• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिमा ट्रम्प : विश्व सम्बन्धमा नयाँपन आउन सक्छ

by
२२ कार्तिक २०८१,
0
राष्ट्रपतिमा ट्रम्प : विश्व सम्बन्धमा नयाँपन आउन सक्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड जे ट्रम्पको पुनरागमनले विश्व शक्तिहरूको सम्बन्धमा परिवर्तन ल्याउने सम्भावना बढेको छ । ट्रम्पको विजयसँगै अब विश्वको शक्ति सन्तुलनमा पहिलेको तुलनामा निकै फरक आउने टिप्पणी कूटनीतिज्ञले गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका तर्फबाट पूर्वस्थायी प्रतिनिधि जयराज आचार्य अमेरिकाको शक्ति प्रयोग र उपयोग पहिलेभन्दा फरक तवरले जाने औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “विश्वको राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, युद्ध, द्वन्द्व र व्यापार पारवहनको सम्बन्धमा उथलपुथल नै ल्याउँछ ।” उहाँका अनुसार रुससँगको चिसो सम्बन्ध न्यानो हुन सक्छ भने दक्षिण युरोप अलिक अप्ठ्यारोमा पर्छ । परिणामस्वरूप युक्रेनसँगको सम्बन्धमा अमेरिका कठोर हुन सक्छ ।

उहाँका अनुसार मध्यपूर्वमा इजरायललाई अमेरिकाको साथ थप बढ्छ, जसका कारण ‘हमास’ अझ अप्ठ्यारोमा पर्न सक्छ । चीनसँगको सम्बन्ध केही सौहार्द भए पनि व्यापारिक लेनदेनतर्फ बढी केन्द्रित हुने सम्भावना ट्रम्पको जितले बढाएको छ । अमेरिकाले चीनलाई भन्सार दरमा बढोत्तरी गरेर आफूमैत्री नीति ल्याउने सम्भावना पनि उत्तिकै छ । जसका कारण चीन तेस्रो विश्वको यात्रामा अग्रसर हुन बाध्य हुन सक्छ । भारतसँगको सम्बन्ध जो बाइडेनको पालामा भन्दा बढ्न सक्छ । नेपालसँग भने पहिलेकै स्तरमा कूटनीतिक सम्बन्ध कायम रहने आचार्यको भनाइ छ ।

ट्रम्प नयाँ राष्ट्रपतिका रूपमा आउँदा संयुक्त राष्ट्रसङ्घमा चीन र रुसको प्रभुत्व बढाउन सहयोग गर्छ । उता फ्रान्स र बेलायतको अवस्था थप कमजोर हुने सम्भावना रहेको उहाँ टिप्पणी गर्नुहुन्छ ।

चीनका लागि पूर्वराजदूत टङ्क कार्की भने ट्रम्पको आगमन विश्वकै लागि शान्तिको सूचक हुने प्रबल सम्भावना औँल्याउनुहुन्छ । विश्वमा व्याप्त युद्ध र द्वन्द्वको अन्त्यतर्फ अग्रसर हुने उहाँको आकलन छ । उहाँले भन्नुभयो, “उहाँ अमेरिकाको राष्ट्रपति हुनु भनेको विश्वमा व्याप्त युद्ध र महाशक्ति राष्ट्रहरूबिचको द्वन्द्व कम हुने आशा पलाउनु हो ।” जस अनुसार युरोप र मध्यपूर्वमा मौलाएको युद्धको आक्रान्त अवस्था मत्थर हुने छ ।

ट्रम्पले निर्वाचन जिते युद्ध साम्य गर्न कोसिस गर्ने घोषणा गर्नुभएको स्मरण गर्दै पूर्वराजदूत कार्कीले त्यो वाचा पूरा गर्न सम्बन्ध सुधारोन्मुख बनाउन पहल हुने आशा व्यक्त गर्नुभयो । रुस–युक्रेन मामिलाको अन्त्य मात्र भयो भने पनि उहाँको कार्यकाल सफल भएको ठहरिने कार्कीले औँल्याउनुभयो । युरोपमा मात्र होइन, एसियाका शक्ति राष्ट्रसँग अमेरिकाको सम्बन्ध थप सुमधुर हुने कार्कीले बताउनुभयो । उहाँका अनुसार यसअघि अमेरिका चीनबिच चिसिएको सम्बन्ध राम्रो हुने छ । भारतसँग अमेरिकाको निकटता बढ्दै एसियामा अमेरिकाको उपस्थिति प्रगाढ हुने सम्भावना बलियो छ ।

उहाँले थप्नुभयो, “सुखद कुरा के हो भने रुस–युक्रेन युद्धले तेस्रो विश्वमा छाएको सन्त्रासको अन्त्य हुन्छ । जुन नेपालका लागि पनि सुखद पक्ष हो ।” नेपालसँगको कूटनीतिक सम्बन्धमा ठुलो फरक नआउने, पहिलेको जस्तो सम्बन्ध छ त्यसमा स्थिर रहने कार्कीले प्रस्ट्याउनुभयो ।

पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई भन्नुहुन्छ, “विश्व परिदृश्यमा शक्ति राष्ट्रहरूको सम्बन्ध आफ्नै किसिमको हुन्छ । त्यसमा नेतृत्व फरक आउँदा त्यति धेरै अन्तर आउँदैन । तथापि अमेरिकामा ट्रम्पको राष्ट्रपतिमा जित हुनु रिपब्लिकन पार्टीका लागि भने ठुलो जित नै हो ।” जितपछिको अवस्थामा पनि सबैलाई समान अवसर र मौका दिँदै बोल्न दिएकाले सम्बन्ध सुधारमा उहाँको ध्यान केन्द्रित हुने सम्भावना बलियो रहेको भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विवाद र दबाबका बिचको जितले ट्रम्पलाई धेरै कुरा सिक्ने अवसर सिर्जना भएकाले पनि राष्ट्रको अबको यात्रालाई सही सदुपयोग गर्ने सम्भावना छ ।” अमेरिका शक्तिराष्ट्र थियो र पछि पनि रहने छ तर कसरी त्यसलाई अघि बढाउने भन्ने मात्र ट्रम्पको चुनौती रहेको भट्टराईले औँल्याउनुभयो ।

पदभार सम्हालेपछि अमेरिकी राष्ट्रपतिले लिने नीतिहरूले ती विषय तय गर्ने दाबी उहाँले गर्नुभयो । नेपाललगायतका साना मित्रराष्ट्रले सामान्य सतर्क रहेर विकासका लागि कसरी अमेरिकाबाट बढी फाइदा लिन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव उहाँको छ । हालको निरन्तरको सहयोग र सम्बन्ध नेपाल र अमेरिकाबिच कायम रहनेमा कुनै शङ्का नरहेको भट्टराईले प्रस्ट पार्नुभयो ।

Previous Post

हारपछि ह्यारिस समर्थकको निराशा, खाली कुर्सी र मैदान खाली

Next Post

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
Load More
Next Post
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In