प्रसिद्ध हिन्दी कवि शिवमंगल सिंह ‘सुमन’ शान्तिनिकेतनमा आफ्नो अध्ययन समाप्त गरेर जब फर्किन लागे तब उनले संस्थाका मुख्य आचार्य क्षितिजमोहन सेनसँग आशीर्वाद माग्नको लाग उनको खुट्टा छोए ।
आचार्यले उनको ढाडमा हात राख्दै भने— तिमी कहिल्यै सफल नबन ।
सुमन यो कुरा सुनेर आश्चर्यमा परे । उनले सोचे, सायद मबाट कुनै गल्ती भयो होला, जसबाट गुरुले रिसाएर यसो भन्नुभएको हो ।
साहस गरेर उनल सोधे, गुरुजी मबाट त्यस्तो के अपराध भयो ?
आचार्यले भने, हेर हरेक वर्ष लाखौँ मानिसहरु सफल हुन्छन्, तर उनीहरुमध्ये एक दुईमात्र सार्थक हुनसक्छन् । यसैले मेरो इच्छा छ तिमी सफल होइन सार्थक बन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













