• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    कर्णाली राजमार्गका दशवटा अलपत्र ठेक्का तोडिए

    कर्णाली राजमार्गका दशवटा अलपत्र ठेक्का तोडिए

    आज देशका अधिकांश भागमा बदली हुने

    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    कर्णाली राजमार्गका दशवटा अलपत्र ठेक्का तोडिए

    कर्णाली राजमार्गका दशवटा अलपत्र ठेक्का तोडिए

    आज देशका अधिकांश भागमा बदली हुने

    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती

by
२५ कार्तिक २०८१,
0
कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुुसीले मन चङ्गा थियो । चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए । सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो ।
हाम्रो टोलीका ८ जनामध्ये आरोही मिङ्मातेञ्जी शेर्पा र कमल प्रसाईँ पहिलो उडानमा गोरकपेस पुगिसकेका थिए । दोस्रो उडानमा म र राजेन्द्र लुइँटेल पुगेका थियौँ । हामीलाई त्यहाँसम्म लैजाने सत्यकला तामाङ र फुर्बाग्याल्बो मोक्तान तथा लुक्लाका पर्यटन व्यवसायी नाम्गेल शेर्पा र नारायण अधिकारी हामीभन्दा पछिको उडानमा आउँदै थिए । ‘हाइ अल्टिच्युड’का कारण गोरकसेपसम्मको उडानमा हेलिकप्टरले दुई जनाभन्दा बढी यात्रु नबोक्ने भएकाले हामीलाई त्यहाँसम्म पुग्न चारवटा उडानको भर पर्नुपरेको थियो ।
सगरमाथा आरोही तथा आधार शिविरसम्म पुग्नेका लागि होटल पाउने अन्तिम स्थान गोरकसेप भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लै थियो । गोरकसेपको खोँचमा ढुङ्गैढुङ्गाले बनाएको गोलाकार थुम्को (हेलिप्याड) मा हेलिकप्टरबाट ओर्लँदै गर्दा ‘अल्टिच्युड सिकनेस’ले गम्भीर एक जनालाई स्ट्रेचरमा हेलिकप्टरतर्फ ल्याउँदै गरेको देख्दा मन भारी भयो । कतै हाम्रो अवस्था पनि यस्तै त हुने होइन भन्ने मनमा डर लाग्न थालिसकेको थियो ।
हेलिकप्टरबाट ओर्लनेबित्तिकै हामीलाई मोबाइलबाट तस्बिर लिनै हतार भइसकेको थियो । अघिल्लो उडानमा आएका मिङ्मा र प्रसाईँसँग भेट भयो । मिङ्माले मलाई हामी वरपरका सबै हिमाल एक–एक गर्दै चिनाइदिए । बाँकी साथी आउँदै गर्छन् हामी हाम्रो गन्तव्य कालापत्थरको उचाइतर्फ जाऔँ न त भन्ने भयो । यत्तिकैमा मेरो शरीर एक्कासी लुलो भएझैँ भयो । रिङ्गटा लागेजस्तै टाउको भारी भयो । एकैछिन अघिसम्म ऊर्जाले भरिएको शरीरबाट कसैले शक्ति खिँचेजस्तो गरी रित्तिएझैँ भयो । पछि थाहा भयो अरु साथिहरुलाई पनि मलाई जस्तै भएको रहेछ ।
२ हजार ८६० मिटर उचाइको लुक्लाबाट १५ मिनेटमै ५ हजार १८० मिटर उचाइको गोरकसेपमा पुगेका हामीले भोगेको समस्या मिङ्माले बुझिहाले । कैयौँपटक त्यही बाटो हुँदै सगरमाथाको टुप्पोसम्म पुग्नुभएका उनले हामीलाई विस्तारै होटलभित्र पुर्याए । उनले सुरुमा तातोपानी दिए । त्यसपछिको चियापत्ती मात्र हालेको चिनीबिनाको चिया औषधिजस्तै भयो । उनले लसुन र टिमुर हालेको चाउचाउको झोल पनि ल्याए । र जसरी पनि खानुपर्छ भन्दै उर्दी जारी गरे । चाउचाउको झोलले शरीर तात्न थाल्यो । मेरो शरीरले अलिक बिसेक मान्यो ।
एकमनले त यहाँसम्म आइहालियो, अब कालापत्थर नचढौँ कि भन्ने पनि भयो । लेक लागेर (अक्सिजन अभाव) सिकिस्तै भएका पर्यटकलाई एकैछिन अघि हेलिकप्टरमार्फत उद्धार गरेको देखेकाले पनि होला आत्मबल घट्दो थियो । तर मिङ्मा र कमल प्रसाईँले यो सामान्य हो भन्दै सम्झाए। उनीहरुको परामर्शपछि अलिकति आत्मबल बढेझैँ भयो । तलमाथि भइहाल्यो भने उनीहरु छन् भन्ने सोचले हौसला मिल्यो । होटलभित्र झण्डै आधा घण्टा बिताएपछि हामी कालापत्थर आरोहणका लागि तयार भयौँ ।
गोरकसेप सगरमाथाको प्रवेशविन्दु हो । गोरकसेपको नाम चराबाट लिइएको रहेछ । शेर्पाहरू राभेन चरालाई गोरक भन्दा रहेछन् । कुनै शेर्पाले यस क्षेत्रमा मरेको गोरक देखेकाले यस ठाउँको नाम गोरकसेप रहन गएको भन्ने जनविश्वास रहेछ । सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेपछि यस क्षेत्रको लोकप्रियता र व्यापकता विश्वभर फैलिएको मानिन्छ । पर्यटकहरू गोरकसेपमा विश्राम गरेर कालापत्थर, सगरमाथा आधार शिविर हुँदै विश्वको सर्वोच्च शिखरसम्म पुग्छन् । लुक्लाबाट नाम्चे हुँदै गोरकसेप पुगेपछि चोला पास र गोक्योसम्म जाने पनि यही भेटिन्छन् ।
गोरकसेपबाट कालापत्थर र आधार शिविरतर्फ शेर्पाका साथमा लामबद्ध विदेशी पर्यटकले त्यतिबेलाको माहोल ‘गुल्जार’ बनाएको थियो । पिठ्युँमा ब्यागप्याक र दुवै हातमा ट्रेकिङ पोलका साथमा विभिन्न गन्तव्यतर्फ पाइला चालिरहेका पर्यटकहरूको पङ्क्ति निकै लोभलाग्दो थियो । हाम्रो गन्तव्य भने कालापत्थरको चुचुरो थियो । कालापत्थरको चुचुरोबाट जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबारे पत्रकार सम्मेलनमार्फत विश्वको ध्यानाकर्षण गराउनु थियो ।
हेर्दा नजिकैजस्तो देखिए पनि गोरकसेपबाट त्यहाँ पुग्न करिब २ घण्टा लाग्ने रहेछ । तर मिङ्माजस्ता आरोहीका लागि भने आधा घण्टा नै काफी हुने रहेछ । वरिपरि सेताम्मे हिमाल भएर पनि कालापत्थर मात्र भएकाले यसको नाम कालापत्थर रहन गएको हो । यद्यपि कालापत्थरको उचाइमा हिउँको केही अंश भने बाँकी नै थियो ।
कालापत्थरबाट देखिने सगरमाथाको दृश्य अविष्मरणीय थियो । किनभने यसअघि माउन्टेन फ्लाइटलगायतबाट सगरमाथाको शिरमात्र देखेका मेरा आँखाले झण्डै पूर्ण आकारको सगरमाथा देख्नु ‘बकेट लिस्ट’ कम गर्नु थियो । सगरमाथाको पश्चितर्फ उभिएको नुप्त्से (शेर्पा भाषामा पश्चिम चुचुरो) र दक्षिणतर्फको ल्होत्से हिमाल (शेर्पा भाषामा दक्षिण चुचुरो) तथा कालापत्थरसँगै शिरको पुमोरीलगायतका हिमालको पानारोमिक भ्यूमा हेर्न पाउनु जति रोमाञ्चक र सुन्दर छ त्यतिनै सङ्घर्ष त्यहाँसम्म पुग्नमा रहेछ । पुमोरीको अर्थ शेर्पा भाषामा अविवाहित छोरी भनिने रहेछ । कतिपयले यसलाई सगरमाथाको छोरीका रूपमा पनि अर्थ्याउने रहेछन् ।
कालापत्थर पुग्ने हाम्रो योजना दसैँ अगाडि नै बनिसकेको थियो । तर पर्यटकीययाम भएकाले विदेशी पर्यटकको बाक्लो उपस्थितिका कारण जहाजको टिकट र हेलिकप्टर पाउनै मुस्किल हुनेरहेछ । काठमाडौं–लुक्लाका लागि विमानको टिकट नपाएपछि हामी काठमाडौंबाट गाडीमा रामेछाप पुग्यौँ । प्रतिकूल मौसमका कारण विमान मन्थली–लुक्ला–मन्थली विमान र हेलिकप्टर नचल्दा हामीभन्दा अगाडि नै करिब पन्ध्र सय पर्यटक मन्थलीमै रोकिएका रहेछन् । त्यति नै सङ्ख्यामा लुक्लाका होटलमा रहेछन् । मन्थलीमा तीन दिन कुर्दा पनि मौसम अनुकूल नभएपछि हामी काठमाडौं फर्कन बाध्य भयौँ ।
तर काठमाडौं फर्केको एकाध दिनमा मौसम खुल्यो । मौसमसँगै हाम्रो मन पनि उज्यालियो । काठमाडौंबाट रामेछापसम्म गाडीमा र त्यहाँबाट विमान चढ्ने हाम्रो योजना बने पनि संयोगले काठमाडौं–लुक्लाको उडानको टिकट मिल्यो । अक्टोबर २५ तारिखमा तीन जना र भोलिपल्ट दुई जना विमान तथा एक जना हेलिकप्टरमार्फत हामी लुक्ला पुग्यौँ । दुई जना भने पहिले नै लुक्ला पुगिसकेका थिए ।
हामी लुक्लामा छँदा त्यहाँका प्रायः सबै होटल पर्यटकले भरिएका थिए । पर्यटन व्यवसायीका लागि ‘पिकआवर’ थियो । प्रायः सबै खालको सुविधा प्राप्त हुने लुक्ला सगरमाथा क्षेत्रका लागि प्रवेश विन्दु हो । यहाँसम्म पुग्नका लागि हवाई उडान एकमात्र विकल्प हो । त्यसो त केही पर्यटक सल्लेरी हुँदै पदयात्रामार्फत पनि पुग्ने रहेछन् । यद्यपि अब लुक्लालाई मोटरेबल सडकको पहुँचले जोड्ने काम पनि भइरहेको रहेछ । विमानस्थल नजिकै बसपार्क निर्माणका लागि जग्गा पनि छुट्याइएको रहेछ । लुक्लासम्म सामान ढुवानीका लागि मानिसबाहेक विमान, हेलिकप्टरका साथै खच्चर र घोडा प्रयोग गरिन्छ भने त्यसभन्दा माथि हेलिकप्टर, खच्चर र घोडाले बोक्छन् । खच्चरलाई नाम्चेभन्दा माथि लैजान पाइँदैन ।
दुई दिन अगाडि नै लुक्ला पुगेका हामी तीन जनाले लुक्लाको गाउँ र बजार घुम्न पायौँ । स्थानीय पर्यटन व्यवसायी तथा समाजसेवी नाम्गेल शेर्पाले सुच्या र अमेरिकानोको स्वाद चखाउँदै पासाङल्याह्मु शेर्पाको सङ्ग्रहालयसहित लुक्ला बजार घुमाए । स्थानीय जनप्रतिनिधि, व्यापारीलगायतसँग भलाकुसारीसहित गुम्बालगायतका ऐतिहासिक सम्पदा पुग्ने मौका पनि जुर्यो । कालापत्थर जानुभन्दा अघिल्लो दिन मेरापिक जाने बाटोतर्फ पदयात्राको छोटो–मीठो ‘रिहर्सल’ पनि गर्न पायौँ ।
गोरकसेप जानका लागि अक्टोबार २७ तारिखको बिहान साढे ६ बजे नै हेलिप्याड बोलाइएको थियो । हामी त्यहाँ पुग्दा हेलिकप्टर उडान र अवतरण भइरहेको थियो । विदेशीहरू आउने र जाने क्रम चलिरहेकै थियो । यत्तिकैमा हाम्रो पनि पालो आयो । लुक्लादेखि पाक्दिङ, नाम्चेबजार, पाङबोचे, दुक्ला हुँदै विभिन्न हिमशृङ्खला र हिमताल हेर्दै निमेषभरमै गोरकसेप पुगेको पत्तै भएन ।
गोरकसेपबाट कालापत्थरको उचाइसम्मको दूरी धेरै होइन । समथर भए १० मिनेट र पहाडमा भए करिब ३० मिनेट । तर उच्च उचाइको उक्त क्षेत्रमा पाइला अघि बढाउनै मुस्किल हुनेरहेछ । हामी त्यसै पनि दुई घण्टामा ५ हजार १८० मिटरबाट ५ हजार ६५३ मिटरको उचाइमा पुग्दै थियौँ । पाइलैपिच्छे अल्टिच्युड बढ्ने भएकाले प्रत्येक पाइला चाल्दा मात्रै शरीरमा बोझ थपिएजस्तो हुनेरहेछ । हामी प्रत्येक १०–१५ पाइलापछि थकाइ मेट्थ्यौँ । सबैभन्दा अगाडि मिङ्मा र पछाडिबाट नाम्गेल शेर्पाले टोलीलाई सम्हाल्दै अगाडि बढाइरहेका थिए । फुर्बाले समयसमयमा चकलेटको टुक्रा र त्यसलाई निल्न तातोपानी दिँदै शरीरमा ऊर्जा थपिरहेका थिए । कमल प्रसाईँ तस्बिर र श्रव्यदृश्य कैद गर्दै अगाडि बढेका थिए । कालापत्थरको चुचुरोमा पुगेपछि मिङ्माले हिमालबारेको अनुभव साटे ।
‘तपाईँहरूले देखेको सगरमाथा, नुप्त्से र ल्होत्से पहिलेजस्ता छैनन्, १७ वर्षअघि मैले यस क्षेत्रमा काम गर्दा हिमालमा बाक्लो हिउँ हुन्थ्यो, तर अहिले कालापहाडजस्तै बनेका छन्, कतैकतै मात्रै बाक्लो हिउँ देखिन्छ अन्यत्र पातलो छ,’ उनले भने । उनका अनुसार यो जलवायु परिवर्तनको असर हो । यही कारणले खुम्बु क्षेत्रकै थोमेमा केही समय अगाडि बाढीपहिरो गयो । दुईवटा हिमताल फुट्दा पर्यटकीय गाउँ थामेको पहिचान मेटिएको उहाँको बुझाइ छ ।
पर्यटन व्यवसायी नाम्गेलले पनि त्यस्तै अवस्था सुनाउनुभयो । सगरमाथाको पारिपट्टिको चीनमा भएका ठूला औद्योगिक क्षेत्रबाट उत्पन्न हुने कार्बन उत्सर्जनको असर हाम्रो हिमालमा देखिएको उनको बुझाइ थियो । त्यसो त गत वर्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले खुम्बु क्षेत्रमै आएर जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत जनाएका थिए ।
जलवायुको असर
खुम्बु क्षेत्र हिमाल हेर्न रहर गर्नेका लागि जति रहरलाग्दो छ, त्योभन्दा बढी पीडा जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबाट यहाँका स्थानीय पीडित छन् । एसियाली विकास बैंकले केही दिनअघि प्रकाशित गरेको ‘द रुफ अफ द वर्ल्ड इज मेल्टिङ’ शीर्र्षकको लेखमा जलवायु परिवर्तनका कारणले एसियाका हिमनदी तीव्रगतिमा पग्लन थालेकाले यसले स्थानीयमा जोखिम बढाएको उल्लेख छ ।
हिमनदी पग्लन थालेपछि खानेपानीका लागि हिमनदीमा आश्रित एसियाका दुई अर्बभन्दा बढी व्यक्ति प्रभावित भएको समेत उल्लेख छ । त्यतिमात्र होइन, हिमालबाट बग्ने उक्त पानी खानका लागि मात्र नभई विद्युत् उत्पादन, सिँचाइ, पशुपक्षी तथा माछापालन र कृषिमा समेत महत्वपूर्ण मानिएकाले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख छ ।
खुम्बुमात्र होइन, नेपालसहितका आठवटा देशमा फैलिएको विश्वको तेस्रो महत्वपूर्ण ‘वाटर टावर’ भनिने हिन्दुकुश हिमालय क्षेत्र पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा प्रभावित छ । हिन्दुकुश हिमालय क्षेत्रलाई अत्यधिक ‘आइस रिजर्भ’का कारण पनि पृथ्वीको तेस्रो पोल पनि भन्ने गरिन्छ । एसियाली विकास बैंकको अध्ययनअनुसार यस शताब्दीको अन्त्यसम्ममा यस क्षेत्रमा जलवायु परिवर्तनका कारण जम्मा भएको हिउँको ७५ प्रतिशत पग्लनेछ । यसले बाढीपहिरो बढाउनुका साथै खानेपानी, सिँचाइ, कृषि, जलविद्युत््लगायतका लागि खानेपानीको अभाव सुरु हुनेछ ।
कुल तीन हजार पाँच सय किलोमिटर हिमाली क्षेत्रमा फैलिएको यो क्षेत्र नेपालसहित अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानसम्म फैलिएको छ । यो क्षेत्रबाट निस्कने प्रमुख नदीमा अमु दर्या, ब्रह्मपुत्र, गङ््गा, हिन्दुस, एरावती, मेकोङ, सलविन, तारिम, याङते र यल्लो नदी छन् । जसमा यस क्षेत्रको ठूलो जनसङ्ख्या आश्रित छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । त्यसैले हिमालमात्र होइन, यससँग आश्रित तराईसम्मको पारिस्थितिक प्रणाली जोगाउनका लागि पनि जलवायु परिवर्तनले पारेको असरबारे गम्भीर हुनुपर्ने समय आइसकेको छ ।
Previous Post

ठगीको अभियोगमा दुई पक्राउ

Next Post

विश्व मधुमेह दिवस २०२४- मधुमेह र स्वस्थ जीवन भन्ने नाराका साथ मनाइँदै

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२० चैत्र २०८२,
अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

२० चैत्र २०८२,
पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान
फिचर-ब्यानर

पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

२० चैत्र २०८२,
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन
फिचर-ब्यानर

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

२० चैत्र २०८२,
कर्णाली राजमार्गका दशवटा अलपत्र ठेक्का तोडिए
फिचर-ब्यानर

कर्णाली राजमार्गका दशवटा अलपत्र ठेक्का तोडिए

२० चैत्र २०८२,
आज देशका अधिकांश भागमा बदली हुने
फिचर-ब्यानर

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

२० चैत्र २०८२,
Load More
Next Post
विश्व मधुमेह दिवस २०२४- मधुमेह र स्वस्थ जीवन भन्ने नाराका साथ मनाइँदै

विश्व मधुमेह दिवस २०२४- मधुमेह र स्वस्थ जीवन भन्ने नाराका साथ मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In