• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हुप्सेकोटमा कृषि प्रणालीलाई विषादीरहित बनाउने अभियान

by
२० भदौ २०८१,
0
हुप्सेकोटमा कृषि प्रणालीलाई विषादीरहित बनाउने अभियान

6g]nlag} t/sf/L v]tL aemfª, !) k'; M emf]tf ahf/df s[ifs k[YjL cj:yLn] nufPsf] t/sf/L afnL . lhNnfdf w]/}n] 6g]nsf] dfu ul//x]sf a]nf cj:yLn] 6g]{nlag} kmnfPsf] t/sf/L . tl:a/ M e"ld/fh lk7ftf]nL÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा कृषि प्रणालीलाई विषादी रहित बनाउने अभियान सञ्चालन गरिने भएको छ ।

चालु आर्थिक वर्षदेखि विषादीको प्रयोगलाई शून्यमा झार्ने नीति लागु गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । ‘कृषि उत्पादनमा जैविक तथा वनस्पतिजन्य मल तथा औषधिको प्रयोगलाई बढावा दिँदै अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्दै आगामी तीन वर्षभित्र विषादीको प्रयोग पूर्ण रूपमा अन्त्य गर्ने अभियान यस वर्षदेखि सुरु गर्न लागेका छौँ’, उनले भनिन् ।

गाउँपालिकाभित्र व्यावसायिक कृषि गर्नेको संख्या बढ्दै गएकाले कृषि उत्पादनलाई विषादीरहित बनाउने अभियान सञ्चालन गर्न अध्यक्ष पाण्डेले बताइन् । कृषकलाई जैविक तथा वनस्पतिजन्य मल तथा औषधिको प्रयोगमा प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । विषादीको प्रयोगले हुने असरलगायत विषयमा जनचेतना अभिवृद्धि गर्दै रोकथामको अभियान सञ्चालन गरिने पालिकाको योजना छ । ‘पालिकालाई तरकारीको पकेट क्षेत्रका रूपमा चिन्ने गरिन्छ, यहाँको तरकारी देशका प्रमुख सहरमा निर्यात हुन्छ’, उनले भनिन्, ‘त्यसैले यहाँको कृषि उत्पादनलाई पूर्ण रूपमा विषादीरहित रहेको प्रमाणित गरी देशभर चिनाउने लक्ष्य राखेका छौँ ।’

पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले विषादीरहित उत्पादनका लागि सबै कृषकलाई तालिम सञ्चालन गरिने बताए । किसानलाई विभिन्न तालिम, अनुदान र लागत सहभागिताका आधारमा कार्यक्रम सञ्चालन गर्ने गरी कृषिमा बजेट व्यवस्था गरिएको उनले जानकारी दिए । ‘मानव स्वास्थ्यमा असर हुने गरी विषादीको प्रयोग भइरहेको छ, अब त्यसलाई पूर्ण रूपमा सुधार गर्नुपर्छ भनेर विषादीरहित अभियान सञ्चालन गर्न लागेका हौँ’, उनले भने, ‘विषादीको असरबारे किसान पनि सचेत हुनुभएको छ, यसमा पालिकाले थप प्रोत्साहन गर्छ ।’

यसैगरी गाउँपालिकाले ‘फर्क युवा गाउँमा, उद्यम गरौं यही ठाउँमा’ भन्ने नारासहित युवालाई स्वरोजगारमूलक कृषि व्यवसायमा लाग्न प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष पाण्डेले भनिन्, ‘युवालाई दिगोरूपमा कृषिमा आबद्ध गराउन कृषिमा यान्त्रीकरण, आधुनिकीकरण, विविधीकरण तथा बजारीकरण गरी कृषि पेसालाई सम्मानजनक र मर्यादित पेसा बनाउने नीति लिएका छाै‌ ।’

कृषि क्षेत्रको प्रवर्द्धनका लागि मागमा आधारित फलफूल खेतीमा अनुदान, टनेल तरकारी र नर्सरी स्थापनाका लागि अनुदान र तालिमसमेत गर्ने गाउँपालिकाको योजना रहेको छ । गाउँपालिकाले यसै वर्षदेखि ‘हुप्सेकोट किसान कल सेन्टर’ स्थापना गरी सहज सेवा प्रदान गर्ने तयारीसमेत गरेको छ । ‘किसान कल सेन्टरमार्फत कृषकलाई सम्पूर्ण परामर्शका साथै बजारीकरणमा सहयोग गरिने उद्देश्य लिएको छ । कार्यविधि बनाएर किसानलाई निःशुल्क सेवा दिने गरी अगाडि बढ्ने छौं’, अध्यक्ष पाण्डेले भनिन् ।

गाउँपालिका उपाध्यक्ष पूर्णसिंह रानाले यसै वर्षदेखि गाउँपालिकाभित्र उत्पादन हुने रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने तयारी गरिएको जानकारी दिए । यहाँ उत्पादन हुने गहत, सिल्टुङ्ग, सामा काउनो, जुनेलो, थारु आलु, अनदि (जर्नेली), झिनुवा धानका रैथाने बालीको संरक्षण तथा प्रवर्दन गरिने उनले बताए । ‘आधुनिक कृषि प्रविधि अवलम्बन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिमा आधारित उद्योग सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि हामीले आवश्यक सहयोग तथा सहजीकरण गर्छौं’, उपाध्यक्ष रानाले भने ।

स्थानीय (लोकल) कुखुराको व्यावसायिक उत्पादन वृद्धि गर्नका लागि ‘एक वडा एक फर्म कार्यक्रम’ सञ्चालन गर्ने तयारीअनुसार पालिकाभित्रका सबै वडामा काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए । ‘स्वस्थ पशुः स्वच्छ उत्पादन’को नारासहित घरदैलो उपचार सेवामार्फत पशुमा निःशुल्क कृत्रिम गर्भाधान सेवा र उन्नत नस्ल सुधारको कार्यक्रम सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए ।

Previous Post

अगस्टमा विश्वव्यापीरूपमै उच्च तापमान रेकर्ड

Next Post

हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने, दिपेन्द्रले निर्देशक गर्दै

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने, दिपेन्द्रले निर्देशक गर्दै

हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने, दिपेन्द्रले निर्देशक गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In