काठमाडौँ— अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
गत शैक्षिक सत्रको तुलनामा १० दशमलव ९ प्रतिशतले वृद्धि भई शैक्षिक सत्र २०२३–२४ मा १६,७४२ नेपाली विद्यार्थीहरूले अमेरिकाको विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत रहेका छन्।
नेपाली विद्यार्थीहरू हाल अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरू मध्ये १०औं स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी मध्ये सबैभन्दा बढी भारतीय र दोस्रोमा चिनियाँ विद्यार्थी रहेका छन् । अमेरिकामा अहिले ११ लाख अन्तरराष्ट्रिय विद्यार्थी अध्ययनरत रहेका छन् ।













