• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सिआइबीले भन्यो – उपसभापति गुरुङमाथी सहकारी प्रकरणमा प्रमाण पुगेन्

by
३० भदौ २०८१,
0
सिआइबीले भन्यो – उपसभापति गुरुङमाथी सहकारी प्रकरणमा प्रमाण पुगेन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको घटना मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रूपैयाँ हिनामिनामा प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न नमिल्ने बताएको छ । मितेरी सहकारी संस्थाले बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौंडामा उजुरी दिएपनि अहिलेसम्म अनुसन्धानका लागि सिफासि भएर नआएकाले प्रमाण नपुगेको सीआइबीले जनाएको छ ।

कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड ५० लाख रुपैयाँ हिनामिना भएको भन्दै धनराज र उनकी पूर्वपत्नी ज्योतिविरुद्ध संस्थाका अध्यक्ष कुम्भराज राईले केही दिनअघि सिआइबीमा उजुरी दर्ता गर्न खोजेको तर सीआइबीले प्रमाण नपुगेको भन्दै दर्ता नगरेको जनाएको छ । सिआइबीले सिधै उजुरी लिने निकाय आफू नभएकाले प्रक्रिया पु¥याउन भन्दै उजुरी दर्ता नगरेको हो। सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार अध्यक्ष राईले लिएर गएको उजुरी दर्ता गर्ने आधार नभेटिएको हो ।

ज्योति र कांग्रेस उपसभापति तथा सांसद धनराजबीच २०७६ सालमा सम्बन्ध विच्छेद भैसकेको छ। कानुनीरूपमा सम्बन्ध विच्छेद भए पनि त्यो समाजलाई देखाउनका लागि मात्र भएको आरोप लगाउन थालिएको छ। उनीहरूबीच कानुनीरूपमा सम्बन्ध बिच्छेद भइसकेको अवस्थामा पनि ज्योतिका नामको ऋण धनराजले सहकारीमा पुगेर तिरेको पाइएपछि सम्बन्ध विच्छेद नक्कली भएको आशंका गरिएको हो। ज्योति फरार छन्। धनराज सुशासनको पक्षमा वकालत गर्ने सांसदमध्ये एक हुन् ।

नेकपा एमालेका सांसद सूर्य थापा संयोजक रहेको सहकारी ठगीसम्बन्धी छानबिन समितिमा ललितपुरस्थित मितेरी सहकारी संस्थाकी तत्कालीन महाप्रबन्धक ज्योतिर उनका पति धनराजले करिब १५ करोड रूपैयाँ अपचलन गरेको उजुरी परेपछि समितिले संस्थाका अध्यक्ष राईले केही दिनअघि बयान दिदैँ धनराज गुरुङले उक्त रकम हिनामिना नगरेको बताएका थिए

मितेरी सहकारी संस्थाकै सिफारिसमा प्रदेश रजिष्ट्रारको कार्यालयमा पेस गरिएको प्रतिवेदनलाई सिआइबीमा पठाइसकिएको छ। तर सिआइबीले प्रतिवेदन आएको विषयमा औपचारिक रूपमा केही बताएको छैन। विषयलाई बाहिर ल्याएर प्रचार गर्नु उचित नहुने सीआइबीले जनाएको छ ।

मितेरी सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको रकम दुरूपयोग सम्बन्धमा प्रतिनिधिसभाले बनाएको छानबिन विशेष समितिमा उक्त संस्थाका अध्यक्ष राईले बयान दिएका थिए । अध्यक्ष राईले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका थिए। बयानमा उनले ज्योतिले महाप्रबन्धक हुँदा १२ करोड ५० लाख रूपैयाँ हिनामिना भएको विषयमा धनराज पनि जानकार रहेको बताएका थिए । तर धनराजले आफुले त्यो रकम हिनामिना नगरेकोे तर डिर्भोस भएकी उनकी श्रीमती ज्योतीले हिनामिना गरेको हुन सक्ने बताएका छन् । मितेरी सहकारी संस्थाको रकम हिनामिनामा आफ्नो नाम जोडिएपछि सांसद धनराजले छानबिन गर्न संसद्मै माग गरिसकेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा धनराजले ज्योतिसँग आफ् सम्बन्ध बिच्छेद भएको बताएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा कांग्रेस नेतामाथि पनि छानबिन हुनुपर्ने माग राखेपछि धनराजले त्यसको जवाफ दिँदै आफूमाथि छानबिन गर्न चुनौती दिएका थिए।

धनराजले सहकारी ठगीसम्बन्धी प्रतिवेदन आउन लागेको समयमा त्यसलाई प्रभावित पार्न आफूमाथि यस्तो आरोप लगाइएको दाबी प्रतिनिधिसभामा गरेका थिए। ‘यो विषयामा छिटोभन्दा छिटो छानबिन गर्न माग गर्छु। मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू को–कसमाथि छानबिन गर्नुपर्ने हो तुरुन्तै गरियोस् । यो विषयमा ममाथि कुनै आशंका छ भने पनि छानबिन होस्’, धनराजले प्रतिनिधिसभा बैठकका भनेका थिए।

ज्योति २०७६ माघदेखि सम्पर्कविहीन छन्। धनराजले भने २०७६ फागुन २९ मा ज्योतिसँग डिभोर्स भइसकेको प्रतिनिधिसभामाण् बताएका थिए। ज्योतिले धनराजका नाममा लिएको ऋण भने उनले संस्थालाई बुझाइरहेको स्रोतको दाबी छ। धनराजले २०८१ जेठ ६ गतेसम्म सात पटकमा गरी ९१ लाख २५ हजार रूपैयाँ संस्थालाई तिरेको स्रोतले बताएको छ । संस्थाकी तत्कालीन महाप्रबन्धक ज्योतिले २०७६ साउनसम्म धनराजका नाममा रहेको घररजग्गा धितो राखेर पटक–पटक ऋण लिएको विवरण भेटिएको छ। धनराजले २०७७ फागुनसम्म उक्त सहकारीबाट ऋण लिएको देखिएको छ। ज्योतिले आफ्नो नाममा पनि ऋण लिएर नतिरेको देखिएको स्रोतले बतायो।

बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरू मिलेर २०५७ सालमा ललितपुर महानगरपालिका– ५ महालक्ष्मीस्थानमा मितेरी बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। सहकारी स्थापना भएपछि लेखापालबाट जागिर सुरु गरेकी ज्योतिले २०७५ सालदेखि रकम अपचलन गर्न थालेको बयान संस्थाका अध्यक्ष राईले समितिमा दिएका छन्। २०७० सालमा सहकारीको कोषाध्यक्ष बनेकी ज्योति २०७५ सालमा महाप्रबन्धक भएकी थिइन्। महाप्रबन्धक भएपछि उनले रकम हिनामिना गरेको आरोप लागेकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने उपसभापति राइले बताएका छन् ।

Previous Post

अल्बर्ट आइन्स्टाइनद्वारा हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

Next Post

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थप व्यवसायिक बनाउन प्रयत्नशिल छौं- गृहमन्त्री लेखक

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थप व्यवसायिक बनाउन प्रयत्नशिल छौं- गृहमन्त्री लेखक

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थप व्यवसायिक बनाउन प्रयत्नशिल छौं- गृहमन्त्री लेखक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In