पहिलो कुरा त माछामासु नखाने व्यक्ति भेट्नु धेरै जटिल बन्दै गइरहेको छ । दोस्रो कुरा भनेको आधुनिक खानपान र जीवनशैलीका नाममा तयारी खानाको प्रयोग बढ्दो छ ।
यसमा फ्लेबरका नाममा मिसाइने जैबिक तत्वका कारण कोही अछुतो हुन सकेका छैनन् । तर वास्तविक रुपमा हेर्ने हो भने मांसाहारीका तुलनामा शाकाहारी कैयौँ गुणा स्वस्थ, सुखी र शान्तिपूर्ण जीवन बाँचिरहेका हुन्छन् ।
– मान्छेको पेट, आन्द्रा र कलेजोको बनोट शाकाहारी जीवजन्तुको जस्तो हुन्छ ।
– मांसाहारले सबै किसिमका रोगव्याधिहरुको खतरा बढाउँछ ।
– शाकाहारीको तुलनामा मांसाहारीको हृृदयघात हुने खतरा अधिक हुन्छ ।
– मांसाहारले कोलेस्ट्रोलको स्तरलाई बढाएर खतराको सीमासम्म पु¥याउँछ ।
– तथ्याङ्कहरुलाई हेर्ने हो भने क्यान्सरका ८०% रोगीहरु मांसाहारी हुने गर्दछन् ।
– मांसाहारले क्रोध बढाउने हार्माेनको द्रूत गतिमा वृद्धि गर्दछ र मानिसलाई हिंस्रक, स्वार्थी र भोगवादी बनाउँछ ।













