• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हलिउड सेलिब्रेटी सेलेना गोमेज: कस्तो जीवन बाँच्छिन्, के मन पराउँछिन्?

by
२७ भदौ २०८१,
0
हलिउड सेलिब्रेटी सेलेना गोमेज: कस्तो जीवन बाँच्छिन्, के मन पराउँछिन्?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अमेरिकन गायिका सेलेना गोमेज विश्वभर लोकप्रिय छिन् । गायिका मात्र नभएर उनको परिचय अभिनेत्रीको पनि छ । दर्जनौँ टेलिभिजन शो र फिल्ममा अभिनय गरेकी गोमेजको पहिचान निर्माताका रूपमा पनि स्थापित छ ।

सानै उमेरदेखि मनोरञ्जन क्षेत्रमा लागेकी गोमेज करोडौँ फ्यानको मनमा बस्न सफल छिन् ।

सन् १९९२ मा जन्मेकी गोमेजले ९ वर्षको उमेरदेखि नै उनी मनोरञ्जन क्षेत्रमा लागेकी थिइन् । उनले त्यसबेला बालटेलिसिरिज ‘बार्ने एण्ड फ्रेण्ड्स’ मा काम गरेकी थिइन् । त्यस शोमा उनी गियानाको भूमिकामा थिइन् ।

दुई वर्षपछि त्यस सिरिजबाट उनी बाहिरिइन् । त्यसपछि केही टेलिफिल्मका लागि उनले अडिसन पनि दिएकी थिइन् । तर, सफल हुन सकिनन् । सन् २००३ मा उनले ‘स्पाई किड्स ३–डी: गेम ओभर’ मा सानो भूमिका पाएकी थिइन् । त्यसबाहेक ‘वाकर, टेक्सस रेन्जर: ट्रायल बाइ फायर’ मा पनि उनले जुलीको भूमिका निभाएकी थिइन् ।

सन् २००६ मा ‘ब्रायन ज्याप्ड’ मा एमिली ग्रेस गार्सियाको भूमिकामा काम गरेकी थिइन् । सोही शोका लागि उनले गीत समेत रेकर्ड गरिन् ।

सन् २००६ मा उनले डिज्नीको ‘द सुट लाइफ अफ ज्याक एण्ड कोडी’ मा ग्वेनको भूमिकामा थिइन् । उनले ‘हाना मोन्टाना’ सिरिजमा मिकायलाको भूमिका पनि निभाइन् । सन् २००७ सम्म आइपुग्दा उनी डिज्नी च्यानल स्टार नै बन्न पुगिन् ।

त्यति बेला उनले ‘विजाड्र्स अफ वेभर्ली प्लेस’ मा प्रमुख भूमिका निभाएकी थिइन् । सन् २०१२ सम्म चलेको उक्त टेलिभिजन सिरिजले दुई पटक ‘बालबालिकाको उत्कृष्ट कार्यक्रम’ विधामा दुई पटक एम्मी अवार्ड नै जित्न सफल भयो ।

त्यसपछि उनी ‘होटेल ट्रान्ससाल्भानिया’ फिल्म सिरिजमा पनि आबद्ध भइन् । सन् २०१५, २०१८ र २०२२ रिलिज भएका उक्त सिरिजका तीन वटा फिल्ममा पनि उनले काम गरेकी छिन् । सन् २०१३ मा उनले ‘स्प्रिङ ब्रेकर्स’ मा आबद्ध भइन् ।

सोही वर्ष रिलिज भएको ‘गेटवे’ मा पनि उनले काम गरिन् । सन् २०१४ मा ‘बिहेबिङ ब्याडली’ मा पनि उनी मेरी लुइस पार्करको भूमिकामा देखा परेकी थिइन् ।

सन् २०१९ मा ‘द डेड डोन्ट डाइ’ मा काम गरेकी गोमेजले सन् २०२० मा रिलिज भएको रोबर्ट डाउनी जुनियरको ‘डुलिटिल’ मा पनि अभिनय गरिन् । पछिल्लो समय उनले हुलुको कमेडी सिरिज ‘ओन्ली मरडर्स इन द बिल्डिङ’ मा माबेल मोराको भूमिकामा आबद्ध छिन् । यो सिरिजबाट उनी सन् २०२३ मा गोल्डेन ग्लोब अवार्डको मनोनयनमा समेत पर्न सफल भइन् ।

अभिनयसँगै गोमेज गीत सङ्गीतका क्षेत्रमा पनि सक्रिय छिन् । सन् २००८ र २००९ देखि नै उनले गीत रेकर्ड गर्न थालेकी हुन् । उनी ‘सलिना गोमेज एण्ड द सिन’ ब्याण्डमा पनि आबद्ध भइन् । त्यस ब्याण्डले सन् २००९ मा ‘किस एण्ड टेल’, सन् २०१० मा ‘अ इयर विदाउट रेन’ र सन् २०११ मा ‘ह्वेन द सन गोज डाउन’ जस्ता एल्ब निकालेको थियो । यो ब्याण्ड सन् २०१२ मा छुट्टिन पुग्यो ।

त्यसपछि उनको एकल साङ्गीतिक यात्रा शुरु भयो । उनले सन् २०१३ मा ‘स्टार्स डान्स’ एल्बम रिलिज गरेकी थिइन् । त्यस एल्बममा ‘कम एण्ड गेट इट’ र ‘स्लो डाउन’ जस्ता गीत समावेश थिए । त्यसपछि सन् २०१५ मा उनले ‘रिभाइभल’ नामक अर्को एल्बम रिलिज गरिन् । त्यस एल्बममा पनि ‘किल एम विद काइन्डनेस’, ‘ह्याण्ड्स टु माइसेल्फ’ र ‘सेम ओल्ड लभ’ जस्ता गीत समावेश थिए ।

सन् २०२० मा पनि उनले ‘रेयर’ नामक अर्को एल्बम रिलिज गरिन् । यसमा ‘ब्याण्ड लायर’, ‘फेटिस’ र ‘इट एन्ट मि’ जस्ता गीत रहेका थिए । पछि सन् २०२१ मा उनले स्पेनी भाषाको ‘रेभेलेसियन’ नामक साङ्गीतिक संग्रह निकालेकी थिइन् ।

त्यसबाहेक उनले अमेरिकी तथा विश्वभरका साङ्गीतिक हस्तीहरुसँग पनि सहकार्य गरेकी छिन् । उनका ‘काम डाउन’, ‘आइस क्रिम’, ‘लुज यू टु लभ मी’ जस्ता गीत निकै लोकप्रिय छन् ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनका ४२ करोड ५० लाखभन्दा धेरै फलोअर्स छन् भने फेसबुकमा उनलाई ८ करोड ८० लाखभन्दा धेरैले फलो गरेका छन् । त्यसैगरी, युट्युबमा उनका ३ करोड ४७ लाख सब्सक्राइबर्स छन् । एक्समा उनलाई ६ करोड ५९ लाख जनाले फलो गरेका छन् ।

सन् २००८ मा उनी निक जोन्ससँग प्रेम सम्बन्धमा रहेकी थिइन् । तर, त्यो सम्बन्ध धेरै लामो समयसम्म टिक्न सकेन । सन् २०१० देखि सन् २०१८ सम्म जस्टिन बिबरसँग उनको निकै उतारचढावयुक्त सम्बन्ध चलेको थियो । सन् २०१५ मा डिजे जेडसँग पनि उनी उनी सम्बन्धमा रहेकी थिइन् । सन् २०१७ मा उनी अर्का क्यानेडियन सङ्गीतकार द विकेन्डसँग पनि प्रेम सम्बन्धमा थिइन् । पछिल्लो समय उनी बेन्नी ब्लाङ्कोसँग सम्बन्धमा छिन् । यी दुईबीच इङ्गेजमेन्ट भएको हल्ला समेत चलेको थियो ।

सन् २०२० मा उनले रेयर ब्युटी नामक कस्मेटिक कम्पनीको पनि स्थापना गरेकी थिइन् । हाल उक्त कम्पनी अमेरिकी महादेशससहित युरोप र मध्यपूर्वमा पनि निकै लोकप्रिय छ । सन् २०२४ मा कम्पनीको बजार भाऊ २ अर्ब अमेरिकी डलरभन्दा धेरै पुगिसकेको छ ।

गोमेजको व्यक्तिगत सम्पत्ति नै ८० करोड अमेरिकी डलरभन्दा धेरै रहेको बताइन्छ । उनी कारको सौखिन् मानिन्छिन् । उनीसँग फियाट ५०० देखि पोर्श्चा जीटी३ आरएससम्मका कार छन् । सन् २०१७ मा उनले आफूलाई सबैभन्दा मनपर्ने कार चाहीँ फोर्ड स्केप रहेको बताएकी थिइन् ।

उनी प्रायः बिहान ६ बजे उठ्छिन् । अल्युर म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले सप्ताहन्त वा साथीहरुसँग राति घुम्न जानुबाहेक आफू प्रायः राति दश बजेअघि नै सुतिसक्ने बताएकी छिन् । सबेरै उठ्न नसक्ने भएपनि बिहान ६ बजे नै ओछ्यान छाड्ने गरेको उनले बताएकी छिन् ।

उठिसकेको केही समय उनी कसरत गर्छिन् । आफ्नो बिहानको समय निश्चित रुटिनमा चल्ने उनको भनाइ छ । बिहानको रुटिनअन्तर्गत  त्यसको एक घण्टापछि मात्रै आफूले कफी पिउने उने इन्टू द ग्लोसलाई बताएकी छिन् ।

उनी आफ्नो अनुहारको छालाको पनि उत्तिकै ध्यान राख्छिन् । त्यसका लागि उनी बिहान नियमित मुख धुन्छिन् । अनि अनुहारमा मोश्चराइजर दल्छिन् ।

‘म धेरै मोश्चराइजर लगाउदिनँ, मेरो छाला निकै ओइली छ ।’ उनले अल्युरलाई भनेकी छिन् । उनी एकै किसिमका कस्मेटिक पनि प्रयोग गर्दिनन् ।

‘म एउटै कस्मेटिक उत्पादनसँग धेरै आशक्त छैन । म धेरै चिज प्रयोग गर्न चाहन्छु ।,’ उनी भन्छिन् ।

उनी बिहानको नास्तामा भात, अण्डा, एभोकाडो र बिन्सजस्ता खानेकुरा हुन्छन् । खाना पकाउन सिकेपछि उनले स्पेनी शैलीको पिक्विलो पेपर र मान्चेगो चिज समावेश अमलेटजस्ता खानेकुरा खान रुचाउँछिन् । उनी ग्रिक योगर्ट पनि खान मन पराउँछिन् ।

दिउँसो उनी एभोकाडो, टर्की खान रुचाउँछिन् । उनी पानी पनि धेरै नै पिउँछिन् । उनले एक पटक आफू बाथरुममा हुँदा पनि पानी पिउने गरेको खुलाएकी छिन् । उनी बेलुका भने तेरियाकी, साल्मोन, चिकेन, सुसीजस्ता खानेकुरा खान मन पराउँछिन् ।

Previous Post

पूर्वी एसियामा लाखौँ मानिस बाढीबाट प्रभावित, २०० भन्दा बढीको मृत्यु

Next Post

दही सेवन गर्दा के के हुन्छ, फाइदा (टिप्स)

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
दही सेवन गर्दा के के हुन्छ, फाइदा (टिप्स)

दही सेवन गर्दा के के हुन्छ, फाइदा (टिप्स)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In