• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीपहिरोको एक महिना : अझै क्षतिको पूर्ण विवरण संकलन हुन सकेन

by
१४ कार्तिक २०८१,
0
बाढीपहिरोको एक महिना : अझै क्षतिको पूर्ण विवरण संकलन हुन सकेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाढीपहिरोले यहाँ जनधनको ठूलो क्षति पुर्‍याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्‍याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्‍याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।

घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुन सकेको छैन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् ।

जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिका अति प्रभावित क्षेत्रमा पर्छन् । बनेपा र धुलिखेल नगर सङ्कटग्रस्त क्षेत्रमा घोषणा नगरे पनि प्रारम्भिक मूल्याङ्कनका आधारमा जनधनको क्षतिसहित रु एक अर्बभन्दा बढीको क्षति हुने तहमा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नगरका बैठकमार्फत सरकारलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्दै आएका छन् ।

प्रारम्भिक विवरणहरू आइरहेको र पूर्ण विवरण भने केही हप्तामै आउने प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक उमेश ढकालले बताए । उनका अनुसार पीडितलाई थप आर्थिक सहयोग तथा राहतका लागि गत हप्तादेखि नै स्थानीयस्तरमा क्षतिको यकिन विवरण सङ्कलनकार्य सुरु गरिएको छ । धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूसहित जनप्रतिनिधिको टोलीले उपप्रधान एवं सहरी विकासमन्त्री तथा गृहमन्त्रीसमेतलाई भेटेर सङ्कटग्रस्त क्षेत्रमा समावेश गर्न ध्यानाकर्षण गराएका छन् भने धुलिखेल खानेपानीको क्षतिमा सहयोग पुर्‍याउन जर्मन सरकारसँग राजदूतमार्फत सहयोगका लागि अनुरोध गरिएको छ । हालैको विपद्ले नगरभित्र पुर्‍याएको सम्पूर्ण क्षतिको पूर्ण विवरण केही दिनमै सार्वजनिक गरिने नगरप्रमुख ब्याञ्जूले बताए ।

काभ्रेपमा गत असोजको बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो । छ जना अझै बेपत्ताको अवस्थामा रहेका छ भने ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार बाढी पहिरोका कारण आठ सय ६७ जनालाई हेलिकप्टरबाट तथा तीन हजार दुई सय ९९ जनाको अन्य माध्यमबाट उद्धार गरिएको थियो । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छ भने सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन् ।

यस्तै बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको विभिन्न सडकखण्डमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएपछि अस्थायी डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको छ भने १९ प्रमुख ग्रामीण सडकको अधिकांश खण्डमा पहिरो गई करिब छ सय ५५ किमी सडक अवरुद्ध भएको जनाइएको छ । हाल खानीखोला गाउँपालिकाबाहेक सबै सडक सञ्चालनमा आएको छ ।

यसैगरी ४८ पुलमा क्षति पुगेमध्ये सात पूर्ण रूपमा र तीन आंशिक क्षति भएको छ भने ३८ वटाको सामान्य मर्मत गरिएको छ । सिँचाइका ९६ वटा आयोजनामा रु २१ करोड ५० लाखको क्षति भएको अनुमान गरिएको छ भने ३६ तटबन्धको योजनामा रु २० करोडको क्षति भएको छ ।

यस्तै खानेपानी तथा सरसफाइका आयोजनामा सबैभन्दा बढी क्षति भएको पाइएको छ । प्रारम्भिक क्षतिको विवरणअनुसार तीन नगर समेटिएका काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको दुई किलोमिटर पाइप बगाएको छ । यस अयोजनामा रु १० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । धुलिखेल खानेपानी उपभोक्ता समितिको तीन किमी पाइप बगेको तथा अन्य संरचनामा क्षतिसमेत गरी रु चार करोड बराबरको क्षति भएको छ । तेमाल बृहत् खानेपानी आयोजनामा रु आठ करोडको क्षति तथा जिल्लामा सञ्चालित करिब एक सय खानेपानी आयोजना गरी करिब रु एक अर्बको क्षति पुगेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

चार स्वास्थ्य संस्था, नेपाल टेलिकमका करिब दुई दर्जन टावर तथा अप्टिकल फाइबर, टेलिफोन पोल, तारमा क्षति भएको छ । दश तहमा सात सय ७४ विद्युत्का एचटी लाइनका ११ मिटर अग्ला पोल र नौ मिटर अग्ला एमटी लाइन भएको एक हजार एक सय ४९ पोल पूर्ण रूपमा क्षति भएका छन् । ४४ मध्ये २२ ट्रान्सफर्मरमा पूर्ण क्षति पुगेको जनाइएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार बाढीपहिराले सात हजार एक सय ३० परिवार प्रभावित भएका छन् । दुई हजार नौ मेट्रिक टन धान, ८४ मेट्रिक टन मकै, चार हजार दुई ७८ मेट्रिक टन तरकारी तथा अन्य बाली गरी छ हजार तीन सय ७१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ । कुल उत्पादनमा रु ४२ करोड ६३ लाख क्षति पुगेको जनाइएको छ । रु १२ करोड ८४ लाख ५१ हजार बराबरको पशुपक्षी क्षति भएको अनुमान गरिएको छ । एक सय ७० वटा विद्यालयमा क्षति भएको जनाइएको छ ।

Previous Post

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

Next Post

माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने

माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In