• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

द्वन्द्वपीडित भन्छन्ः देश शान्त भयो, हामी अझै अशान्त छौँ

by
५ मंसिर २०८१,
0
द्वन्द्वपीडित भन्छन्ः देश शान्त भयो, हामी अझै अशान्त छौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज मङ्सिर ५, अर्थात दस वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौताकाे दिन । जतिबेला मुलुक २०६३ साल मङ्सिर ५ गतेको त्यो दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको घाउले पीडितको मन अशान्तिले बिथोलिन्छ ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष (माओवादी)ले अपहरण गरी कुटपीट गर्दा बाँके राप्ती सोनारीका–४ रामरतन चौधरीका दुवै खुटुटा बाँचिए । उनि उक्त विसं २०५७ फागुन ३ गतेको घटना सम्झँदै विद्रोही पक्षले कुटपिट गरी बुवाको हत्या गरेको सम्झन्छन् । यति मात्रै होइन, घरको धन लुटिएको र घर जग्गा कब्जा गरिँदाको पीडा अझै पनि छ ।

“त्यो घटना सम्झाँदा मन भतभति पोल्छ, वर्षौको घाउ अझै आलै छ”, उनले भने, “न्याय पाउने आशामै श्वासै जान्छ कि जस्तो लाग्छ ।” छोराछोरीले पढ्न नपाउँदा बेरोजगार भएको र घर खर्च चलाउन समेत संघर्ष गर्नुपरेको उनको गुनासो छ । घटना भएको दुई दशकभन्दा बढी समय बिते पनि उनलाई पटक–पटक सम्झाउने साथमा वैशाखी छ । त्यतिबेला उनि गाउँपालिकामा प्राविधिक कर्मचारीको रुपमा कार्यरत थिए । “उमेरले नेटो काट्न थालिसक्यो, तर पनि न्याय पाउने आशा अझै मरेको छैन, तर न्याय पाउने पो कहिले हो ?” चौधरीसँग अब यही एउटा प्रश्न मात्रै बाँकी छ ।

उनि जस्तै, सशस्त्र द्वन्द्वमा पीडित भएका व्यक्तिले निरन्तर न्यायको प्रश्न गर्दै आएको लामो समय भयो । न्याय पाउने प्रतीक्षामा कतिपय पीडितले जीवन नै समाप्त गरे भने कति न्यायको दौडमा थाकेर मौनता साँधे । कोही भने अझै न्याय पाउने यात्रामा संघर्षरत छन् । दस वर्षे सशस्त्र द्वन्द्वको समयमा तत्कालीन राज्यपक्षद्वारा श्रीमान् बेपत्ता पारिएको पीडा बाँके कोहलपुर–११ की देवीसरा विकको मस्तिष्कमा अझै पनि उसैगरी गडेको छ । न्याय पाउने झिनो आशामा उनि मानवअधिकारकर्मीको साथमा सरकारी वकिल कार्यालयसम्म धाउन छाडेकी छैनिन् । “प्रहरीले घरबाटै श्रीमान् लगेर गए पनि फर्केर अहिलेसम्म आएनन्”, उनि भन्छीन्, “कहाँ खोज्ने ? कहाँ जाने अन्योलमै जीवन कटिरहेको छु ।”

अधिवक्ता वसन्त गौतमले राज्यद्वारा न्यायिक उपचार छिटो र छरितो हुनसक्दा पीडितलाई थप पीडा भएको बताए । मध्यपश्चिमाञ्चल विकास क्षेत्र द्वन्द्वकालमा अत्यन्त प्रभावित भएको अधिवक्ता गौतमको भनाइ छ । द्वन्द्वकालमा बाँकेमा ६५ जना बेपत्ता भएको र बर्दियामा दुई सय ४० बेपत्ता भएको तथ्याङ्क छ । वर्तमान सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरिसकेको छ भने सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा पदाधिकारी नियुक्ती गर्ने प्रक्रियामा छ । विधेयक पास भएकाले द्वन्द्वपीडितमा लामो समयपछि न्याय पाउने आशा पालाएको अधिवक्ता गौतमको बुझाइ छ । तर, विधेयकमा सजाय दुई तिहाइ छुट दिने व्यवस्था भने पीडित पक्षमा नरहेको गौतमको तर्क छ ।

विसं २०५२ फाुगन १ गतेदेखि सुरु भएको १० वर्षे सशस्त्र द्वन्द्व शान्त पार्न विसं २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो । यद्यपि श्वास रहुञ्जेल आश राखेर पीडितले राज्यसँग न्यायको अपिल गरिरहेको अधिवक्ता गौतमले बताउए । “विगतमा जे भयो भयो । अब सत्यनिरुपण आयोग गठन मात्रै नभई साच्चै पीडितलाई न्याय दिन सक्ने खम्बा बन्न जरुरी छ”, उनले भने ।

विस्तृत शान्ति सम्झौताको आधार नै द्वन्द्वपीडितलाई छ महिनाभित्र न्याय दिने सर्तमा भएको थियो । यहि सर्तलाई टेकेर देशमा सुनौलो भविष्यको परिकल्पना गर्दै गणतन्त्रात्मक शासन व्यवस्था आयो । सशस्त्र द्वन्द्वमा अनाहकै ज्यान गुमाएका १७ हजार नागरिकले अहिलेसम्म न्याय पाएका छैनन् । बरु द्वन्द्वपीडितलाई न्याय दिने आशा र लोभ देखाएर पटकपटक राज्य सत्ता फेरिदै आए । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी कोषाध्यक्ष चन्द्रकला उप्रेती भन्छीन्, “शान्ति सम्झौताले कागजमा विश्राम त लियो ।

द्वन्द्वपीडितको न्याय नपाउँदासम्म उनीहरु अशान्त छन् र भइरहन्छन् ।” पीडित उप्रेतीले राज्यपक्षबाट अपहरण भएका श्रीमानकाे प्रतीक्षामा २१ वर्ष काजक्रिया नगरी बसेकी थिइन् । एक वर्ष अघिमात्रै उनले कुश बनाएर श्रीमानकाे दाहसस्ंकार गरिन् । “दाहसंस्कार त गरियो तर, राज्यसँग न्याय पाउने लडाइ भने जारी छ”, उनले भनिन् । हाल द्वन्द्वपीडितलाई न्याय दिलाउने उद्देश्यले लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन), २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण भएर कामअघि बढी सकेको छ ।

Previous Post

सांसद बजगाईले मन्त्री पाण्डेसँग मागे माफी

Next Post

अमेरिकी कलाकार मार्क नाफजिगरले लिए नेपालमा माटोको भाँडाकुँडा बनाउने व्यवहारिक ज्ञान

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
अमेरिकी कलाकार मार्क नाफजिगरले लिए नेपालमा माटोको भाँडाकुँडा बनाउने व्यवहारिक ज्ञान

अमेरिकी कलाकार मार्क नाफजिगरले लिए नेपालमा माटोको भाँडाकुँडा बनाउने व्यवहारिक ज्ञान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In