• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फलफूलको जुस धेरै पिउँदा पनि शरीरलाई समस्या हुन्छ

by
१ कार्तिक २०८१,
0
फलफूलको जुस धेरै पिउँदा पनि शरीरलाई समस्या हुन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डा. अरुणा उप्रेती

४५ वर्षीय एक शाकाहारी व्यक्ति सात वर्ष पहिले कामको सिलसिलामा अमेरिका गएछन्। त्यहाँ खाना खाँदा ‘मासुको टुक्रा’ परिहाल्छ कि भन्ने डरले उनी चिन्तित थिए। १५ दिनको होटल बसाइँमा बिहान–बिहान ४–५ गिलास फलफूलको ताजा जुस पिउने गरेछन्। उनलाई कसैले ‘ताजा फलफूको रसले शरीरलाई फाइदा गर्छ’ भनेको थियो। दिउँसो पनि उनले पानीको सट्टा फलफूलको जुस नै पिए।

काठमाडौं फर्केपछि भने उनमा समस्या देखियो। धेरै पिसाब लाग्ने, पसिना आउने, एकदम थकाइ लाग्ने। रगत जाँच गर्दा शरीरमा चिनीको मात्रा एकदम बढेको रहेछ। शाकाहारी र स्वस्थकर भोजनमात्र गर्ने व्यक्तिमा कसरी चिनीको मात्रा बढ्यो भनेर विचार गर्दा अमेरिकामा खाएको फलफूलको जुसका कारणले भन्ने तथ्य पत्ता लाग्यो।

हामीलाई ताजा फलफूलको रस स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने नै लाग्छ। कहिलेकाहीँ फलफूलको ताजा रसले स्वाद दिन्छ, पक्कै हो। तर, फलफूलको रस धेरै प्रयोग गर्दा बेफाइदा गर्छ। अमेरिका जाने ती व्यक्तिले दिनको एक गिलासमात्र जुस खाएको भए वा फलफूललाई प्राथमिकता दिएको भए त्यस्तो समस्या पर्दैन थियो।

के फलफूलको ताजा रसले शरीरमा चिनीको मात्रा बढाउँछ?

वास्तवमा फलफूलको रसमा फ्रुक्टोज (एक प्रकारको चिनी) बढी हुन्छ। जबकि ताजा फलफूल खाँदा यसमा रहेको घुलनशील र अघुलनशील रेशादार तत्त्वका कारण शरीरमा चिनीको मात्रा बढ्न पाउँदैन। रेशादार तत्त्वले शरीरमा पौष्टिकता दिँदैन तर खाना पचाउन, तौल निश्चित राख्न, चिनीको मात्रा सन्तुलित बनाउन, कब्जियतबाट बचाउन ठुलो भूमिका खेल्छ।

बालबालिकालाई फलफूलको सट्टा बट्टाको जुस दिएर अभिभावकहरू स्वस्थ भोजन दिएको भ्रममा छन्। बट्टाको फलफूलको रसमा त  फल्फुल होइन धेरै चिनी मात्र हुन्छ। चिनीको प्रयोगले बच्चाको पेट बिग्रन्छ नै, सूक्ष्म पोषक तत्त्वको अभावले कुपोषण हुन सक्छ।

ताजा फलफूलको रस कहिलेकाहीँ अलिकता प्रयोग गर्दा खासै समस्या पर्दैन। तर, बट्टाको फलफूलको जुस त प्रयोग नगरेकै बेस।

सामान्य मानिसले प्याकेटमा त साँच्चै नै फलफूलको जुस मिसिएको भन्ठान्छन्। आँपको रस, स्याउको रस, लिचीको रस, अनेकअनेक रस भन्ठानेर पिउनेहरूले त्यसरी रसलाई बट्टामा राख्दा एक दुई वर्षसम्म सुरक्षित रहन्छ भने त्यसमा रसायन र चिनी पक्कै मिसाएको हुनुपर्छ भन्ने हेक्का नै राख्दैनन्।

हामी युरोपमा बसेर पढ्दा पसलमा गएर ताजा फलफूलको रस किन्थ्यौँ, त्यसमा लेखिएको हुन्थ्यो– घर लगेको तीन दिनमात्रै प्रयोग गर्न मिल्छ। त्यही पसलमा बट्टामा राखेका फलफूलको रस चाहिँ ‘फलफूलको रसभन्दा झन्डै आधा सस्तो र एक वर्षसम्म प्रयोग गर्न सकिने’ भनेर लेखिएको पाइन्थ्यो।

बट्टाका फलफूलको रस मधुमेह भएको, मोटा व्यक्तिले पिउनु हुँदैन, किनभने यसमा चिनीको मात्रा धेरै हुन्छ भनेर बारम्बार चिकित्सकहरूले भन्दै आएका छन्। तर, प्रायजसो व्यक्ति बट्टामा राखिएको जुस ताजा फलफूलको रसबाट नै बनाएको हुन्छ भन्ने भ्रममा पर्छन् र यस्तो पेयपदार्थ प्रयोग गर्छन्। र, पैसा तिरेर खराब स्वास्थ्य किन्छन्।

माता-पिताले बुझेका हुँदैनन, यसरी फलफूलको रस भनेर चिनीको झोल दिँदा बच्चाको दाँत सबै खराब हुन्छ। बच्चा अस्वस्थ  नहोस, दाँत नबिग्रियोस्, कुपोषण नहोस, भविष्यमा मधुमेहको सिकार नबनोस, उच्च रक्तचापको औषधि सेवन नगरोस्, सानैदेखि मोटोपन भएर अनेक किसिमको समस्या नहोस भन्ने चाहनुहुन्छ भने बट्टामा भएको चिनीको फलफूलको रस होइन बजारमा पाइने मौसमअनुसारको फलफूल दिनु उत्तम हुन्छ।

फलफूलको रसमा रेशादार तत्त्व हुन्न, रेशादार तत्त्वको महिमा मानव शरीरको स्वास्थ्यका लागि धेरै छ। मधुमेहको समस्या भएका व्यक्तिले कस्तो फलफूल कति खान सकिन्छ भनेर स्वास्थ्यकर्मी, पोषणविद्सँग सल्लाह लिनु उत्तम हुन्छ।

स्वास्थ्यमा केही समस्या नभएमा व्यक्तिले पनि ठाउँ र सिजनअनुसारको फलफूल खानु राम्रो हुन्छ।

अमला, अम्बा, आलु, हलुवाबेद, जामुन, भोगटे, सीताफल, बयर, सुन्तला, काफल आदि उत्तम फल हुन्। मौसमी फलफूल सबै नै ‘सुपर फुड’ हुन्।

बच्चाले विज्ञापन देखेर झगडा गरेर फलफूलको नाममा राखिएको चिनीको रस माग्यो भने उसलाई बुझाएर फलफूल नै खान सिकाउनुको अर्थ हो भविष्यको लागि स्वस्थ रहन पनि सिकाउनु बच्चाले झगडा गरेर माग्यो भने वा रोएर लडीबुडी गर्यो भने के तपाईंले आफ्नो बालबालिकालाई रक्सी र चुरोट दिनुहुन्छ? दिनुहुन्न, किनभने चुरोट र रक्सीको विज्ञापनमा बच्चालाई प्रयोग गरिँदैन र बच्चाले माग पनि गर्दैन। चुरोट र रक्सी उनीहरूलाई दिनुहुन्न भने चिनीको अस्वस्थ झोलु किन दिनुहुन्छ?

Previous Post

यसरी बनाउनुस् स्वादिलाे चिकेन बिरयानी

Next Post

फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट

फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In