मिश्री स्वादका लागि जति प्रख्यात छ उति नै गुणकारी पनि हुन्छ । यसलाई चिनीको सट्टामा प्रयोग गर्न सकिन्छ ।
मिश्रीका धेरै फाइदाहरु पनि थुप्रै छन् तर ज्ञानको अभावमा यसको प्रयोग एकदमै न्युन मात्रामा हुने गरेको छ । मिश्री खानमा मात्र होइन आयुर्वेदिक औषधिमा पनि प्रयोग गरिन्छ ।
मिश्रीमा स्वास्थ्यमा देखापर्ने विभिन्न समस्या निको पार्न सक्ने क्षमता हुन्छ —
– अमलाको धूलोमा मिश्री मिसाएर खाँदा टाउको दुख्ने, घाँटी दुख्ने वा रुघाखोकी लागेमा फाइदा पु¥याउँछ ।
– मिश्री प्रशस्त मात्रामा भिटामिन पाइने हुँदा आँखाका लागि निकै फाइदाजनक मानिन्छ ।
– मिश्री र अलैंची मिसाएर खाँदा पनि मुखको अल्सरको समस्यामा धेरै राहत मिल्छ ।
– मिश्रीको सेवनले रक्तअल्पताको समस्यामा राहत मिल्छ । शरीरमा हेमोग्लोबिनको मात्रा बढाउने भएकाले रगतको कमीबाट बचाउँछ ।
– मिश्रीमा ग्लुकोजको मात्रा हुने भएकाले शरीरलाई तत्काल ऊर्जा दिन्छ ।
– मिश्रीको सेवन पेटका लागि निकै फाइदाजनक मानिन्छ । यसमा पाचन गुण हुन्छ, जसले खाना पचाउन मद्दत गर्छ ।
– मिश्रीको काँडा पानी पिउँदा ज्वरो, पेट पोल्ने, पिसाब पोल्ने, हात, खुट्टा पोल्ने रोगमा आराम मिल्छ ।













