काठमाडौं। अदालतले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई धरौटीमा छाड्न भनेको हो ।
उनलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको हो । प्रसाईं साइबर अपराधको आरोपमा हिरासतमा थिए । अदालतको यो आदेशसँगै प्रसाईं आजै धरौटी बुझाएर रिहा हुने भएका हुन् ।













