काठमाडौं : तरकारी तथा फलफूलको मूल्य वृद्धि नियन्त्रणका लागि आज वाणिज्य तथा आपूर्ति मन्त्रालय र उपभोक्ता संरक्षण विभागले तरकारी तथा फलफूल व्यवस्थापन समिति र व्यापारीसँग छलफल गर्दैछ। कृषकले मूल्य नपाउने तर बिचौलिया मोटाउने प्रवृत्ति बढेपछि नियन्त्रणका लागि व्यवसायीसँग छलफल गर्न लागेको विभागका निर्देशक डिकबहादुर कार्कीले जानकारी दिए। व्यवसायीले अटेर गरेर मनलाग्दी गरेमा ‘एक्सन’मै उत्रिने तयारी विभागले गरेको छ।
बाढीपहिरोको कारण देखाउँदै बिचौलियाले तरकारी र फलफूलमा थेग्नै नसक्ने गरी भाउ बढाएका छन्। दशैँअघिसम्म १६० रुपैयाँ धार्नीमा पाइने आलु अहिले २०० भन्दा माथि पुगेको छ । प्याज, गोलभेडाको भाउ पनि छोइनसक्नु भएको छ ।
केही दिन अगाडी सरकारी स्तरबाट भएको अनुगमनको व्यापारीले असहयोग गरेका थिए। टोली जाँदा व्यापापारीले सटर लगाएर हिँडेपछि सरकारले उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा समेत चल्न सक्ने चेतावनी दिएको छ। उ
अब सबै तरकारी तथा फलफूल पसलले अनिवार्य मुल्यसुची राख्न विभागले निर्देशनदिएको छ।













