• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

by
१४ भदौ २०८१,
0
हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्घाखाँची । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौं वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन्।

विसं २०४०/२०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनः नापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौं जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायलाई ज्ञापनपत्र बुझाएका छन्।

विसं २०५७ मा पाएको पहिलाको पुर्जा आफूहरूसँगै रहेको र सोही पुर्जाका आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि पुर्जा पाउन नसकेपछि जग्गा भएर पनि सुकुम्बासीजस्तै भएको शीतगङ्गा–१२ खुम्चीकोटका स्थानीय देवेन्द्र पौडेलले बताए।

उनले सयौँ वर्षदेखि चर्चेको पहिलाको जग्गाधनीपुर्जा देखाउँदा समेत पुर्जा पाउन नसकेको गुनासो गरे।

वडा कार्यालय, नगरपालिकाको कार्यालय, विशेष नापी कार्यालयलगायत कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभएपछि कपिलवस्तुको सिमानाबाट स्थानीय जनता हजारौं रुपैयाँ खर्च गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका थिए।

सहज तरिकाबाट पुर्जा पाउनुपर्ने नारा लगाउँदै उनीहरू जिल्ला प्रशासनमा पुगेका थिए।

शीतगङ्गा नगरपालिका–१२ को खुम्चीकोट, पिरापानी, खलेयाखर्क, दमारे, धौलेटाकुरा, दरबारे, टिकरत, जलुके, टर्रेलगायतका झण्डै १५० जनाले तिरो तिरेको रसिद र पुरानो जग्गाधनीपुर्जा देखाउँदा पनि नयाँ पुर्जा पाउन नसकेको पिरापानीका स्थानीय खगेश्वर गैरेले बताए।

केही व्यवसाय गर्नका लागि जग्गा बैंकमा धितो राख्नुपर्छ। पुरानो पुर्जाले हुँदैन, नयाँ पुर्जा पाउन सकिएन। जसले गर्दा केही व्यवसाय गर्न समस्या भएको स्थानीय देवीराम गैरेले गुनासो गरे।

विशेष नापीको टोलीले जग्गा नापिसकेको भए पनि नयाँ पुर्जा पाउन नसकेको बताए। आफूहरूले भोगचलन गरेको जग्गाको साविककै पुर्जाअनुसार नयाँ पुर्जा सरकारले दिनुपर्ने स्थानीयको माग रहेको पिरापानीका राजेश गरैले बताए।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माओवादी) ले २०५९ र २०६१ सालमा गरेको सदरमुकाम आक्रमणमा जग्गासम्बन्धी सबै कागजात जलेर नष्ट भएका थिए।

कागजात नष्ट भएको अर्घाखाँची जिल्लामा विशेष नापी कार्यालय स्थापना गरेर जग्गा नापजाँचको काम सुरु भएको थियो।

साविक २०४० सालमा एकसरो नापी भएको नक्सा र अहिले त्यस स्थानका स्थानीयले भोगचलन गरेको जग्गाको नक्सा नमिलेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले बताए।

स्थानीयले अहिले भोगचलन गरेको जग्गा छ, नापी पनि पुनः गरेका छौं। तर २०४० सालको नापीको नक्सामा उनीहरूको कित्ता देखिँदैन, जङ्गल देखिएकाले पुर्जा दिनसकेका छैनौँ।

जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५ (घ)अनुसार साविकको नक्सा र अहिलेको नक्सा भिडाउनुपर्छ। साविकको नक्सा र अहिलेको नक्सा नभिडेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख भण्डारीको भनाइ छ।

यस्तो समस्याबारेमा विभाग र मन्त्रालयमा जानकारी पनि गराएको उनको भनाइ छ।

गाउँगाउँमा सिंहदरवार भनेर नारा लगाए पनि कपिलवस्तुको सिामानाबाट आफ्ना माग सम्बोधन हुने आशामा सिङ्गो गाउँ नै उठेर सदरमुकाम आएका थिए।

आफूहरूको तवरबाट सक्दो प्रयास गर्ने र उनीहरूको माग सम्बोधनका लागि सम्बन्धित निकायलाई जानकारी गराउने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ।

Previous Post

आजको मौसम : बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Next Post

जंगलको आगोले कार्बन उत्सर्जनमा बढाएको चिन्ता

सम्बन्धित खबर

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
आवाज

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

१६ भदौ २०८३,
‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
Load More
Next Post
जंगलको आगोले कार्बन उत्सर्जनमा बढाएको चिन्ता

जंगलको आगोले कार्बन उत्सर्जनमा बढाएको चिन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In