काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८/७९ को मुनाफाबाट चुक्तापुँजी रकम रु. ९,५५,३९,०९,१९८.८९को ४.७५ प्रतिशतबोनश शेयर र ०.२५प्रतिशतनगदलाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७८/७९को वित्तीयअवस्थाको विवरण, नाफा नोक्सानविवरण, नगदप्रवाहविवरणतथा सो सम्बन्धी अनुसूचिपारित गरेको छ । यससाधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्तिगर्ने सम्बन्धीविशेष प्रस्ताव समेत पारित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुलनिक्षेप रु.९७.२९अर्व र कर्जा रकमरु.८७.४५अर्व परिचालन गरी रु.३१.८५ करोड खुदमुनाफाआर्जन गर्न सफलभएको छ ।













