ब्राह्मण श्रेष्ठ हो, महान् हो भन्ने कुरा ब्राह्मणले नै भने तर बुद्ध, कबीर, नानक, रैदासजस्ता श्रेष्ठ महात्माहरूले त भनेका छैनन् । भारत, नेपालमा जन्म श्रेष्ठ हो भन्ने केवल हामी मात्र हो कि चिनी जर्मन तथा जापानीले पनि भनेका छन् ?
समाजको भलाइको नाममा गरिने कर्महरू कस्तुरी मृगले आफ्नै कस्तुरीको सुगन्ध खोज्न भट्किने जस्तो हो कि होइन ? श्रीमन्त, महाराजा तथा नेताहरूका आसपासका चतुरेहरू एउटै मालिकले पालेका धेरै बिरालाजस्ता मात्रै हुन् कि तिनीहरूमा केही मनुष्यता पनि छ ?
यी प्रश्नहरूको जवाफ आफ्नो बुद्धिसँग माग्नुहोस् तब केही सार पाउन सम्भव छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













