• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

by
९ मंसिर २०८१,
0
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की। पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ। पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ।

आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ। कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो। तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद थप हुन लागेको हो।

पछिल्लो समय निर्माणको काम द्रुतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताए। ’तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ,’ उनले भने।

चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमि सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ भने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए। विजयपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ।

सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम द्रूतगतीमा भइरहेको छ। निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ। कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताए।

पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ। ३८ दशमलव ८८ किमि दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ।

सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ। पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ। निर्माणको चरणमा रहेको सडकबाट आवतजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो। कुल ८१ किमि लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो। आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए। मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए। आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा चार लेन र पाँच किमिमा दुई लेन सडक कालोपत्र भइसकेको बताए।

४१ दशमलव ४५ किमि लामो पूर्वी खण्डमा छ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो। यो खण्डको दमौली र डुम्रे बजारमा छ लेन र अन्य स्थान चार लेनको सडक हुनेछ।

Previous Post

आइपीएल मार्च १४ देखि हुने, यस्तो छ तयारी

Next Post

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे आदेश

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे आदेश

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In