• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

    लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गलकोटका सबै बस्तीमा पुग्यो सडक

by
४ मंसिर २०८१,
0
गलकोटका सबै बस्तीमा पुग्यो सडक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्ती सम्म सडक पुर्‍याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भए सँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो ।

नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आए पछि करिब २२० कि.मी. बढी सडक निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी पाँच सय ५० किमी ग्रामीण सडक रहेका छन् ।

नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताए । अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उनले उल्लेख गरे ।

यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालय मार्फत हटिया बजार बाट कोटमैदान सम्म र नरेठाँटी बाट दुदिलाभाटी सम्मको सडक कालोपत्र गर्न थालिएको नगरप्रमुख गैरेको भनाइ छ । गत वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजार बाट कोटघर र नरेठाँटी–दुदिलाभाटी सडक स्तरोन्नति गरिएको उनले जानकारी दिए ।

“गलकोट नगरपालिकाको धेरै ठाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडेको छ, त्यो सँगै नगरपालिकाले गाउँगाउँ सम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ”, प्रमुख गैरेले भने, “अधिंकाश बस्तीमा सडक पुगिसकेकाले नयाँ ट्र्याक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेको ठाउँमा ट्र्याक खोल्नैपरे खोलिनेछ, अन्यथा स्तरोन्नतिमा केन्द्रित हुनेछौँ ।”

गत वर्ष करिब २० सडक स्तरोन्नति गरिएको भन्दै यस वर्ष पनि दर्जन बढी सडकस्तरीय बनाउने योजना रहेको उनको भनाइ छ । नगरपालिकाले गत वर्ष देखि सडक गुरुयोजना बनाएर काम गरिरहेको गैरेले बताए । सात वर्षको अवधिमा करिब २० कि.मी. ढलान तथा कालोपत्र, ८० कि.मी. ग्राभेल, पाँच वटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको उनले जानकारी दिए ।

गलकोट–५ का स्थानीय प्रेमबहादुर विकले गत वर्ष सम्म बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती दिएको सडक अहिले कालोपत्र भए सँगै आवागमन सहज भएको बताए । दुई वर्ष अगाडि सम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको भन्दै उनले अहिले स्तरोन्नति हुँदा स्थानीय तथा आगन्तुकलाई सकज भएको उल्लेख गरे ।

Previous Post

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

Next Post

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

सम्बन्धित खबर

तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

११ असार २०८३,
रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी
आवाज

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

११ असार २०८३,
आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
आवाज

आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

११ असार २०८३,
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश
आवाज

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

११ असार २०८३,
मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’
आवाज

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

११ असार २०८३,
Load More
Next Post
चिया निर्यात ६९ प्रतिशतले बढ्यो

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In