• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै

by
२२ कार्तिक २०८१,
0
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको जानकारहरू बताउँछन् ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ ।

व्रत विधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताए । “षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ”, उनले भने ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराई मधेशलगायत सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरूप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रूपमा स्थापित भएको छ ।

Previous Post

आज देशभरको मौसम सफा रहने

Next Post

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
अन्तर्राष्ट्रिय

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

१ जेष्ठ २०८३,
पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै
समाचार

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

१ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

१ जेष्ठ २०८३,
Load More
Next Post
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In