• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शाख जोगाउँदै एपीएफ क्लब

by
१६ पुस २०७९,
0
शाख जोगाउँदै एपीएफ क्लब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १६ पुस । धरान फुटबल क्लबलाई २–० गोल अन्तरमा पराजित गर्दै सशस्त्र प्रहरी बल(एपीएफ क्लब) पोखराको मैदानमा डिफेण्डिङ च्याम्पियनको शाख जोगाएको छ । कमजोर मानिएको धरानले सशस्त्रलाई कडा चुनौति पेश गर्यो । पहिलो हाफमा व्यहोरेको गोल नै धरानको यात्रा शनिबार टुंगिदाँ सशस्त्रलाई जितको लागि पर्याप्त बन्यो । दोस्रो हाफमा पाएका केही अवसरलाई धरानले उपयोग गर्न नसक्दा आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल यात्रा तय गर्न सकेन् ।

पहिलो गोलको खोजीमा रहेको सशस्त्रले झण्डै ३७ मिनेट कुर्नु पर्यो । विकु तामाङको फ्लिक बल गोलमा परिणत भएपछि सशस्त्रले पोखरामा विभागीय क्लबको शाखलाई जोगाउन उद्दत देखियो । धरानका गोलकिपर अगाडि बढेको अवस्थामा हल्का फ्लिक गरेको बलले जाली चुमेपछि विभागीय क्लबले अग्रता लियो ।

त्यसको तीन मिनेटपछि सशस्त्र धरानमाथि हावी हुदैं दोस्रो गोल गर्यो । युवराज खड्काले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । अन्तत उनको गोल नै सशस्त्रको लागि अन्तिम गोल बन्यो । नवीन लामाले प्रदीप लामालाई पास उपलब्ध गराए । प्रदीपले दिएको क्रस पासलाई युवराजले डिबक्स भित्र रोकेपनि प्रहार गर्न चुके । रोकेको बललाई विकु तामाङले प्रहार गरे । तामाङको प्रहार धराने गोलकिपरबाट रिफ्लेक्ट हुन पुग्यो । रिफ्लेक्ट बललाई युवराजले पोष्टको दिशा दिएपछि धरानको आशा लगभग समाप्त भएको थियो ।

पहिलो हाफमै दुवैले केही मुभ बनाए । तर फिनिसिङ शसस्त्रले गर्यो । जितको हकदार बन्यो । ३२ औं मिनेटमा युवराज खड्काको पासलाई नवीन लामाले छोटो दुरीबाट हानेको हेड धराने गोलकिपरकै हातमा परेको थियो । खेलको ९ मिनेटमा धरानले अवसरलाई गुमायो । बर्तमान राईले डिबक्स भित्र पाएको अवसरलाई गुमाउन पुगे । २७ औं मिनेटमा पनि उस्तै अवसरलाई गुमाउदाँ धरानको यात्रा अघि बढ्ने सम्भावना कमजोर बन्दै गएको थियो । तपन कार्कीको क्रस बललाई प्रकाश बुढाथोकीले प्रहार गरेपनि सशस्त्रका मनबहादुर मगर बाधक बने ।

सशस्त्रले खेलको ५९ औं मिनेटमा पाएको अवसरलाई गुमाउँदा गोल अन्तर बढ्न सकेन् । सशस्त्रका म्यान अफ दि म्याच विकुले गोलकिपर वीट भईसकेको अवस्थामा समेत खाली पोष्टमा जाली चुमाउन सकेनन् । उनको प्रहार बाहिरिएपछि बेन्चमा बसेको खेलाडी र अफिसियल निराश बनेका थिए । अन्तिम समयमा आईपुग्दा शसस्त्रका अनमार्क बसेका प्रदीप लामाको प्रहार समेत बाहिरिन पुग्यो । उनलाई सनिष श्रेष्ठले पास उपलब्ध गराएका थिए ।

धरानले ६७ औं मिनेटमा गोल गर्ने अवसरलाई खेर फाल्यो । डोना थापाको पासलाई रोमन लिम्बुको फितलो प्रहारलाई शसस्त्रका गोलकिपरले बचाउ गरे । सशस्त्रका गोलकिपर सेकेण्ड बारमा रहँदा उनले फष्ट बार च्यापेर सशक्त प्रहार गर्न सकेनन् । ‘खेलाडीहरु बढी कन्फिडेन्ट देखिए । दोस्रो हाफमा पाएको अवसलाई गुमायौं’ सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले भने–‘अर्को खेलमा सुधार गर्छौ ।’

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं आहा रारा गोल्डकपको आईतबार चर्च ब्वाईज युनाईटेड र मछिन्द्र फुटबल क्लबसँग दोस्रो क्र्वाटरफाईनल खेल हुने छ ।

Previous Post

क्षेत्रीय बिमानस्थल उद्घाटनका दिन पोखराका विद्यालय बिदा

Next Post

आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In