• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जी–७ मा इरान सम्झौताको छाया

    जी–७ मा इरान सम्झौताको छाया

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने

    कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जी–७ मा इरान सम्झौताको छाया

    जी–७ मा इरान सम्झौताको छाया

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने

    कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दुई दशकदेखि वायु ऊर्जा अलपत्र,सञ्चालन गर्न माग

by
३१ भदौ २०८१,
0
दुई दशकदेखि वायु ऊर्जा अलपत्र,सञ्चालन गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । झन्डै दुई दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

महाशिला गाउँपालिका–६ फलामखानीमा करोडौं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो ।

दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् ।

लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । वि.सं. २०६० मा स्थापना भएको केन्द्र २०६३ सालमा तीन वर्षपछि नै बन्द भएको थियो ।

टिटिविजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले बताए । त्यसमा भएको लगानी पनि डुबेको उनको भनाइ छ ।

फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो ।

वायु ऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा लगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताए ।

त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने उनले बताए ।

उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

संयुक्तराष्ट्र सङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक ‘रिपोर्ट’अनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ ।

उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलामखानी करिब तीन सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ ।

महाशिला गाउँपालिकाले उक्त वायु ऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालनका लागि कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताए । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने उनले बताए ।

Previous Post

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

Next Post

राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

सम्बन्धित खबर

जी–७ मा इरान सम्झौताको छाया
फिचर-ब्यानर

जी–७ मा इरान सम्झौताको छाया

२ असार २०८३,
आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’
आर्थिक

आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

२ असार २०८३,
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने
आवाज

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

२ असार २०८३,
जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
फिचर-ब्यानर

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

२ असार २०८३,
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
समाचार

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

२ असार २०८३,
जलजलाको लुप्राङमा अङ्गुरखेती
आर्थिक

जलजलाको लुप्राङमा अङ्गुरखेती

२ असार २०८३,
Load More
Next Post
प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In