• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर !

by
१४ कार्तिक २०८१,
0
नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । साफ महिला च्याम्पियन्सिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बंगलादेश खेल्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल आज साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।

नेपालले साफ च्याम्पियनसिपमा छैटौं पटक फाइनल खेल्दै छ । गत साफमा काठमाडौँमै नेपाल फाइनलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । नेपालसँग सो फाइनलको हारको बदला लिने यस पटक सुनौलो अवसर जुरेको छ ।

सन् २०१० मा पहिलो साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो । बंगलादेशमा आयोजना गरियो यो प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । सो खेलमा भारतकी सस्मिता मालिकले खेलको ६५औं मिनेटमा गरेको गोलनै निर्णायक गोल बनेको थियो ।

त्यसपछि २०१२ मा श्रीलंकामा आयोजना गरिएको दोस्रो साफमा पनि नेपालले फाइनलमा भारतकै सामना गरेको थियो ।  सो खेलमा नेपाल ३-१ गोलले पराजित भयो । यस फाइनलमा खेलको तेस्रो मिनेटमा नै दिपा अधिकारीले गोल गर्दै अग्रता दिलाएपनि नेपालले अग्रता जोगाउन सकेन । त्यसपछि भारतका लागि सुप्रिया रोउत्राय, बमबम देवी र कमला देवीले एक एक गोल गरेर उपाधि जिते । भारत दोस्रो पटक च्याम्पियन बन्दा नेपाल दोस्रो पटक उपविजेता बन्यो ।

त्यस्तै २०१४ मा पाकिस्तान भएको साफको फाइनलमा पनि फेरी एक पटक भारत र नेपाल आमने सामने भए । यस फाइनलमा भारतले नेपाललाई ६-० ले हरायो । भारतकी बाला देवीले ४ गोल गरेकी थिइन् भने कमला देवी र परमेश्वरी देवीले एक गोल गरेकी थिइन् । यसरी भारत लगातार तेस्रो पटक च्याम्पियन बन्यो भने नेपाल लगातार तेस्रो पटक उपविजेता बन्यो ।

त्यसपछि २०१६ मा भारतमा आयोजना भएको साफमा भने नेपाल सेमिफाइनलमा भारतसँग नै पराजित भयो । फाइनलमा भारत र बंगलादेश पुगेका थिए । फाइनलमा भारतले बंगलादेशलाई ३-१ ले पराजित गरेर  लगातार चौथो पटक उपाधि जितेको थियो ।

त्यसपछि २०१९ मा नेपालमै आयोजना गरिएको साफमा नेपाल फेरी एक पटक भारतसँगै फाइनलमा पुग्यो । फाइनल खेलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भयो । यस खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । यससँगै भारत लगातार पाँचौं पटक साफको च्याम्पियन बनेको थियो भने नेपाल चौथो पटक उपविजेता बनेको थियो ।

त्यसपछि २०२२ मा पनि नेपालमाइ आयोजना गरिएको साफमा फाइनलमा बंगलादेश र नेपाल पुगेका थिए । पहिलो पटक नेपालले भारतलाई सेमिफाइनलमा रोक्दै फाइनलमा पुगेको थियो । तर फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भयो र फेरी उपविजेतामै चित्त बुझायो ।

अब यस पटक पनि २०२२ कै अवस्था दोहोरिएको छ । आज हुने फाइनलमा नेपालका अगाडी २०२२ को फाइनल हारको बदला लिने अवसर त छदै छ, अर्को तर्फ अहिलेसम्म ५ फाइनलमा हारेको पिडा मेटाउने सुनौलो अवसर पनि छ ।

Previous Post

न्यूयोर्क सहरको इतिहासमा पहिलोपटक दिपावलीको अवसरमा विद्यालय बन्द रहने

Next Post

तनहुँको सयपत्री कतार निर्यात

सम्बन्धित खबर

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
Load More
Next Post
तनहुँको सयपत्री कतार निर्यात

तनहुँको सयपत्री कतार निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In