• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’

by
१९ अशोज २०८१,
0
‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ । बाढीले सबै सामान बगाएपछि लामाले असोज १३ गतेदेखि बस्नका लागि कोठा खोजेका हुन् । गहभरि आँशु, ओंठमा रोधन थरथर काँपेको शरीर । ‘न बस्ने ठेगान छ, न खानेकुरा र पैसा नै । ज्यान बाँचे पनि बस्ने र खाने व्यवस्था नहुँदा सास्ती भएको छ । एकपट्टि चुँडिएको चप्पलमा पनौती र खोपासीको बजार कोठा खोजे पनि पाइएन’, मगरले सुनाए ।

घरबार, पसल, उद्योग र नगद सबै बाढीले बगाएपछि आफन्तले किएको एकजोर कपडा र चप्पलमा बसिरहेको मदनले बताए । उद्धारपछि बाढीपहिरो पीडितको व्यवस्थापन र अवस्थाका विषयमा ‘रिपोर्टिङ’ गर्न शुक्रबार सलान्दुबगरमा पुग्दा बगाएको घरको अवशेष देखाउँदै उनले भने, ‘ज्यान बाहेक मसँग केही छैन, सबै बगाएपछि पनौतीमा कोठा खोजेर आमा र छोराछोरीलाई राखेको छु । खानेकुरा र लाउने लुगा समेत छैन ।’

बाढी आएको रातिदेखि दुई दिनसम्म भिजेको लुगा लगाएर बसेको भन्दै मदनले आफन्तले दिएको कपडाले धेरै राहत महसुस भएको बताए । लगाएर आङ छोपेर राहत लिन उभिएको बताए । ‘स्थानीय सरकार र राज्यले बढी समस्यामा भएकालाई प्राथमिकतामा राखेर राहत तथा पुनःस्थापनमा गर्नुपर्छ । वृद्धा आमा र बालबच्चासहित कोठामा बसे पनि खानाको व्यवस्था नहुँदा समस्या भएको छ’, उनले भने ।

दसैंका लागि टेलर्समा सिलाइका कपडा, कस्मेटिक पसलमा सामान हालिसकेको बताउँदै मदनले फर्निचर उद्योगमा माग अनुसार सामान बनाएर गोदाम राखेकामा सबै बगाएको जानकारी दिए । घर, बारी जग्गा जमिन पसल र फर्निचर उद्योग गरी करिब दुई करोडमाथिको क्षति भएको उनले बताए । सोही ठाउँकी कान्छी बोमजनले घरको दायाँबायाँ पहिरोले लगेपछि रातभरि नजिकैको जङ्गलमा रूखमुनि बसेको सुनाइन् । केही दिनदेखि पनौतीमा कोठा लिएर बस्दै आएकी उनी राहतको पर्खाइमा छिन् । सरकारले पीडितको अवस्था, प्रथमिकता र आवश्यकताका आधारमा राहत उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन् ।

सोही ठाउँका विनोद सिङ्तानले घरबार सबै बगाएपछि आफूहरु बिचल्लीमा परेको बताए । भएको घरबार, कुखुरापालन व्यवसाय, खाद्यान्न, लत्ताकपडा र नागरिकता, लालपुर्जालगायत सबै कागजात बगाएको उनले बताइन् । पुरेको घरभित्र हिलोमाटो लतपतिएको लत्ताकपडा निकाल्दै खोल्साको पानीमा पखाल्दै गरेकी सरस्वती लामाले बस्ने घर, खाने अन्नपात नभएको भन्दै पीडितलाई पुनःस्थापनाका लागि स्थानीय सरकारले तत्काल पहल थाल्नुपर्ने बताइन् ।

बाढीले पुरिएको घरभित्रका सामान निकाल्दै बचेको सामान सार्नमा व्यस्त खहरे खोलाका सुरेन्द्र वाइबाले विपदमा परेका नागरिकलाई चाँडो राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरे । सरकारले यस्तो बेलामा प्राथमिकता र आवश्यकता हेरेर सहयोग गर्नुपर्ने उनको भनाइ छ । सलान्दुबगरका लिलाबहादुर लामाको परिवार अहिले खोपासीमा कोठा लिएर बस्दै आएका छन् । रातिको समयमा गएको बाढी पहिरोले घरको सबै सामान, डम्फु, खैँचडी र ढ्याङ्ग्रो बनाउने उद्योग समेत पुरेको उनले बताए । ‘अहिले पनि घरमा बस्न सक्ने अवस्था छैन’, उनले भने, ‘अब वर्षा भएन भने घरमा बस्न मर्मत गर्नुपर्छ, त्यसका लागि रु आठ-१० लाख लाग्छ ।’

बस्ने ठाउँमा असुरक्षित भएको र भएको ठाउँ पनि बाढीले बगाएर विस्थापित हुनुपर्ने अवस्था आएको लिलाबहादुरले बताए । आपतको बेलामा उद्धार गर्न स्थानीय सरकारलाई आग्रह गर्दै उनले जनतालाई ‘सरकार छ’ भन्ने महसुस गराउने समय आएको उल्लेख गरे । सोही ठाउँका कृष्णकुमार लामाले भएभरको सबै बगाएको बताउँदै सरकारले पीडितलाई तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए । ‘बस्ने घर, जग्गाजमिन सबै बाढीले बगायो । ज्यालामजदुरीको काम पाए पनि खानाको व्यवस्था हुने थियो’, उनले भने ।

बेथानचोक–४ पाटीखर्कका विद्या खड्काको पक्की तीनवटा घर बाढीले बगाएर बिचल्ली भएपछि अहिले खोपासीमा कोठा लिएर बस्दै आएकी छन् । सलान्दुबगरमा मात्रै करिब २० घर पूर्ण रुपमा क्षति भएका छन् । खहरेखोला, सलान्दुबगर, पाटीखर्क र चलालगणेशस्थानका नागरिकले अहिलेसम्म राहत नपाएको गुनासो गर्दै सरकारले प्राथमिकता हेरेर राहत रपलब्ध गर्नुपर्ने बताएकी छन् ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन पहल भइरहेको बताए । विशेष गरी अहिले प्राथमिकताका आधारमा उद्धार, राहत र पुनःस्थापनाका लागि योजनाबद्ध काम भइरहेको उनले जानकारी दिए । पालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकामा सडक, विद्युत् र सञ्चारको सेवाबाट वञ्चित रहेकालाई पहिलो प्राथमिकता राखी ती सेवा सञ्चालनका लागि मर्मत सम्भारको काम थालिएको बताए । ‘हाम्रो क्षमताले मात्रै यहाँका नागरिकको समस्याको सम्बोधन गर्न नसकिने अवस्था रहेकाले सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अगाडि बढ्नुको विकल्प छैन’, उनले भने ।

अहिले सडक निर्माणका लागि पालिकाको केन्द्र ढुङ्खर्क जोड्ने खोपासी–सलान्दुबगर, चलाल, ढुङ्खर्क सडकलगायत विभिन्न वडाका शाखा बाटोहरु मर्मत गर्न स्काभेटर, लोडर, डोजरलगायत उपकरणसहितको जनशक्ति परिचालन गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रमा बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको छ ।

गाउँपालिका कार्यालय डुबानमा परेको भन्दै अध्यक्ष अधिकारीले कतिपय महत्वपूर्ण कागजात नष्ट भएका बताए । अधिकांश आवश्यक कागजात र विवरण क्षति भएकाले अडिटका क्रममा आउने समस्याका बारेमा सम्बन्धित निकायलाई उक्त समस्या समाधान गर्न अहिले नै ध्यानाकर्षण गराइने उनको भनाइ छ । बेथानचोक गाउँपालिकाभित्र पूर्ण रुपमा पाँच सय घर र आंशिक रुपमा पाँच सय घरमा क्षति हुनुका साथै कुखुरा नौ हजार, पशुचौपाया गाई, भैँसी र बाख्रा गरी एक हजारको हाराहारीमा क्षति भएको पालिका कार्यालयले जनाएको छ ।

Previous Post

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

Next Post

महिला टी-२० विश्वकप: भारतमाथि न्यूजील्याण्डको शानदार जित

सम्बन्धित खबर

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ बैशाख २०८३,
कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड
समाचार

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

२९ बैशाख २०८३,
काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग
फिचर-ब्यानर

काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

२९ बैशाख २०८३,
धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते
फिचर-ब्यानर

धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

२९ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

२९ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२९ बैशाख २०८३,
Load More
Next Post
महिला टी-२० विश्वकप: भारतमाथि न्यूजील्याण्डको शानदार जित

महिला टी-२० विश्वकप: भारतमाथि न्यूजील्याण्डको शानदार जित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In