• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    बढ्यो पेट्रोल र डिजलको मुल्य

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    बढ्यो पेट्रोल र डिजलको मुल्य

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर

by
१७ अशोज २०८१,
0
कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान। केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो। राजधानी काठमाडौंलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो। सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो। यसपटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठूलो क्षति पुगेको छ। कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो। कति पुल भत्किए, कति बस्ती उजाडिए। तर, नदी किनारक्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा आएको बाढी अवसर पनि बनेको छ।

बराहक्षेत्र नगरपालिका–६ का वीरवल माझी कोशी नदीबाट दाउरा झिकेर परिवारको गर्जो टार्नुहुन्छ। उहाँले वर्षायामको बेला वर्षभरि पुग्ने दाउरा कोशीबाट संकलन गर्दै आएका थिए। संकलित दाउरा आफूले बाल्ने र धेरै भएमा बेचेर गुजारा चलाउने उनको पुरानै पेसा हो। यसपटकको बाढीले धेरै दाउरा बगाएर ल्याएपछि एक वर्षलाई पुग्ने गरी जोहो गरेको उनले बताए। खाना पकाउनेदेखि आफूले पालेको १५ सुङ्गुर र पाँच भैँसीलाई कुँडो पकाउन एकवर्षका लागि दाउराको जोहो भएकामा उनी ढुक्क छन्।।

‘यो वर्ष मनसुन सकिने बेलामा बाढी आयो। घर अलि पर भएकाले केही क्षति हुन पाएन’, माझीले भने, ‘यस पटकको जस्तो बाढी कोशीमा आएको मैले अहिलेसम्म देखेको थिइँन। दाउरा पनि धेरै ल्यायो।’ तीन दिनको भारी वर्षाका कारण आएको बाढीले अहिले बराह क्षेत्रका धेरैजना दाउरा संकलनमा व्यस्त छन्।

माझीजस्तै मजदुरी गर्ने अधिकांश दसैँ खर्च जुटाउन रातदिन नभनी दाउरा संकलन गरिरहेका छन् । चतराको कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन्। नदीको भेलले बगाएर ल्याएको दाउरा संकलन गरेर जीविका चलाउनेको दैनिकी यतिबेला कोशी बगरमा बितेको छ। बाढीले किनाराका बासिन्दा त्रसित बने पनि माझीजस्ता कतिपयका लागि अवसर बनेको छ।

बराहक्षेत्र–८ की सोभा चौधरी पनि कोशीबाट दाउरा निकालेर दसैँ खर्च जुटाइरहेकी छन्। नदीबाट दाउरा निकालेर बगरमा राखेको देख्दा धेरैले सजिलो ठानेपनि ज्यानको बाजी राखेर भेलबाट दाउरा निकाल्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘सजिलो त कहाँ छ र दाउरा निकाल्न। निकै बल लगाउनुपर्छ। निकालेर राखेको दाउरा पनि कहिलेकाहीँ भेलले फेरि बगाइदिन्छ।’

कोशीमा बाढी आएको बेला रातिदेखि किनारमा दाउरा संकलन गर्नेको भीड लाग्छ। कोशीमा राम्रोसँग पौडिन सक्ने बलिया पुरुष डुंगा लिएर नदीको बीचसम्म पुगेर दाउरा संकलन गर्छन्। महिला र पौडिन नआउनेहरु बगर छेउमा बसेर दाउरा संकलन गर्छन्।

जोखिम मोलेर कोशीबाट निकालिएको दाउरा बजारमा प्रति ट्याक्टर रु १२ हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको बराहक्षेत्र–८ जितपुरका आसा चौधरी बताउँछिन्। कतिपयले बाढीले बगाएर ल्याएको दाउरा एकदिनमै तीन देखि चार ट्याक्टरसम्म संकलन गर्न भ्याउँछन्। उनले भनिन्, ‘अरुबेला जंगलमा साइकल लिएर दाउरा खोज्न घण्टौँ लाग्छ, अहिले बाढीले ल्याएको दाउरा संकलन गर्न सके वर्ष दिनलाई ढुक्क।’ पैसाको खाँचो परेको बेला दाउरा बेचेर पैसा पनि लिन सकिने उनी बताउँछिन्।

कोशी नदीको बीचमा रहेको बराहक्षेत्र वडा नं ६ र ९ कोशीटप्पुमा यतिबेला दाउराको बिस्कुन सुकाएझैँ दृश्य देखिन्छ। कोशीटप्पुका बासिन्दाको आम्दानीको मुख्य स्रोत बाढीले बगाएर ल्याएको दाउरा हो। बाढीले दाउरा मात्र होइन, ठूला रुख पनि बगाएर ल्याउने गर्छ। त्यहाँका युवाहरुले समूह बनाएर ठूल्ठूला रुख चिरेर राम्रो काठ निकाली बढी मूल्यमा बिक्री गर्ने गरेको कोशीटप्पुका स्थानीयवासी सन्तोष राजवंशीले बताए।

उनले भने, ‘माथिल्लो भेगमा वर्षा सुरु हुनासाथ यहाँका स्थानीय कोशीमा दाउरा निकाल्ने तयारीमा बसेका हुन्छौँ।’ कतिपयले नदी किनारमा हुत्तिएर आउने माछा मारेर पनि आम्दानी गर्ने गरेका छन् । सप्तकोशी नदीको बराहक्षेत्र चतरा, सिसौलीघाट, महेन्द्रनगर, राजावास, कोशी टप्पुलगायतका कोशी किनारक्षेत्रका बासिन्दाले बाँसको टाँगोको सहायताले दाउरा निकाल्ने गर्छन्। धेरैजसोले समूह बनाएर डुंगाको प्रयोगबाट कोशी नदीको भंगालोमै पसेर दाउरा निकाल्ने गर्छन्। पूर्वी पहाडी क्षेत्रबाट नदीमा बाढीसँगै बगेर आउने उत्तिस, खयर, साल, चिलाउनेको सिंगै रुख र हाँगाबिँगा संकलन गर्ने क्रम यहाँ वर्षौंदेखि चल्दै आएको छ।

Previous Post

नवरात्रको पहिलो दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

Next Post

सिमानामा गोली चलाउँदा नेपालीसहित ६ जनाकाे मृत्यु, १२ जना घाइते

सम्बन्धित खबर

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
आवाज

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

९ भदौ २०८३,
पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो
आर्थिक

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

९ भदौ २०८३,
भोजपुरमा कोदोखेती घट्दै
आवाज

भोजपुरमा कोदोखेती घट्दै

९ भदौ २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

भन्सार छलीको सामान दाखिला

९ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

९ भदौ २०८३,
बढ्यो पेट्रोल र डिजलको मुल्य
आर्थिक

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

९ भदौ २०८३,
Load More
Next Post
सिमानामा गोली चलाउँदा नेपालीसहित ६ जनाकाे मृत्यु, १२ जना घाइते

सिमानामा गोली चलाउँदा नेपालीसहित ६ जनाकाे मृत्यु, १२ जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In