• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    ‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुकीविरूद्धको मुद्दामा अन्तिम बहस

by
११ पुस २०७९,
0
सुकीलाई २३ वर्षको जेल, अस्ट्रेलियाली अर्थशास्त्रीलाई तीन वर्षको सजाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा रहँदै आएकी छन् । नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गर्ने र सरकारी गोपनीयता सम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ ।

अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यान्मारको ‘कू’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न जुन्तालाई आग्रह गरेको छ ।

सुरक्षा परिषद्का स्थायी सदस्य र जुन्टाका निकट सहयोगी चीन र रूसले उक्त शब्दावलीमा संशोधन पछि भिटो प्रयोग नगर्ने निर्णय गरेपछि यो प्रस्तावले सापेक्षिक परिषद् एकताको क्षणलाई चिह्नित गरेको छ ।

सुकीको कानुनी टोली र जुन्ताका वकीलले भ्रष्टाचारका बाँकी पाँच वटा अभियोगमा सोमबार अन्तिम बहस गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । “आजको बहसपछि फैसला सुनाइने छ,” स्रोतले भन्यो, यद्यपि, फैसला सुनाइने मिति भने तय भइसकेको छैन ।

सुकीको यसअघिको मुद्दाको फैसला सामान्यतः अन्तिम बहसको केही दिनपछि आउने गरेको छ । भ्रष्टाचारको अभियोगमा बढीमा १५ वर्ष जेल सजाय हुने व्यवस्था छ । यसअघिका भ्रष्टाचारका मुद्दामा अदालतले सुकीलाई तीन वर्षको जेल सजाय सुनाइसकेको छ ।

सुकीले हाल राजधानी न्यापितको एक घेराबन्दी गरिएको घरभित्र कैदीका रूपमा दिन बिताउँदै आएकी छन् । उनको मुद्दा त्यही चलिरहेको छ र उनलाई घरका सदस्य, उनका सहयोगी कर्मचारी र उनको कुकुर ताइचिडोलाई भेट्न बञ्चित गरिएको छ ।

‘कू’ पछि, उनी धेरै हदसम्म दृश्यबाट गायब भएकी छन् । यदाकदा आउने तस्बिरहरू जुन्ताप्रति बफादार सञ्चारमाध्यममार्फत आउने फोटोहरूमा मात्र सिमित छन् । केही स्थापित जातीय विद्रोही समूहहरूले सीमावर्ती क्षेत्रमा सेनासँग पुनः लडाईं सुरु गरेका छन् भने म्यानमारको अर्थतन्त्र धरासायी भएको छ ।

सुकीको अहिंसाको कडा नीतिलाई बेवास्ता गर्ने दर्जनौं ‘पिपुल्स डिफेन्स फोर्सेज’ले पनि जुन्तासँग लड्नका लागि उदय भएको र यसको प्रभावकारिताले सेनालाई आश्चर्यचकित पारेको विश्लेषकहरूले बताएका छन् । तल्लो स्तरका जुन्ता अधिकारीहरू वा ‘कू’ विरोधी लडाकूहरूको लगभग दैनिक हत्याहरू भइरहेको छ । हत्या, अपहरण र पक्राउका विवरणहरू अस्पष्ट छन् र प्रतिशोधहरू प्रायः चाँडै पछ्याइन्छ ।

विश्लेषकहरूका अनुसार जुन्ताले अर्को वर्ष हुने निर्वाचनको तयारी गरिरहेको छ र सुकीलाई नजरबन्दमा सजायको केही समय बिताउन अनुमति दिन सक्छ । सन् २०२० को चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले जितेको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै सेनाले सुकीलाई अपदस्थ गरी आफूप्रति बफादार नेतृत्वमा सत्ताको बागडोर सम्हालेको थियो ।

स्थानीय निगरानी समूहका अनुसार असहमतिविरुद्ध सेनाले गरेको कारबाहीमा दुई हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको र सर्वसाधारणमाथि हवाई आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । पछिल्लो पटक जुन्ता सरकारले जारी गरेको रिपोर्टमा मृत्यु हुनेको सङ्ख्या चार हजारभन्दा बढी पुगेको छ ।

Previous Post

मेगा बैंकको कामु कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त

Next Post

ताइवान वरपर ७१ वटा लडाकु विमान तैनाथ

सम्बन्धित खबर

नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आवाज

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

१७ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ जेष्ठ २०८३,
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा
आवाज

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

१७ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

१७ जेष्ठ २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

१७ जेष्ठ २०८३,
परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
Load More
Next Post
ताइवान वरपर ७१ वटा लडाकु विमान तैनाथ

ताइवान वरपर ७१ वटा लडाकु विमान तैनाथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In