• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः अर्थतन्त्र चलायमान हुने विश्वास

by
१८ पुस २०७९,
0
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः अर्थतन्त्र चलायमान हुने विश्वास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ।

झण्डै पाँच दशकको निरन्तरको प्रयाससगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन्।

विमानस्थल सञ्चालनका विभिन्न पूर्वाधारको अभावकै बीच विमानस्थल सञ्चालनमा आएपनि यसले पोखरेलीलाई कति उत्साहित बनाएको थियो भन्ने कुरालाई आइतबार उर्लेको पोखरेलीको जनसागरले प्रष्ट सङ्केत गर्दथ्यो।

हजारौँ पोखरेलीको सहभागितामा भव्यताका साथ उद्घाटन भएको विमानस्थल सञ्चालनमा आएसँगै यसले आगामी दिनमा यसले गण्डकी प्रदेशसँगै समग्र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने विषय गम्भीरताका साथ उठेको छ। हालसम्मको अवस्थाले गण्डकी प्रदेश उद्योग व्यवसायका क्षेत्रमा पछि नै रहेको छ।

नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा हालसम्म आन्तरिक उडानका लागि सानो क्षमताको घरेलु विमानस्थल रहीआएकोमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसँगै त्यसले अन्य सम्भावनालाई उजागर गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउँछन्।

हाल पोखराबाट लगभग आधा घण्टाको दूरीमा मात्र उडान भइरहेका अवस्थामा अब भने यहाँबाट सिधैँ छ घण्टासम्मको दूरीमा यात्रा गर्न सकिने भएको छ।

उद्घाटन समारोहमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो विमानस्थलबाट पाँच÷छ घण्टाको दूरीको यात्रा गर्न सकिने भनिरहँदा पोखरेलीले लगातार ताली वर्षाएर खुसी व्यक्त गरेका थिए।

यो सँगै पोखराबाट विभिन्न छिमेकी राष्ट्रमा उडान गर्न सकिने बाटो खुलेको छ। यसका लागि हवाई मार्ग तय गर्ने सम्बन्धमा राज्यले कूटनीतिक छलफल तत्काल बढाउनु अपरिहार्य देखिएको छ। विमानस्थलसँग जोडिएको मुख्य पूर्वाधार सडकलाई तत्काल व्यवस्थित गर्नु अपरिहार्य देखिएको अध्यक्ष आत्रेयको भनाइ छ।

‘विमानस्थल सुरु भएसँगै आइतबार पोखराबाट लेखनाथसम्म आइपुग्न झण्डै तीन÷चार घण्टा लागेको छ’, उनले भने, ‘विमानस्थलसम्म सहजरुपमा आवतजावत गर्नका लागि ट्राफिक व्यवस्थापनलाई तत्काल गम्भीरताका साथ लिनुपर्ने भएको छ।’

विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकलाई बस्ने किसिमका पूर्वाधारको विस्तार गर्नु आवश्यक रहेको उनले बताए।

विमानस्थललाई सहीरुपमा उपयोगको वातावरण निर्माणतर्फ राज्यले ध्यान दिनुपर्ने बताउँदै उनले यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्रमा विशिष्ट योगदान पुग्ने उल्लेख गरे।

‘आगामी दिनमा पोखरासहित समग्र गण्डकी प्रदेशमा उत्पादनलाई पनि जोड दिनु आवश्यक छ’, उनले भने, ‘यहाँका उत्पादनलाई बाहिर पठाउने अवस्था भयो भने त्यसले प्रत्येक स्थानीयको आम्दानी बढाउने र समग्र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ।’ पोखरामा विद्यमान पर्यटकीय पूर्वाधारलाई पनि व्यवस्थितरुपमा उपयोग गर्नुपर्ने सरोकारवाला बताउँछन्। पोखरामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

तथ्याङ्कअनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन्। नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन्। पोखरा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा रहेको अवस्थामा सञ्चालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले यहाँको पर्यटनमा ठूलो योगदान पु(याउने नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले बताए।

पर्यटन क्षेत्र उद्योग, व्यवसाय, यातायातलगायतका धेरै क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै उहाँले यसबाट धेरै क्षेत्र लाभान्वित हुने बताए। ‘पर्यटकको आगमन बढेसँगै स्वभाविकरुपमा खानेकुराको खपत हुन्छ, त्यसले उत्पादित खाद्यान्नले बजार पाउँछ’, उनले भने, ‘खाद्यान्नसँगै त्यससँग जोडिएका खाद्य उद्योग सञ्चालनमा आउने र अर्थतन्त्रलाई चलायमान बनाउने हुन्छ।’

हिमाली, पहाडी र तराई क्षेत्रमा समेटिएको गण्डकीमा विभिन्न किसिमका उत्पादन हुने गर्दछ। हिमाली क्षेत्रमा उत्पादन हुने स्याउलगायतका फलफूलसँगै जिम्बु आदि जडीबुटीलाई निर्यात गर्न सकिन्छ भने पहाडी क्षेत्रमा फल्ने कोदो, मकै, फापर आदिलाई बजारमा पु(याउन सकिन्छ। तराईको नवलपुर क्षेत्रमा उत्पादन हुने धान, गहुँ आदिको उत्पादन बढाउँदै आयआर्जन बढाउन सकिने सरोकारवालाको बताउँछन्।

Previous Post

मेक्सिकोको कारागारमा आक्रमण हुँदा १४ जनाको मृत्यु, २४ कैदी फरार

Next Post

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा दूधको मूल्यवृद्धि फिर्ता

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा दूधको मूल्यवृद्धि फिर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In