• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

    भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

    भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

by
६ अशोज २०८१,
0
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो।

जिल्लामा हाल करिब १० हजार लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनले बताए। ‘लागुऔषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको छ, उनले भने, दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवाले दुव्र्यसनमा लागेर जीवन बर्बाद गरिरहेका छन्।” जिल्लामा रहेका १० हजार प्रयोगकर्तामध्ये एक हजार पाँच सय महिला रहेको उनको अनुमान छ।

यहाँ लागुऔषध न्यूनीकरणका लागि २० वटा पुनःस्थापना केन्द्र रहेका छन् भने तीमध्ये दुई महिला पुनःस्थापना केन्द्र छन्। ‘बीस पुनःस्थापना केन्द्रमार्फत चार सय लागुऔषध प्रयोगकर्तालाई स्वास्थ्य तथा व्यवहार परिवर्तनका लागि सेवा प्रवाह गरिएका छौँ। दुई महिला पुनःस्थापना केन्द्रमा ५० महिलालाई राखेर सुधारको प्रयास भइरहेको छ’, संयोजक महर्जनले भने।

पछिल्लोपटक लागुपदार्थ प्रयोगको स्वरुपसमेत परिवर्तन भएकाले अवस्था थप चुनौतीपूर्ण बन्दै गएको लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले बताए। विगतमा धुँवाका रूपमा प्रयोग हुने ब्राउनसुगर अहिले तरल बनाएर सुईको माध्यमबाट प्रयोग हुने गरेको पाइएको उनले जानकारी दिए। नेपालगञ्ज हुँदै लागुपदार्थ अफिम र चरेस भारततर्फ जाने र भारतबाट ब्राउन सुगरलगायत मनोदिपक पदार्थ (नार्कोटिक ड्रग) नेपाल भित्रने गरेको जानकारी दिँदै क्षेत्रीले समस्या समाधानका लागि राजनीतिक दल र राज्यले थप प्रभाकारी कार्यक्रम अगाडि सार्नुपर्ने आवश्यकता औँल्याए।

लागुऔषध कारोबार बढ्दै जाँदा यहाँका युवापुस्ता दुर्व्यसनको उच्च जोखिममा छन्। पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा पनि लागुऔषध कारोबार हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले लागुऔषध नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन भइरहेको बताए। उनले सबै मिलेर समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए।

डाँगीकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालयमा लागुऔषधका एक सय ७७ मुद्दा दर्ता भएका थिए। लागुऔषधमा संलग्न दुई सय ६४ लाई पक्राउ गरी नौ सय २५ ग्राम बढी ब्राउनसुगर नियन्त्रणमा लिइएको थियो।

त्यसअघि आव २०७९/८० मा एक सय ५७ मुद्दा दर्ता भएकामा दुई सय ३६ जना पक्राउ पर्नुका साथै आठ सय ८२ ग्राम ब्राउनसुगर र छ किलो गाँजा बरामद गरिएको थियो।

जिल्लामा आव २०७८/७९ मा एक सय ३४ लागुऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएकामा दुई सय १२ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। ‘लागुऔषध नियन्त्रणका लागि सीमापारि भारतीय सुरक्षा निकायसँग समन्वय गर्नेदेखि गाउँ–गाउँमा चेतनामूलक कार्यक्रमलाई अघि बढाएका छौँ, प्रहरी नायब उपरीक्षक डाँगीले भने, पछिल्लो समय ग्रामीण क्षेत्रका युवापुस्ता पनि लागुऔषधको उच्च जोखिममा छन्। यस्ता क्रियाकलाप रोक्न स्थानीय सरकार, सरोकारवाला र अभिवाकहरू सचेत बन्नुपर्ने आवश्यकता छ।’

Previous Post

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

Next Post

सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

सम्बन्धित खबर

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२५ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

२५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२५ असार २०८३,
तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट
आर्थिक

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

२५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२५ असार २०८३,
भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

२५ असार २०८३,
Load More
Next Post
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In