्नुभयो, “हामी मिथेन बनाउने ब्याक्टेरिया हटाएर मात्र मिथेन उत्पादनमा कटौती गर्न सक्दैनौं, किनकि हाइड्रोजनले जनावरलाई हानि पु¥याउने हदसम्म जम्मा हुन सक्छ ।”

उहाँले भन्नुभयो, “जीवाणुहरू एक प्रकारको सामाजिक जन्तु हुन् । उनीहरु सँगै बस्न रुचाउँछन् । तिनीहरूले एक अर्कालाई अन्तरक्रिया गर्ने र प्रभाव पार्ने तरिकाले इकोसिस्टमको समग्र कार्यलाई असर गर्दछ।”

“तिनीहरूले एक अर्कालाई अन्तरक्रिया गर्ने र प्रभाव पार्ने तरिकाले इकोसिस्टमको समग्र कार्यलाई असर गर्दछ ।”

हेसका विद्यार्थीहरूले पेटमा सूक्ष्मजीवहरूको जीवन अवस्थालाई हलचलदेखि तापक्रमसम्म पुनरुत्पादन गर्ने बायोरिएक्टरमा विभिन्न सूत्रहरू परीक्षण गर्छन् ।

यो परियोजना यूसी डेभिसका साथै यूसी बर्कलेको इनोभेटिभ जिनोमिक्स इन्स्टिच्युट (आईजीआई) मा भइरहेको छ ।

आईजीआईका वैज्ञानिकहरूले मिथेन उत्पादन गर्ने सूक्ष्मजीवाणुहरूलाई विस्थापित गर्न आनुवंशिक रूपमा परिवर्तन गर्नसक्ने आशा गरेका छन् ।

यूसी डेभिसमा परिमार्जित सूक्ष्मजीवहरू त्यसपछि जनावरहरूमा परीक्षण गरिनेछ ।

“हामी मिथेन उत्सर्जन कम गर्न मात्र नभई खाना पचाउने खोजीमा पनि अनुसन्धान प्रयास गरिरहेका छौँ,” केब्रेबले भन्नुभयो ।

“हाइड्रोजन र मिथेन दुवै ऊर्जा हुन्, र त्यो ऊर्जा कम गर्दा यसलाई अर्कै चीजमा पुनर्निर्देशित गर्न सकिन्छ । हामीसँग एकै समयमा राम्रो उत्पादकत्व र कम उत्सर्जन गर्ने विकल्प आउनेछ ।

अन्तिम लक्ष्य जीवनको सुरुमा प्रशासित एकल–खुराक उपचार हो, किनकि अधिकांश पशुहरू स्वतन्त्र रूपमा चराउँछन् र दैनिक पूरकहरू प्राप्त गर्न सक्दैनन् ।

तीनै वटा अनुसन्धान टोलीलाई सफलता हासिल गर्न सात करोड अमेरिकी डलर र सात वर्षको समय दिइएको छ ।

केब्रेबले लामो समयदेखि दिगो पशुधन अभ्यासहरूको अध्ययन गर्नुभएको छ र पृथ्वीको वातावरणकोे सुरक्षाका लागि मासुको खपत कम गर्न आह्वान गर्नुभएको छ ।

विकसित मुलुकका स्वस्थ वयस्कका लागि यसले काम गर्न सक्ने स्वीकार गर्दै उहाँले इन्डोनेसियाजस्ता देशलाई इङ्गित गर्नुभयो, “सरकारले मासु र दुग्ध उत्पादन बढाउन खोजिरहेको छ किनभने पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपनबाट पीडित छन्।” उहाँले भन्नुभयो, “हामी उनीहरूलाई मासु नखान भन्न सक्दैनौं।”

Previous Post

जोमसोमको सहायक गन्तव्य क्षमाताल

Next Post

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

सम्बन्धित खबर

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना
फिचर-ब्यानर

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

१८ असार २०८३,
सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
समाचार

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

१८ असार २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ असार २०८३,
ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
फिचर-ब्यानर

ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

१८ असार २०८३,
इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश
खेलमैदान

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१८ असार २०८३,
Load More
Next Post
सुनको मूल्यमा नयाँ रेकर्डः आज कतिमा हुँदैछ कारोबार ?

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In