• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सहकारी ठगी र संगठित अपराधमा लामिछानेविरुद्ध पूरक अभियोग लैजाने तयारीमा प्रहरी

by
५ अशोज २०८१,
0
सहकारी ठगी र संगठित अपराधमा लामिछानेविरुद्ध पूरक अभियोग लैजाने तयारीमा प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम दुरुपयोग गरेको आरोपमा संसदीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएलगतै प्रहरीले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रहरीले रपुरक अभियोग लैजाने तयारी गरेको छ । सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी थालिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ ।

देशका सम्पूर्ण मिडियाहरुले प्रतिवेदनका आधार समाचार सार्वजनिक गरिसकेका छन् । समितिले प्रतिवेदन बुझाएपछि रास्वापा सभापतिले छुटकरा पाएको हल्ला चलाइए पनि उनी कुनै न कुनै विषयमा आधारित भएर दोषी नै पुष्टि भइसकेका छन् । गोरखा मिडिया नेटवर्क प्रालिका तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले संसदीय छानबिन समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष गितेन्द्र बाबु(जीबी) राई नै जिम्मेवार रहेको बयान दिए पनि सभापति लामिछानेले लगभग २४ करोडको चेकमा हस्ताक्षर गरेर हिनामिना गरेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा बचतका लागि संकलन गरिएको रकम हिनामिनामा कम्पनीका अध्यक्ष जीबी राई, छबिराज जोशी र रवि लामिछानेले सयुक्त खाता खोलेर पैसा जम्मा गरिएको उक्त रकम रवि लामिछानेको हस्ताक्षर मार्फ हिनामिना भएको प्रतिवेदनले प्रष्ट्याएको छ । सोही कारण पूर्व गृहमन्त्री एवम रास्वपा सभापति रवि लामिछानेमाथि कारकाही हुने देखिएको छ । सभापति लामिछाने त्तत्कालीन कम्पनीको प्रबन्ध निर्देशक हुँदा उनले गोरखा मिडियाबाट छुट्टाछट्टै १६ वटा चेकमार्फत विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको भुक्तानी भएको समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको रकम अनुसन्धानका लागि गठीत छानबिन समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी
तयार पारेको प्रतिवेदन सोमबार संसद्मा बुझाएको थियो । सोही सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउन सचिवालयलाई निर्देश गरेका थिए । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको हो । प्रहरी प्रधान कार्यालयले तयारी थाल्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिइसकेको बताएको छ । छानबिन समितिले किटान गरेका सञ्चालक समितिका अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेलविरुद्ध पहिल्यै मुद्दा चलिसकेकाले रवि लामिछाने र जोशीविरुद्ध पूरक अभियोग दर्ता हुने प्रहरी उच्च स्रोतको भनाइ छ । रम्तेल पुर्पक्षका लागि थुनामा छन् । राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएपनि उनलाई अहिले सम्म पक्राउ गर्न सकिएको छैन् । अहिले फरार सुचीमा रहेका राई मलेसियमा लुकेर बसेका छन् ।

गत २२ माघमा लामिछानेसहित १८ जनाविरुद्ध २५ जना पीडितले पूरक जाहेरी दिएका थिए । त्यही जाहेरी र संसदीय समितिको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलसमक्ष रायसहितको प्रतिवेदन पठाउने गरी तयारी थालेको स्रोतले जनाएको छ ।पुरक जाहेरीमा लामिछाने, पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, ऋणी नेत्रपाणि बाँस्तोलासहित १४ संस्थालाई प्रतिवादी बनाइएको छ । लामिछाने, छविसहितका पदाधिकारीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउने तयारी भएको पोखरा प्रहरी स्रोतले जनाएको छ । पोखराको सूर्यदर्शनबाट गोर्खा मिडिया नेटवर्कमा गएको ५ करोड रुपैयाँ सहकारीमा गएको र अन्य रकम अन्य सहकारीबाट संकल्न भएको प्रहरीले जनाएको छ ।

जीबी राई सञ्चालक रहेको ७ मध्ये पाँचवटा सहकारीबाट ६५ करोड रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। गोर्खा मिडियामा रकम गएको थप एउटा सहकारीमा भने कुमार रम्तेल सचिव रहेका छन् । सूर्यदर्शनबाहेक बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारी संस्था, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी (कुमार रम्तेल सचिव रहेको) बाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।

थप ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा रकम जम्मा गरिएको उल्लेख छ । सहकारीका सञ्चालकहरुले आफ्नो शक्तिको गलत उपयोग गरेर अत्यधिक रुपमा लिएको ऋण कम्पनीलाई प्रवाह गरेर सहकारीको रकम अपलचन गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

Previous Post

अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

Next Post

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In