• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अभागी बन्यो विभागीय टिम त्रिभूवन आर्मी

by
१८ पुस २०७९,
0
अभागी बन्यो विभागीय टिम त्रिभूवन आर्मी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १८ पुस । पोखरा–पोखराको मैदानमा पहिलो उपाधिको खोजीमा रहेको विभागीय त्रिभुवन आर्मी क्लब फेरि एकपटक अभागी बन्यो । पोखरामा दोस्रो पटक उपाधिको खोजीमा रहेको संकटाले आर्मीको उपाधि उचाल्ने सपनालाई प्रिक्वार्टरफाईनलबाटै निराश बनायो । नयाँ खेलाडी सम्मिलित संकटाले ‘स्किल फुल’ गेम देखाएपछि चार पटक पोखराको मैदानमा फाइनल खेलेको आर्मी सोमबार ३–१ गोलमा पराजित हुदैं बाहिरियो । आर्मीले आहा रारा गोल्डकपको उपाधि खडेरी तोड्न यो वर्ष पनि असमर्थ रह्यो । संकटाले १९ औं संस्करणको आहा रारा गोल्डकप उचालेको थियो । यद्यपि यो सहभागिता भने छैटौं हो । सेमिफाईनल प्रवेश गरेको संकटाले फाइनल प्रवेशको लागि अर्को विभागीय क्लब सशस्त्र प्रहरी बल(एपीएफ क्लब) सँग खेल्ने छ ।

संकटाको संकटमोचन विदेशी खेलाडीले गरे । उत्कृष्ट कमब्याक गर्ने क्रममा संकटाले अफ्रिकन खेलाडीको गोलबाट खेलमा फर्कियो । १६ औं मिनेटमा आर्मीले पेनाल्टीमा गोल गर्दै अग्रता लियो । आर्मीको अग्रता पहिलो हाफसम्म पनि कायम रहेन् । संकटाका निशान खड्काले दिनेश हेमजनलाई पेनाल्टी क्षेत्रमा लडाएपनि पाएको पेनाल्टीलाई नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाए ।
आर्मीले अग्रताको खुसीयाली पहिलो हाफसम्म पनि कायम गर्न सकेन् । पावरगेममा माहिर आर्मीले ३६ औं मिनेटमा अफ्रिकन खेलाडीको गोलबाट संकटामा खेलमा फर्कियो । कप्तान सुनील बलले डिबक्सभित्र मिलाईदिएको छोटो पासलाई मेसुकेले गोल गर्दै संकटालाई उद्दार गरे । उनको गोलसँगै उत्साहित संकटाले दोस्रो हाफ अझ जुझारु प्रदर्शन गर्यो ।

गोलको लागि निकै हतारिएको आर्मीले संकटाको स्ट्राईकरलाई रोक्ने प्रयास ७८ मिनेटसम्म रह्यो । तर ७९ औं मिनेटमा सुरजजिउ ठकुरीले संकटाको लागि गोल गरेपछि आर्मीले क्रमिक रुपमा खेलमा लय गुमाउन पुग्यो । स्टेफन विनोङले सिक्स यार्ड बक्सबाट फष्टबारमा प्रहार गरेको बल बारमा लागेर रिवाउण्ड हुन पुग्यो । रिवाउण्ड बललाई ठकुरीले गोलमा परिणत गरे । पछि परेको अवस्थामा आर्मीले गोल फर्काउने प्रयास गरेपनि सफलता पाउन सकेन् । अतिरिक्त समयमा युद्ध शाहीले फितलो प्रहारलाई गोललाईनबाट क्लियर गर्न नसकेपछि आर्मी ३–१ गोलको हार स्वीकार्यो । मेसुकेको पासमा म्यान अफ दि म्याच स्टेफन विनोङले ‘ओपन पोष्ट’मा प्रहार गरे । आर्मीका डिफेण्डर शाहीले रोक्न प्रयास गरेपनि बलले जाली चुम्यो । आर्मी पोखराको मैदान र आहा रारा गोल्डकपमा अभागी बन्दै आएको छ । आर्मीले सातौं, आठौं, १४ औं र १७ औं गोल्डकपमा फाईनल खेलेपनि उपाधि उचाल्न सकेको छैन् ।

‘जित्नकै लागि आएका हौं । गेम निकै टफ थियो’ संकटाका प्रशिक्षक सल्यान खड्गीले भने–‘पाएको अवसरलाई सदुपयोग गर्यौं । फिनिसिङमा चुकेनौं ।’ आर्मीले १४ औं मिनेटमा दिनेश हेमजनको पावर सट बाहिरिन पुग्यो । त्यसपछि ६७ औं मिनेटमा सुदिल राईले डिबब्स बाहिरबाट हानेको प्रहारलाई संकटाका गोलकिपरले उत्कृष्ट ‘डाईभ’ सेभ गरेपछि संकटालाई संकटबाट टारे । संकटाले पनि १८ र २७ औं मिनेटमा दुईवटा अवसरलाई गुमाउन पुग्यो । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं आहा रारा गोल्डकपको मंगलबारको अन्तिम क्र्र्वाटरफाईनल मनाङ मस्र्याङदी र भुटनिज युथ स्पोर्टस क्लब अमेरिका बीच हुने छ।

Previous Post

सात प्रदेशमा को–को बन्दै छन् मुख्यमन्त्री ?

Next Post

भारत र जापानले संयुक्त सैन्य अभ्यास गर्दै

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
चीनलाई निशानामा राख्दै अमेरिकाले भारतसँग मिलेर बनायो ड्रोन

भारत र जापानले संयुक्त सैन्य अभ्यास गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In