• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले उपन्यासको कथा चोरेको आरोप

by
२५ कार्तिक २०८१,
0
फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले उपन्यासको कथा चोरेको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। देशभरका हलमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ। लेखक डा. शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका हुन्।

फिल्मको ट्रेलर हेर्दा नै शंका लागेको र फिल्म हेरेपछि आफ्नो उपन्याससँग जुधाउँदा फिल्मको मूल कथासँग मिलेको उनको जिकिर छ। उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको र पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु–छोराको सम्बन्धलगायत फिल्मको मूल भावसँग मेल खाएको दाबी बस्यालले गरेका छन्।

‘पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छाया चित्रसँग मिल्छन्। केही प्रसंगहरू बिलकुल विपरीत रूपमा प्रयोग गरिएका छन्। पूर्णबहादुरको सारंगीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ। तसर्थ यो संयोग होइन, यो नियोजित हो,’ लेखक बस्यालले फेसबुकमा लेखेका छन्।

एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ मिल्दा बोल्ने नैतिक दायित्व भएको उनले उल्लेख गरेका छन्। यही कात्तिक १५ देखि प्रदर्शनरत यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। सरोज पौडेलको कथा र निर्देशन रहेको यस फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।
बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको यस फिल्मले नेपालमा अत्यधिक शो पाउने फिल्मको रेकर्डसमेत बनाइसकेको छ।

डा. शिवशंकर बस्यालले फेसबुकमा लेखेका छन्–
बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेशजस्तै लागिरहेको थियो। यसै बीचमा सारङ्गी उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्ग्रामपुर उपन्यासभित्र रहेको कथासँग मिलेको कुरा बताए। यसले मलाई केही कौतुहल बनायो। त्यसपछि म बिरामी अवस्थामै हल पुगेँ। पूर्ण बहादुरको सारङ्गीलाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ। चलचित्रको मूल कथाको स्वरूपमा सारङ्गी उपन्यासका मूल मिलेका मूल प्रसंग मात्र यी पाएँ।

१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूल पात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर!

२. पूर्णबहादुरको स्त्री विछोडको रहस्यमयी प्रसंग सारङ्गीमा रूपमानको स्त्री विछोडको प्रसंगजस्तै रहस्यमयी छ।

३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन्। आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसंग मिल्दो छ।

४. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यंग्य गरेका छन, समीरलगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन्।

५. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीरजस्तै टप विद्यार्थी हुनु।

६. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु।

७. सारङ्गी उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु।

८. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु।

९. रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।

यी यी त कथाका मूल प्रसंगहरू हुन्। यीबाहेक सूक्ष्म ढंगले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन्।

केही प्रसंगहरू बिलकुलविपरीत रूपमा प्रयोग गरिएका छन्। पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ, सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया। सङ्ग्रामपुर उपन्यासमा बाबुछोराको प्रेमसहित समीर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ।

माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो। मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरेँ। यो भन्दा अरू कथामा नौलो भेटिनँ।

तसर्थ यो संयोग होइन, यो नियोजित हो। एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्तिविरोधी कार्यमा लगाउने प्रपञ्च।

कुनै लोभलालच प्रपञ्चले मैले यसो भनिरहेको छैन। एउटा स्रष्टाको जन्मदाताको हैसियतले रूपरङ मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो! म अब नबोलौँ होला, तर इतिहासमा यो कोलाहाल रहिरहनेछ।

मन जितिरहेको यो चलचित्रले अरू मान्छेहरूको मन जितिरहोस्। मेरो यही शुभकामना!!!

Previous Post

बाढीले गोटीखेल बजारकाे ६ अर्बका संरचना ध्वस्त

Next Post

‘स्वर्ण भारत परिवार’ ले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार’ दिनेशलाई

सम्बन्धित खबर

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

९ असार २०८३,
अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
Load More
Next Post
‘स्वर्ण भारत परिवार’ ले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार’ दिनेशलाई

‘स्वर्ण भारत परिवार’ ले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार’ दिनेशलाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In