• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सात प्रदेशमा को–को बन्दै छन् मुख्यमन्त्री ?

by
१८ पुस २०७९,
0
प्रदेशमा मुख्यमन्त्रीका लागि कसरत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन । सात दलको समर्थनमा दाहाल प्रधानमन्त्री बनेसंगै अहिले दलहरुले प्रदेशसभाको भागबण्डाका विषयमा समेत छलफल सुरु गरेका छन ।

प्रदेशको भागबण्डा केन्द्रबाट नभइसकेको अवस्थामा संबन्धित प्रदेशमा पकड भएका दलहरुले मुख्यमन्त्रीका लागि लबिङ सुरु गरेका छन । प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नभएकाले उक्त पार्टी बाहेकका दलहरुले मुख्यमन्त्रीको जोडघटाउ सुरु गरेका छन । प्रदेश प्रमुख परशुराम खापुङले आगामी आईतबारसम्म मुख्यमन्त्री दावी गर्न आवहान गरेसंगै प्रदेश नं १ मा एमाले र माओवादी केन्द्र दुबैले मुख्यमन्त्रीको दाबी गरेका छन ।

सबै भन्दा ठूलो दलको हैसियतले आफूहरुले मुख्यमन्त्री पाउनु पर्ने एमालेको अडान छ । प्रदेश नं १ मा एमालेले नेतृत्व गर्ने अवसर पाएमा हिक्मत कार्की मुख्य मन्त्री बन्ने छन । यता माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले अघिल्लो कार्यकालमा माओवादी केन्द्रले एमालेलाई समर्थन गरेकाले यसपाली आफूहरुले मुख्यमन्त्री पाउनु पर्ने अडान राखेका छन ।मुख्यमन्त्रीको भागबण्डा सबै भन्दा बढी मधेश प्रदेशमा पेचिलो बनेको छ ।

एमाले, माओवादी केन्द्र, जसपा र जनमत पार्टीले मधेश प्रदेशको मुख्य मन्त्रीमा दाबी गरेका छन । तर चार मुख्यमन्त्रीमा चार दलले दाबी गरे पनि यहाँ जसपा अथवा जनमत पार्टीले नेतृत्व गर्ने सम्भावना बढी छ । जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादवलाई चयन गरेको छ भने जसपाले एक साता भित्र संसदीय दलको नेता चयन गर्ने जनाएको छ । एउटै गठबन्धनमा रहेका जसपा र जनमत पार्टीलाई एक अर्काको नेतृत्व स्वीकार्न कठिन भएको छ । बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन ।

प्रदेश खारेजीको मुद्धा बोके पनि सरकार निमार्णका लागि निर्णायक शक्ति बने पछि राप्रपाले पनि बागमति प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । एमाले बागमती प्रदेश सभाको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन भने माओपादी केन्द्र संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन । गण्डकी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढी छ । एमाले अध्यक्ष ओली निकट रहेका खगराज अधिकारी गण्डकी प्रदेश एमाले संसदीय दलको नेतामा चयन भएका छन । माओवादी केन्द्रले पनि यहाँ मुख्यमन्त्रीमा दाबी गरेको छ ।

तर केन्द्रबाट भने गण्डकी प्रदेश एमालेकै भागमा पर्ने गरी भागबण्डा हुने एमाले स्रोतको दाबी छ । लुम्बिनी प्रदेशमा एमाले र माओवादी केन्द्र दुबैले मुख्यमन्त्रीमा दाबी गरेका छन । एमाले लुम्बिनी प्रदेश संसदीय नेतामा लिला गिरी चयन भएका छन भने माओवादी केन्द्र संसदीय दलको नेतामा जोखबहादुर महरालाई चयन भएका छन । गण्डकी जस्तै कर्णाली प्रदेशमा पनि एमालेको सरकार बन्ने पक्का जस्तै छ । अघिल्लो कार्यकालमा बारबार प्रयास गर्दा पनि मुख्यमन्त्री बन्न नसकेका ओली निकट यमलाल कंडेल यसपाली मुख्यमन्त्री बन्ने पक्का भएको च्यासल स्रोतले दाबी गरेको छ । सुदुरपश्चिम प्रदेशमा पनि एमाले र माओवादी केन्द्र दुबैले मुख्यमन्त्रीमा दाबी गरेका छन ।

सुदुरपश्चिम प्रदेश एमाले संसदीय दलको नेतामा राजेन्द्र सिंह रावल निर्वाचित हुँदा माओवादी केन्द्रबाट खगराज भट्ट निर्वाचित भएका छन । सातै प्रदेशमा एमाले नेतृत्वको गठबन्धनको सरकार बन्दा नेपाली कांग्रेस भने केन्द्र देखि सातै प्रदेशमा प्रमुख प्रतिपक्ष दलको हैसियतमा खुम्चिने देखिएको छ ।

यद्यपी मधेश, बागमती लुम्बिनी, र सुदुरपच्छिम प्रदेशमा राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले नेतृत्व लिन नपाए उनीहरु गठबन्धनबाट बाहिरीन सक्ने र आफूहरुले सरकार गठन गर्न सक्ने कांग्रेसको अनुमान छ । साना दलहरुले समर्थन फिर्ता लिए चार प्रदेश सहित केन्द्रमा पनि एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालको पद फुस्कन सक्छ । त्यसैले प्रदेशको भागबण्डा प्रदेशलाई संसदीय दललाई भन्दा पनि आलोपालोका हिसाबले केन्द्रबाटै टुङयाउने बालुवाटार स्रोतले बताएको छ ।

Previous Post

प्रधानमन्त्री प्रचण्डले मंगलबार निर्देशनात्मक सम्बोधन गर्दै

Next Post

अभागी बन्यो विभागीय टिम त्रिभूवन आर्मी

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
अभागी बन्यो विभागीय टिम त्रिभूवन आर्मी

अभागी बन्यो विभागीय टिम त्रिभूवन आर्मी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In