• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आठ डिआइजीका लागि शक्तिकेन्द्रमा लबिङ

by
२७ कार्तिक २०८१,
0
आठ डिआइजीका लागि शक्तिकेन्द्रमा लबिङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीमा यतिबेला रिक्त रहेका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा यसै साता बढुवा हुने भएका छन् । गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बढुवाको तयारी गर्न निर्देशन दिइसकेको छ ।

‘प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर विदेश भ्रमणबाट आइतबार नै स्वदेश फर्किसक्नुभएको छ । अब प्रकृया शुरु हुन्छ’, गृहमन्त्रालय स्रोतले दृष्टिसँग भन्यो । बढुवा रोकेर प्रहरी महानिरीक्षक कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन गत आइतबार बिहान संयुक्त अधिराज्य बेलायत गएका थिए । उनी आइतबार स्वदेश फर्केका छन् ।

गत असारदेखि नै नेपाल प्रहरीमा डीआईजीको पद रिक्त हुँदै गए पनि बढुवा रोकिएको थियो । हाल रिक्त डीआईजीको संख्या ८ पुगेको छ । असारमा एआईजीका लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डीआईजीमै अवकाश भएका थिए । उनलाई बढुवा सिफारिस गरे पनि निर्णय नभएपछि उनी असार २१ गते नै अवकाश पाए । यद्यपि, उनले आफू बढुवा नहुनुपर्ने कारण माग्दै सर्वोच्चमा मुद्धा हालेका छन् । सो मुद्धा अहिले विचराधीन रहेको छ ।

गत साउनमा रामदत्त जोशी एआईजीमा बढुवा भएपछि दुईजना डीआईजीको पद रिक्त भएको थियो । तर, त्यतिबेला नयाँ कार्य सम्पादन मूल्यांकनका लागि भन्दै बढुवा रोकिएको थियो । भदौ १६ गते विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भए । त्यसको एक महिनापछि असोज १४ गते डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुँदा रिक्त डीआईजीको संख्या चार पुगेपनि बढुवालाई झन लम्ब्याइयो ।

कात्तिक ११ गते राजेशनाथ बास्तोलाको अवकाश र किरण राणा एआईजीमा बढुवा भएपछि ६ जना डीआईजी रिक्त भएको थियो । किरण राणा एआईजी भएको दुई दिनमै र रामदत्त जोशी पनि एआईजीबाट अवकाश भएपछि रिक्त स्थानमा डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ। यससँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ८ पुगेको हो ।

रिक्त डीआईजीका लागि तीनवटा टोली प्रतिस्पर्धामा देखिएका छन् । प्रहरी महानिरीक्षक कुँवरका ब्याचीदेखि २०५४ को टोलीका एसएसपीहरू डीआईजी बन्न लबिइङमा लागेका छन् । यसमध्ये पनि मुख्य गरी १५ एसएसपी मध्येबाट डीआईजी बढुवा सिफारिस हुने देखिएको छ ।

आईजीपी कुँवरका ब्याची कार्यक्षमतामा कमजोर मानिएका ध्रुवराज राउत र भोलाबहादुर रावल अहिलेका एसएसपीमा सबैभन्दा सिनियर हुन् । उनीहरू भर्नादेखि एसएसपीसम्म नै अगाडि थिए । त्यसपछि आईजीपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका गणेश चन्द पनि अहिले डीआईजी बन्ने सूचीको प्राथमिकतामा छन् ।

डिआइजी दुर्गा सिंह चन्द एआइजी बढुवामा पछि परेपनि उनका पति चन्दलाई बढुवा दिएर न्याय गर्ने बताइएको छ । उनी २०७९ असार २५ गते ३२ जना एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा थिए । कार्यक्षमता भन्दा पनि आफ्ना व्याची भएकाले यी तीनजनालाई छुटाउन नहुने पक्षमा आईजीपी कुँवर उभिएको स्रोतले बताएको छ ।

यस्तै सुरुमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट पनि यसपटक डीआईजी बन्नेछन् । यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह डीआईजी बन्ने निश्चित छ । यसअघि एसएसपी हुँदा उनी चन्दपछिको दोस्रो नम्बरमा थिए ।

उनीभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी र सुशील सिंह राठौर पनि यसपटक डीआईजीका बलिया दाबेदार हुन । उनीहरूभन्दा पछाडिका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी यसअघि नै डीआईजी भइसकेका छन् ।

शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डीआईजीका लागि विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । रानाले त विभिन्न माध्यमबाट गृहमन्त्री र कांग्रेसका नेताहरुसँग लविङ गरिरहेको स्रोतले जनाएको छ ।

उनी डिएसपी र एसपी हुँदा निकै विवादित भएका थिए । यो टोलीका दानबहादुर कार्कीसहित तीनजना पहिल्यै डीआईजी भइसकेकाले उनीहरूमध्येबाट पनि केही बढुवा हुने सम्भावना छ । यो टोलीबाट डीआईजीमा बढुवा हुन ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्टले पनि जोडबल लगाइरहेका छन् ।

दिनेश आचार्य र राजेन्द्र भट्ट भने इन्चार्ज जानमै विभेदमा परेका प्रहरीमा अधिकृत हुन् । उनीहरु धेरै पटक अन्यायमा परेका अधिकृत हुन् । तुलनात्मक रुपमा इश्वर कार्की, गोविन्द थपलिया तथा अरुण पौडेल कम विवादित मानिन्छन् । अहिले एकसाथ बढुवा भएका ३२ एसएसपीमध्ये तीनजना यसअघि नै डीआईजी भइसकेका छन् भने ५ जना एसएसपीबाटै अवकाशमा गइसकेका छन ।

एसएसपीबाट जीवनकुमार श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल र किसन सिंह थापा अवकाश भएपछि अघिल्लो र पछिल्लो टोली मिलाउन सहज भएको छ ।

यस्तै, यही टोलीसँगै एसएसपी भएका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी पनि डीआईजीका दाबेदार हुन् ।

त्यसमध्येका देउवा, रेग्मी र दासचाहिँ निकै विवादित एसएसपी हुन् । देउवा, रेग्मी र दास कार्यक्षमता, चरित्र, स्वभाव र आर्थिक मामिलामा निकै कमजोर रहेको प्रहरी प्रधानकार्यालयभित्रै चर्चा भएको छ ।

Previous Post

श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

Next Post

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
Load More
Next Post
लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In