नानि भारद्वज
स्वर्ग भनेको के हो गुरु ? — एक किशोर विद्यार्थीले प्रश्न गरे ।गुरुले निक्कै गमेर उत्तर दिने प्रयत्न गर्दै भने— “धर्म शास्त्रहरुमा उल्लेख भएको स्थान हो, शिष्य !”
उनको कौतुहलता जाग्यो र फेरि जिज्ञासा थपे— त्यो कस्तो ठाउँ छ ? त्यो ठाउँ पृथ्वीभन्दा धेरै रमणीय छ, त्यहाँ सुखैसुख छ । स्वर्गको सम्बन्धमा गुरुशिष्य सम्वाद यसरी अघि बढ्दै गयो ।
त्यो ठाउँ कहाँ छ गुरु ?
धर्मशास्त्रहरुले चाहिँ आकाशमा छ भनी वर्णन गरेका छन् । धर्तीमा त्यो ल्याउन सकिँदैन र गुरु ? सकिन्छ ।
कहिले गुरु ?
यस धर्तीमा सबै मान्छे सुखी भएको दिन त्यो आफै खस्छ बाबू !
साभारः लघुकथा कुनोबाट











