• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीको हातबाट फुत्कँदै सत्ताको साँचो

by
१५ पुस २०७९,
0
प्रधानमन्त्रीको हातबाट फुत्कँदै सत्ताको साँचो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारका ४ मन्त्रीले शपथ खाए पनि जिम्मेवारी नतोकिँदा सिंहदरबारमा बस्ने कुर्सी पाएका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीहरूको जिम्मेवारी तोक्न नसकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख ताकिरहेका छन् ।

यही बेला शक्ति बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन भन्दै ओलीको नेतृत्वमा कार्यदल बनाइएको छ । कार्यदलका नाममा सरकारको साँचो अब बिस्तारै पुष्पकमल दाहालको हातबाट फुत्केर ओलीको हातमा पुग्ने र प्रधानमन्त्री चाहिँ कठपुतलीमा परिणत हुने सम्भावना बढेको छ । सत्ताको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेका छन् । तर प्रधानमन्त्री बनेको एक साता नपुग्दै सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मा एमाले अध्यक्ष ओलीले पाए ।

त्यो मात्रै होइन, शक्ति बाँटफाँडको विषय पनि अब ओली नेतृत्वकै कार्यदलले टुङ्ग्याउने छ । सरकार चलाउने नीति र पदीय भागबन्डाको साँचो गठबन्धनको तर्फबाट एमाले अध्यक्ष ओलीको हातमा सरेको छ । सरकार गठन भएको एक साता पनि भएको छैन । प्रधानमन्त्रीले कम्तीमा शक्ति बाँडफाँटसम्मका विषयमा आफैँ छलफल चलाउन सक्थे। उनले आवश्यक ठानेनन् वा जिम्मा पाएनन्, त्यो उनैले जानुन् । तर यसले प्रधानमन्त्री निरीह बन्ने र सर्वेसर्वा ओली हुने प्रस्ट देखाएको छ ।

त्यसो त विगतमा आफू प्रधानमन्त्री हुँदा ओलीले राजनीतिक संयन्त्रको कुरा उठ्ने बित्तिकै ठाडै अस्वीकार गरेका थिए । कतिसम्म भने कोरोना महामारीविरुद्ध जुध्न सबै दल मिलेर काम गर्ने प्रस्ताव समेत ओलीले स्विकारेनन् । शक्ति विवादकै कारण नेकपा छिन्नभिन्न भयो। त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको राजनीतिक संयन्त्र माथि समेत ओलीले प्रश्न उठाएका थिए। तर अहिले सुरुमै ओलीले कार्यदलको नेतृत्व लिँदा शक्ति भागबन्डादेखि सत्ता चलाउने योजनाको समेत नेतृत्व लिइसके । यसले प्रधानमन्त्री दाहाल कुर्सीमा मात्रै बस्ने र हर्ताकर्ता चाहिँ ओली नै हुने संकेत गर्छ ।

सात दलको समर्थन अनि आफूसँग थोरै संख्या भएकाले प्रधानमन्त्री दाहालले अरूको चित्त बुझाएर सरकार चलाउन सजिलो छैन । अधिकांश मन्त्रालय बाँड्नुपर्ने र एमालेको समर्थन निर्णायक हुने स्थिति भएकोले प्रधानमन्त्री बाध्यतामा पनि देखिन्छन् । यस्तो अवस्थामा ओली नेतृत्वको संयन्त्रले दाहाललाई स्वतन्त्र रूपमा अगाडि बढ्नबाट रोक्ने निश्चित छ ।

धेरै दल मिलाएर सरकार बनेकाले संयन्त्र आवश्यक भन्न पनि सकिएला । तर मन्त्रिपरिषद् नै त्यस्तो संयन्त्र हुने भएकोले अलग्गै समानान्तर संरचना चाहिँदैन । अझ संयन्त्रले प्रधानमन्त्रीको काममा हस्तक्षेप गर्‍यो भने त सरकार निकम्मा हुने निश्चित छ।

Previous Post

ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने विशिष्ट पर्वः प्रधानमन्त्री

Next Post

मौसम पूर्वानुमानः यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
मौसम पूर्वानुमानः तराईमा हुस्सु, हिमाली भेगमा​ हिमपातको सम्भावना

मौसम पूर्वानुमानः यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In