• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

    गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

by
१८ अशोज २०८१,
0
सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार गर्नुपर्नेमा जोड दिएको छ ।

वैवाहिक बलात्कारीलाई गैरकानूनी घोषित गर्न माग गर्दै अभियन्ताहरूले दायर गरेको चलिरहेको सर्वोच्च अदालतको मुद्दामा भारत सरकारले त्यस्तो जोड दिएको हो ।

भारतमा बेलायती औपनिवेशिक शासनको समयमा १९औँ शताब्दीमा लागु गरिएको दण्ड संहिताले स्पष्ट रूपमा “एक पुरुषले आफ्नै पत्नीसँग गरेको यौन क्रियाकलाप… बलात्कार होइन” भनी उल्लेख गरेको छ ।

वैवाहिक बलात्कारलाई गैरकानूनी बनाउन खोज्ने अभियन्ताहरूको एक दशक लामो अदालती चुनौतीका बाबजुद प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जुलाईमा उक्त धारालाई कायम राख्दै संशोधित संहिता लागु गरेको थियो ।

भारतको गृह मन्त्रालयले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको शपथपत्रमा वैवाहिक बलात्कारको परिणाम ‘दण्डात्मक’ हुनुपर्ने भए पनि कानूनी प्रणालीले यसलाई विवाह बाहिर गरिएको बलात्कारभन्दा बढी उदारताका साथ व्यवहार गरिनुपर्ने उल्लेख छ ।

“पतिसँग आफ्नी पत्नीको सहमति उल्लङ्घन गर्ने कुनै मौलिक अधिकार निश्चित रूपमा छैन”, द इन्डियन एक्सप्रेस अखबारका अनुसार शपथपत्रमा भनिएको छ, “यद्यपि भारतमा मान्यता प्राप्त ‘बलात्कार’ प्रकृतिको अपराधलाई विवाह संस्थामा आकर्षित गर्नु अत्यधिक कठोर मान्न सकिन्छ ।”

भारतको वर्तमान दण्ड संहिताले बलात्कारमा दोषी ठहर भएकालाई न्यूनतम १० वर्षको सजाय तोकेको छ ।

वैवाहिक बलात्कारलाई विद्यमान कानूनहरूमा पर्याप्त रूपमा सम्बोधन गरिएको र यसमा घरेलु हिंसाबाट महिलाहरूको संरक्षण गर्ने सन् २००५ को कानून समावेश रहेको सरकारको वक्तव्यमा उल्लेख छ ।

उक्त कानूनले यौन दुर्व्यवहारलाई घरेलु हिंसाको रूपमा मान्यता दिन्छ तर अपराधीहरूलाई कुनै आपराधिक दण्ड निर्धारण गर्दैन ।

दण्ड संहिताको अर्को धारामा पतिले आफ्नी पत्नीविरुद्ध गरेका व्यापक रूपमा परिभाषित ‘क्रुरता’ का कार्यहरूका लागि तीन वर्षसम्मको जेल सजायको प्रावधान छ ।

सन् २०१९ देखि २०२१ सम्म गरिएको सरकारको पछिल्लो राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणअनुसार १८ देखि ४९ वर्ष उमेर समूहका छ प्रतिशत भारतीय विवाहित महिलाले वैवाहिक यौन हिंसाको अनुभव गरेको बताएका छन् ।

यसको अर्थ विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा एक करोडभन्दा बढी महिला आफ्ना पतिहरूको हातबाट यौन हिंसाको शिकार भएका छन् ।

सर्वेक्षणअनुसार करिब १८ प्रतिशत विवाहित महिलाले आफ्ना पतिहरूले यौन सम्बन्ध चाहेमा अस्वीकार गर्न नसक्ने महसुस गरेका छन् ।

भारतको धेरै भागमा सम्बन्धविच्छेद अझै पनि वर्जित छ । ती भागमा प्रत्येक एक सय विवाहमा एउटा मात्र विघटनमा समाप्त हुन्छ र यो प्राय असन्तुष्ट विवाहलाई कायम राख्न परिवार र सामाजिक दबाबका कारण हुन्छ ।

भारतको आपराधिक न्याय प्रणालीमा लामो समयदेखि नसुल्झिएका केही मुद्दाहरूले समाधान पाउन दशकौँ लाग्छ र वैवाहिक बलात्कारलाई अपराधीकरण गर्न दबाब दिने मुद्दाले अत्यन्त सुस्त प्रगति गरेके छ ।

सन् २०२२ मा दिल्ली उच्च अदालतमा दुई–न्यायाधीशको इजलासले विभाजित फैसला सुनाएपछि यो मुद्दालाई सर्वोच्च अदालतमा पठाइएको थियो ।

उक्त मुद्दामा एक न्यायाधीशले पतिले जबरजस्ती आफ्नी पत्नीसँग यौन सम्बन्ध राख्छ भने त्यसलाई ‘एक अपरिचित व्यक्तिले बलात्कार गर्ने कार्यसँग तुलना गर्न सकिँदैन’ भनी फैसला गरेका थिए ।

Previous Post

नागरिकलाई सहजरुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

Next Post

हिजबुल्लाह प्रमुख नसरल्लाहको शवलाई अस्थायीरूपमा गाडियो

सम्बन्धित खबर

गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !
फिचर-ब्यानर

गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

२९ बैशाख २०८३,
हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण
फिचर-ब्यानर

हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

२९ बैशाख २०८३,
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
फिचर-ब्यानर

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

२९ बैशाख २०८३,
सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
Load More
Next Post
हिजबुल्लाह प्रमुख नसरल्लाहको शवलाई अस्थायीरूपमा गाडियो

हिजबुल्लाह प्रमुख नसरल्लाहको शवलाई अस्थायीरूपमा गाडियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In