• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले

by
१६ अशोज २०८१,
0
स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा। पछिल्लो समयको भारी वर्षाका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सञ्चालनमा आएको छ।

आइतबार र सोमबारको प्रयासबाट दर्जनौँ हलुका सवारीसाधन र मालबाहक कन्टेनर मंगलबार दिउँसो १ बजेदेखि गन्तव्यतर्फ प्रस्थान गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किमी दुरीमा दर्जनौँ स्थानमा गएको पहिरोसुरक्षा निकायको सहयोगमा सडक विभागको डोजरले हटाएको थियो। क्षतिग्रस्त राजमार्ग मर्मत सुधार गरि छिटोभन्दा छिटो सवारीसाधन सञ्चालन गराइएको विभागको भनाइ छ। वर्षासँगै जिल्लाका विभिन्न स्थानमा अनगिन्ती पहिरा गए पनि कुनैपनि मानवीय क्षति नभएको प्रजिअ खनालले जानकारी दिए।

सामान लिनका लागि तिब्बतको केरूङतर्फ जान लागेका ४० वटा कन्टेनर डिब्बा राजमार्गमा पहिरो खसेका कारण स्याफ्रुबेँसीको आसपास नै रोकिएका थिए भने मालसामग्री बोकी केरूङबाट नेपाल भित्रिएका दुईसय कन्टेनर रसुवागढी भन्सार हातामा रोकिएका थिए। अहिले भने सबै सवारीसाधन क्रमिक रूपमा ओहोरदोहोर भइराखेका छन्।

रसुवागढीमा रोकिएका कन्टेनरहरूमा दसैँ लक्षित लत्ताकपडा, जुत्ता, चप्पल, रोलकपडा, थर्मस, इलेक्ट्रोनिक्सका सामग्रीका साथै स्याउ, लसुन तथा अदुवा समेत रहेका थिए।रसुवागढी नाकाबाट दसैँका लागि ४६ डिब्बा तयारी पोशाक, ११ ट्रक स्याउ, दुई ट्रक हलुवावेद र दुई ट्रक अनार समेत मितेरी पुलबाट नेपाल भित्रिसकेको शसस्त्र प्रहरी बल २० नं गुल्मले जनाएको छ।

पानी पर्नासाथ जुनसुकै बेला अवरूद्ध हुने अवस्थामा रहेको स्याफ्रुबेँसी–रसुवागढी मार्गको लिङलिङ इलाकामा भने छेउतर्फ भोटेकोसीले कटान गरेको र कुनातर्फ चिप्लो पहरा निस्केका कारण सो स्थान मजबुत बनाउन केही समय लाग्नेछ। वर्षा थपिए पुनः बिग्रन सक्ने र वर्षा रोकिए निर्वाद रूपले सवारी सञ्चालनहुने विभागले जनाएको भनाइ छ। राजमार्गको दायाँबायाँ अधिकाँश स्थान भिरपाखो भएका कारण सुरक्षाको स्थितिलाई मध्यनजरराखी रातको समयमा सवारीसाधन नचलाउन प्रहरी प्रशासनले अनुरोध गरेको छ।

छिटो राजमार्ग खुलाउने सरकारको निर्देशनलाई सिरोपर गर्दै ज्यानको पर्वाह नगरी सोमबार दिनभर प्रजिअ खनाल र जिल्ला प्रहरी प्रमुख केशव भट्टराई डोजरसँगै हिँडेका कारण पहिरो पन्छाउने कार्यमा द्रुतता आएको थियो।

टेलिफोन, विद्युत् र इन्टरनेट सेवा सञ्चालन नहुँदा दुई दिनसम्म रसुवागढी भन्सारको जाँचपास कार्य प्रभावित भएको थियो।

केरुङतर्फ तिब्बती भागमा सडकमा क्षति

भारी वषाँसँगै आएको पहिराले रसुवागढीस्थित मितेरी पुलदेखि तिब्बतको केरूङ खण्डको चिनियाँ राजमार्ग भने बन्द भएको सीमा सुरक्षाकर्मीले बताएका छन्। चिनियाँ भागको ठोङ्सा नजिकको पहिराले सडकमा ठूलो क्षति भएको छ, तर चिनियाँ पक्षले मर्मतको कार्य अगाडि नबढाएको स्थानीय प्रशासनको भनाइ छ। त्यही कारण केरुङ जाने प्रतिक्षामा रहेका ट्रकहरु रसुवागढीमै रोकिएका छन्।

विसं २०७२ मङ्सिर १५ गतेदेखि मालसामग्री आयात निर्यात सुरू भएको रसुवागढी नाकाबाट आयात भने अत्यधिक भइरहेको र निर्यात भने न्यून रूपमा भएको रसुवा भन्सारका कर्मचारीले बताएका छन्।

उता, कैलाश मानसरोवर तीर्थयात्रा गरेर फर्किएका यात्रुहरु अहिले केरुङमा अलपत्र पर्न थालेका छन्। पछिल्लो समय हुम्लाको हिल्साबाट भन्दा रसुवागढी नाकाबाट यात्रा सहज हुने भएकाले कैलाश मानसरोवर जाने तीर्थयात्रु केरूङको मार्ग रोज्न थालेका छन्। कैलाश मानसरोवर जान चाहने यात्रुहरु राजधानी काठमाडौंदेखि रसुवाको टिमुरेसम्म आधाजसो मोटर र आधाजसो हेलिकप्टरमा पुग्ने गरेको सीमा सुरक्षाकर्मीले बताएका छन्।

तिब्बत तर्फको केरूङ–रसुवागढी सडकखण्डमा ठाउँठाउँमा निकै ठूला पहिरा गएका कारण यातायात अवरुद्ध छ। कैलाश मानसरोवरको दर्शन गरेर फर्कने नेपाली र अन्य देशका नागरिकलाई नेपालतर्फ ल्याउन ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल मार्फत पहल भइरहेको प्रजिअ खनालले बताए। चिनियाँ भागको क्षतिग्रस्त सडक पुनः निर्माणका लागि लामो समय लाग्ने केरूङबाट समकक्षीले जानकारी पठाएको प्रजिअ खनालको भनाइ छ। चिनियाँ अधिकारीले छिटो सडक नबन्ने बताएपछि रसुवागढी–केरूङ–रसुवागढीओहोरदोहोर हाललाई अनिश्चित भएको छ।

अध्यागमनको तथ्यांक अनुसार चालू आवमा कम्तीमा सात हजार सात सय ४३ यात्रु कैलाश मानसरोवर गएका छन्।

जिल्लाभित्रका सडक, विद्युत आयोजनामा क्षति

पछिल्लो मनसुनी वर्षाका कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना, २० मेगावाट क्षमताको लाङ्टाङ खोला जलविद्युत आयोजनाका केही उपकरण र ती आयोजनाका मजदुर निवासमा क्षति पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणद्वारा निर्मित राष्ट्रिय प्रसारण लाइनको पहिरेबेँसीस्थित चार्जिङ सेन्टरको एक वटा फलामे खम्बामा क्षति पुग्नुका साथै चीन सरकारको सहयोगअन्तर्गत सुक्खा बन्दरगाह सँगै निर्माण भइरहेको भन्सार कार्यालयको भवन माथिबाट पहिरो आई भविश्यलाई जोखिम तुल्याएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

बेत्रावती, मैलुङ, स्याफ्रुको याङयाङ तथा छोकल क्षेत्रका राजमार्ग समेत थुप्रै स्थानमा क्षति भएको र क्षतिको विवरण संकलन गर्ने काम सडक सुधार आयोजना मार्फत् भइरहेको छ।

टिमुरे क्षेत्रमा गएको पहिरो सँगै आएको लेदोले एकवटा टहरो घर पुरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।

यस्तै रसुवाका अधिकाँश ग्रामीण सडक तहसनहस भएका छन्। नौकुण्डको सरमथली इलाकामा स्थानीयको पहलमा सुधारका काम अगाडि बढेको छ। डाडागाउँ, बृद्धिम, पुरानो तातोपानी, केराबारी, गतलाङ, हाकु, ब्रावल, थुमन समेतका क्षेत्रको सडक क्षति भएको र बडादसैँमा खाद्य सामग्री ढुवानी गरी चाडपर्वमा सहज रूपले ओहोरदोहोर गर्न गर्ने वातावरणका लागि समयमै ग्रामीण सडक मर्मत गरिदिन स्थानीय सरकारलाई अनुरोध गरिएको रसुवा नागरिक समाजले जनाएको छ।

Previous Post

मधेसमा बाढीपहिरो र डुबानबाट पाँच अर्ब बढीको क्षति

Next Post

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In