• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    माङसेबुङमा आज च्याब्रुङ महोत्सव

    माङसेबुङमा आज च्याब्रुङ महोत्सव

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स

    अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

    व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खसीबोका बिक्री नभएको किसानको गुनासो

by
२४ अशोज २०८१,
0
खसीबोका बिक्री नभएको किसानको गुनासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी(कञ्चनपुर), २४ असोजः डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् ।

डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै महेन्द्रनगर पुगेका देव धामीले चाडपर्वको बेलासमेत खसीबोका बिक्री नभएपछि आफूहरू निराश भएको बताउनुभयो । “खसीबोका बिक्रीबाट आएको आम्दानीले चाडपर्व मान्ने र यसैबाट वर्षभरि जीविकोपार्जन हुने गरेको थियो”, उहाँले भन्नुभयो,“महेन्द्रनगर पुगेको दुइदिन भयो यसपटक बिक्री भएको छैन ।” दसैँको बेला हरेक वर्ष खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुग्ने गरे पनि विगतको तुलनामा यस वर्ष अवस्था उत्साहजनक नरहेको धामीको भनाइ छ । “हामी सात÷आठ जनाको समूह बनाएर हरेक वर्ष दसैँका बेला खसीबोका लिएर यहाँ आउने गरेका छौँ, हालसम्म राम्रो सङ्केत छैन । हेरौँ बाँकी दिन केही हुन्छ कि!”, उहाँले अगाडि भन्नुभयो ।

जोगबुढाकै गोरे धामीले बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएकामा यसपटक सोचेअनुसार व्यापार नहुँदा निराश बनाएको बताउनुभयो । “आम्दानीको स्रोत भनेकै यहीँ बाख्रापालन हो । चाडपर्वमा पनि बिक्री भएन भने घरखर्च चलाउनै मुस्किल पर्छ”, उहाँले भन्नुभयो, “घरबाट यहाँ पुग्दासम्म खसिबोकाको तौलसमेत घट्छ बिक्री नहुँदा झनै घाटा हुने भो ।” उहाँले दुई दिन हिँडेर ५० वटा खसीबोका महेन्द्रनगर पु¥याउनुभएको थियो ।

जोगबुढाकै दिलिम राम लोहारको समस्या पनि यस्तै छ । महेन्द्रनगर आएको तीन दिनसम्म पनि विगतका जस्तो व्यापार नभएको उहाँले दुःखेसो पोख्नुभयो । “जोगबुढाबाट समूह बनाएर खसिबोका बिक्रीका लागि महेन्द्रनगर आएका हौँ । यहाँ आएको तीन दिन भइसक्यो दुईवटा मात्रै खसी बिक्री भएका छन् । खै ! बाँकी दिनमा पनि के पो हुने हो !” उहाँले संशय व्यक्त गर्नुभयो ।

धनगढीमा चुरेका खसीबोका

कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाका व्यापारी पनि खसीबोका बिक्रीका लागि धनगढी झरेका छन् ।

चुरे गाउँपालिका–१ का खसीबोका व्यवसायी जीवन थापा मगरले दसैँका लागि कैलालीको पहाडी क्षेत्र चुरेस्थित साईल र बबैनाबाट खसीबोका बिक्रीका लागि धनगढी ल्याएको बताउनुभयो ।

हरेक वर्ष दसैँको मौकामा कैलालीको पहाडी क्षेत्रबाट खसीबोका यहाँ ल्याउने गरे पनि यस वर्ष भने पहिलेको तुलानमा कमै मात्र आएको उहाँले जानकारी दिनुभयो । “करिब २२ वर्षदेखि चुरेको निगाली, खैराला, काले खोलालगायत स्थानबाट करिब सात सय बढी खसीबोका दसैँका लागि धनगढी ल्याएर बिक्री गरेर फर्किन्थ्यौँ तर यसपटक करिब ६० खसीबोका मात्र यहाँ ल्याएका छौँ, त्यसमा पनि सोचेको जस्तो व्यापार छैन”, थापाले भन्नुभयो,“पहिले ग्राहक थेग्न नसक्ने अवस्था हुन्थ्यो, हिजोआज दिनभर कुर्दा पनि मुस्किलले १०÷ १२ वटा पनि बिक्री हुन मुस्किल परेको छ ।”

हाल तराईका गाउँमा पनि घर–घरमा दुईचार वटा बाख्रा पाल्ने र पहिलेको तुलनामा बलि दिने परम्परामा कमी हुँदै गएकाले आफूहरूको व्यापार राम्रो नभएको कैलालीको चुरेगाउपालिका–५ का दुर्गा अर्खालीको बुझाइ छ ।

स्थानीय अगुवा शेरबहादुर विष्ट पनि परिवारका सदस्य पढाइ, जागीर र वैदेशीक रोजगारीलगायत कारणले सँगै नहुने, पशु हत्या गर्नु हँुदैन भन्ने भावना विकास हुँदै गएकाले खासीबोकाको व्यापारमा कमी भएको हुनसक्ने बताउनुहुन्छ । आफ्नो घर नजिकैको कालिका मन्दिरमा केही समय पहिले दसैँको अष्ठमी र नवमीका दिनमा हजारभन्दा बढी खसीबोकाको बलि दिने गरेको र पछिल्ला वर्षमा त्यो सङ्ख्या निकै कम हुँदै गएको उहाँले बताउनुभयो ।

यहाँ जिउँदो खसीबोका प्रतिकिलोग्राम पाच सय ५० रुपैयाका दरले बिक्री भइरहेको छ ।

Previous Post

केटाले हेर्देनथे

Next Post

दसैँमा गाउँ नै रमाइलो

सम्बन्धित खबर

रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
माङसेबुङमा आज च्याब्रुङ महोत्सव
आर्थिक

माङसेबुङमा आज च्याब्रुङ महोत्सव

१६ जेष्ठ २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स

१६ जेष्ठ २०८३,
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
आर्थिक

व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख

१६ जेष्ठ २०८३,
Load More
Next Post
दसैँमा गाउँ नै रमाइलो

दसैँमा गाउँ नै रमाइलो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In