• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

by
१२ कार्तिक २०८१,
0
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् ।

लहान नगरपालिका-१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ । पूर्व-पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब १० किलोमिटर उत्तरमा पर्छ यो ताल ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ताल संरक्षण र व्यवस्थापनसँगै पर्यापर्यटनको समेत विकास गरिएको झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले बताए । झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चार वटा सानाठूला पोखरीसमेत रहेका छन् । प्राकृतिक सुन्दरताका साथै थप पयटकीय संरचनाको निर्माणपछि पर्यापर्यटनको नयाँ गन्तव्यका रूपमा यस क्षेत्र विकास भएको उनले जानकारी दिए ।

अध्यक्ष चौधरीका अनुसार तालको संरक्षण, सम्बद्ध र सौन्दर्यीकरण गरी पर्यटकीयस्थल निर्माणमा डिभिजन वन कार्यालय लहान, सिरहाबाट रु ७० लाख, वन तथा भूसंरक्षण विभागबाट रु २० लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजनबाट रु ४० लाख, संसद विकास कोषबाट रु १५ लाख सहयोग रकम खर्च भएको छ ।

त्यसैगरी पर्यटन विकास कार्यलय लहानबाट यस आर्थिक वर्षभित्रमा कार्यान्वयन गर्ने गरी रु ५० लाख विनियोजन भएको छ । उक्त बजेटबाट समितिले तालमा ‘बोटिङ’ सञ्चालन, ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण, ताल घुम्ने बाटो, शौचालय, वनभोजस्थललगायतका संरचना बनाइसकेको छ भने महादेव र हनुमान मन्दिर निर्माण अधुरो रहेको छ ।

त्यसैगरी आगामी दिनमा यहाँ भ्युटावर बनाउने लक्ष्यसमेत रहेको अध्यक्ष चौधरीले जानकारी दिए। ठूलो सम्भावना बोकेको यो ताललाई पर्यटकीयस्थलको रूपमा विकास गरी स्थानीयको आर्थिक उपार्जनमा टेवा पुर्‍याउन डिभिजन वन कार्यालय लहानले सहयोग गरिरहेको कार्यालय प्रमुख शैलेन्द्रकुमार मिश्रले बताए। सामुदायिक वनभित्र भएका स्रोतसाधनको पहिचान गरी लाभ लिन उपभोक्ता समितिका सदस्यलाई उनले आग्रह गरे ।

यस पर्यटकीय क्षेत्रमा आवतजावतको लागि बानोखोलामा पुल नबन्दा वर्षाको समयमा खोला तर्न समस्या परेको वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए। पुल निर्माणको लागि नगरको मात्रै स्रोतले सम्भव नरहेकाले प्रदेश तथा सङ्घीय सरकारसँग पहल गरिने लहान नगर उपप्रमुख रामचलितार महतोले बताए ।

साथै उनले जमिनमा पानीको सतह घट्दै गएकाले चुरे क्षेत्रमा यस प्रकृतिका पोखरीले ‘वाटर रिचार्ज’ हुने भन्दै वन उपभोक्ता समितिले वनजंगल संरक्षण र जलाधार क्षेत्र संरक्षणको लागि गरेको प्रयासमा नगरपालिकाले सधैँ सहयोग र प्रोत्साहन गर्ने बताए।

जलवायु परिवर्तनको चुनौतीलाई सामना गरी तालको संरक्षणको साथसाथै हरियाली प्रवर्द्धन गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने जिल्ला वन क्षेत्र समन्वय समितिका पदेन सदस्य रहेका जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोले जोड दिए ।

चुरेको काखमा अवस्थित ‘गोसाइ डाँडा ताल’ले पोखराको फेवातालको झल्को दिने स्थानीय बताउँछन् । तालको बीचमा जमिनको भाग उठेको छ । यसलाई थप आकर्षक बनाई आन्तरिक तथा बाह्य पर्यटकको आगमनबाट स्थानीयको रोजगारीमा समेत अभिवृद्धि हुने यसका अध्यक्ष चौधरीको भनाइ छ । यस पर्यटकीय क्षेत्रको विकासका लागि सबैलाई सहयोग र प्रचारप्रसार गरिदिन अध्यक्ष चौधरीले आग्रह गरे ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

साफ माहिला च्याम्पियनसिप : टाइब्रेकरमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

९ बैशाख २०८३,
१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
Load More
Next Post
साफ माहिला च्याम्पियनसिप : टाइब्रेकरमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

साफ माहिला च्याम्पियनसिप : टाइब्रेकरमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In