• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दुर्गमको शैक्षिक अवस्थाबारे कुराकानी

by
९ पुस २०७९,
0
दुर्गमको शैक्षिक अवस्थाबारे कुराकानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ९ पुस । गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो । त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति पत्र लिनै आएनन् । आखिर किन यस्तो भइरहेको छ त ? शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ, ‘नेपालमा शिक्षण पेशाप्रति बढ्दै गएको वितृष्णा र अरुचि ।’
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करणमा भएको ‘दुर्गमका सर–मिस’ विषयक सत्रमा नेपालको दुर्गम क्षेत्रको शैक्षिक अवस्थाबारे अन्तरंग कुराकानी भएको थियो । दाहालले सहजीकरण गरेको उक्त सत्रमा वक्ताका रुपमा पमा गुञ्जनसँगै मोइन उद्दिन र मिङ्मा तेञ्जिङ केसी सहभागी थिए ।

उनीहरुले आफूहरुले नेपालका विभिन्न दुर्गम ठाउँका विद्यालयमा पढाउँदा भोगेका अनुभव र त्यसको सुधारका लागि गर्न सकिने सुधारबारे आफ्नो दृष्टिकोण राखे । उनीहरु तीनै जनाले सरकारी दरबन्दीका शिक्षकले बालबालिकाको पढाइमा गम्भीर नरहेको सुनाए । ‘शिक्षक सेवा आयोगमा निकालेकाहरु पनि लोकसेवामा खरदार नासुमा गइरहेको भेटिएका छन् । टिचिङ धेरैको सोचाइमा छैन । नयाँ पुस्तालाई शिक्षणमा कसरी आकर्षित गर्ने ?’ दाहाल प्रश्न गर्छन् । तीन वटै वक्ताको एकै उत्तर थियो, ‘शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन सरकारी नीतिगत तहबाटै सुधार हुनुपर्छ । प्रधानाध्यापक, स्थानीय तह र अभिभावक पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ ।’ उनीहरुले सरकारी शिक्षकमा मेहनतकै कमी भएको धारणा राखे ।

कुनै एउटा शिक्षकले विद्यार्थीको चाहना र मनोविज्ञानलाई अध्ययन गरेर पढाउन सकेमात्रै उक्त सिकाइ सफल हुने तेञ्जिङको भनाइ छ । ‘शिक्षक समाज बुझेको हुनुपर्छ र आफूले भागेका अनुभवलाई बाँड्न सक्ने हुनुपर्छ । ५ वटा औंला त समान छैनन्, विद्यार्थीको रुचि पनि एउटै छैन भन्ने बुझ्नुपर्छ,’ भन्छन्, ‘एउटा टिचरले विद्यार्थीको इन्ट्रेस थाहा हुनुपर्छ ।’ विद्यार्थीलाई उच्च शिक्षा पछिमात्रै इन्टर्नसिप गराउने चलन रहेकाले अब ६ कक्षाबाट उक्त अभ्यास थाल्नुपर्ने तेञ्जिङको सुझाव छ । साहित्यदेखि खेलकुद, व्यापार, व्यवसायमा सानैदेखि इन्टर्नसिप गराएमा उनीहरुले आफ्नो रुचि पहिचान गर्न सिक्ने र भविष्यमा के बन्नेबारे उनीहरु आफैंले थाहा पाउन सक्ने उनको भनाइ थियो ।

वक्ता मोइन उद्दिन सबै विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै ‘एक्स्पोजर ट्रिप’मा लैजान सके उक्त सिकाइ प्रभावकारी हुने विचार राखे । उनले आफूले पढाएका ठाउँमा उक्त उपाय धेरै प्रभावकारी देखिएकाले पनि समाज बुझ्न धेरै काम लागेको सुनाए । ‘अर्को कुरा अब तराईको विद्यार्थी हिमालमा, हिमालको विद्यार्थी तराईमा गएर पढा्स् भन्ने चाहन्छु,’ मोइनले अबको आफ्नो सपना सुनाए, ‘कम्तिमा साना विद्यार्थीले जीवन जगत, समाज, क्लचर बुझन पाउनुहुन्छ । भेदचाव पनि कम हुन्थ्यो । यसरी कुराकानी गर्दा सबै एउटै मान्छे रहेछ भन्ने उनीहरु महसुुस गर्न पाउँछन् ।’ २०१८ मा पहिलोपल्ट नेपालको दुर्गम जिल्ला डोल्पामा पढाउन पुगेकी झापाकी झापाकी गुञ्जन लुइँटेलले त्यहाँ सरकारी शिक्षक भेट्नै नपाएको सुनाइन् । एक शैक्षिक वर्षमा एकाधबाहेक त्यहाँ दरबन्दी पाएर गएका शिक्षकको दर्शनसमेत पाइनन्, बातचितको मौका त परै जाओस् ! ‘डोल्पामा म गएको सरकारी स्कुलमा टिचर भेट्नै पाइनँ । हुनुहुन्छ भन्ने सुनेंमात्रै,’ लुइँटेलले दुर्गमका विद्यालयका शैक्षिक अवस्थाबारे सुनाइन्, ‘एकजना शिक्षक आउनु भयो केही समय बसेर फर्किहाल्नुभयो । भेट्नै पाइनँ । उहाँहरु पढाउन इच्छुक हुनुहुन्थेनजस्तो लाग्यो ।’ दरबन्दीमा गएका त्यहाँका शिक्षक किन पढाउन अनिच्छुक भए भन्नबारे आफूले भेउ नै पाउन नसकेको सुनाइन ।

‘टिच फर नेपाल’ नामक संस्थाबाट डोल्पामै पढाउन पुगेका मोइन उद्दिनले पनि त्यही परिस्थिति भोगे । शिक्षकहरु सदरमुकामसम्म पुग्ने तर, विद्यार्थीसम्म कहिल्यै नपुग्ने आफैंले अनुभव गरेर फर्किए । ‘एउटा शैक्षिक वर्षमा त्यहाँ पढाइ हुने भनेको ७ महिना नै हो । तर, उहाँहरु सदरमुकाममै बसेर हाजिर गरेर तलब लिएर जाने धेरै देखें,’ उनले भने, ‘विद्यार्थीसम्म पुगेको भेटिनँ ।’
काठमाडौंको सम्पन्नशाली निजी विद्यालयमा पढेका मिङ्मा तेञ्जिङ केसी पनि २०१८ मा पहिलोपल्ट टिच फर नेपालबाटै सिन्धुपाल्चोक भोटेनाम्लाङ पढाउन गएका थिए । त्यही पहिलो अनुभवले नै सधैं बालबालिकासँग जोडिइरहन प्रेरणा दियो । ‘संयोगवश काठमाडौंमा राम्रो बोर्डिङ कुलमा पढ्न पाएँ । भोटेनामलाङमा पहिलो अनुभव थियो,’ तेञ्जिङले आफ्नो अनुभव बाँडे, ‘त्यहाँका विद्यार्थी कोही चप्पलमा आउने, नांगै आइदिने, भाइबैनी बोकेर आउने भेटिए । कोहीकोही त गाईबाख्रा चराएर बस्नुहुन्थ्यो ।’

गाउँमा शिक्षक भए पनि बाध्यताकै भूमरी फसेको तेञ्जिङले त्यहीं अनुभव गरे । राम्रो गर्ने प्रयास गर्दागर्दै पनि पनि असफल बनेका ‘मास्टर’ उनी त्यहीं भेटे । ‘केही टिचरहरु प्रयास त गर्नुहुन्थ्यो । तर, आफ्नै गाउँठाउँ र समाज भएकाले उहाँहरुको आफ्नै बाध्यता पनि थियो,’ उनले सुनाए, ‘त्यो अनुभव त्यो सिटीमा हुन्थेन ।’ सुरुमा अंग्रेजी शिक्षक भएर सिन्धुपाल्चोक पुगेका तेञ्जिङ त्यहाँको आवश्यकता केवल शिक्षकमात्रै नभएको बुझे । ‘त्यहाँ मैले अंग्रेजीबाहेक धेरै संगीत, खेलकुद पनि सिकाएँ । त्यहाँका महिलाहरुलाई फुटबल सिकाएँ । टुर्नामेन्ट पनि गर्न सफल भएँ,’ उनी खुसी सुनिए, ‘पहिलो पटक केटीहरुमात्रै खेल्न बाहिर जान पाए ।’ पहिलोपटक सिन्धुपाल्चोकमा स्वयंसेवक शिक्षकका रुपमा नगए पनि त्यहाँको शैक्षिक अवस्था हेरेर आफूले पनि पढाउन थालेको बताउँछन्, मोइन उद्दिन । सपनाविहीन विद्यार्थीलाई शिक्षासँगै सपनाको जग बसाल्न पनि आफूले पढाउन सुरु गरेको उनको भनाइ छ ।

‘सिन्धुलाल्चोलक टिचर हुन गएको होइन । तर, त्यहाँ गएसकेपछि बालबालिकासँग माया बस्यो,’ आफूले स्वयंसेवक शिक्षण सुरुगर्दाताकाका सुरुआती दिन सम्झिए, ‘त्यहाँका विद्यार्थीलाई सपना देखाउन सकिन्छ । सपना देखाउनमात्रै पूरा गराउन पनि सकिन्छ भन्ने थाहा पाएँ ।’ उनले त्यहाँका दुर्गमका बालबालिकालाई सपना सफल पार्न सकिन्छ भन्ने उदारहरण प्रयोगात्मक रुपमै देखाउन काठमाडौंका विभिन्न ठाउँमा पनि ‘एक्स्पोजर ट्रिप’ गरेको सुनाए । त्यतिबेला उनले काठमाडौंका बैंक, मिडिया, अस्पताल, थियटर सबैमा सानासाना विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गराए । भन्छन्, ‘भविष्य केके छ, कसरी सफल भइन्छ भनेर रियल मान्छेलाई नै भेट्टाएँ । त्यो एकदमै सफल भएको थियो ।’ स्वयंसेवी शिक्षिका गुञ्जन मिस नेपालका कुनाकन्दरामा पुग्दापुग्दै गुञ्जन मिसको परिचय बनाएकी छन् । उनले नेपालका थुप्रै जिल्लामा पढाउन पुगे पनि आफूलाई ‘कर्णालीकी गुञ्जन मिस’कै रुपमा बढी चिनिएको सुनाइन् । ‘पढाउन गएको माया गर्न सिकेर आएँ । समाज, भूगोल र संस्कृति आफैंले सिक्न पाएँ,’ उनी भन्छिन् ।

Previous Post

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

Next Post

देश फेरी घुमी फिरीकन मध्यावधितिर जाने सम्भावना, प्रचण्ड प्रधानमन्त्री हुने चाहना पूरा हुन कठिनः ओली

सम्बन्धित खबर

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
Load More
Next Post
राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्योः ओली

देश फेरी घुमी फिरीकन मध्यावधितिर जाने सम्भावना, प्रचण्ड प्रधानमन्त्री हुने चाहना पूरा हुन कठिनः ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In