• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परराष्ट्र मन्त्री डा. राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

by
११ भदौ २०८१,
0
परराष्ट्र मन्त्री डा. राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज द्विपक्षीय वार्ता भएको छ ।

उनीहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।

त्यस वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो । वार्तामा नेपाल तर्फबाट मन्त्री डा राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरु र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरु सहभागी थिए ।

वार्तामा परराष्ट्र मन्त्री डा राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी छन् । पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरुलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उनले आग्रह गरिन् । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताएका छन् ।

त्यसैगरी नेपालले नेपाली श्रमिकहरुको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरु वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो । ओमान पक्षले पनि नेपाली श्रमिकहरु काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिमक लैजाने विषय बताएको थियो । यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको थियो ।

त्यस्तै परराष्ट्र मन्त्री डा राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमन लगायतका अन्य सम्भावनाहरुमा संयुक्त रुपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरेका थिए ।

त्यस वार्तामा मन्त्री डा राणाले नेपालमा जलविद्युत लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्री मार्फत् ओमान सरकार त्यहाँका लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

सो वार्तापछि मन्त्री डा राणाले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन् । उनले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयहमा कुरा गरेको र दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिइन् ।

Previous Post

अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै अष्ट्रेलिया सरकार

Next Post

सर्वोच्चद्वारा सशस्त्रको ३० वर्षे सेवा रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
Load More
Next Post
न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

सर्वोच्चद्वारा सशस्त्रको ३० वर्षे सेवा रिटमा अन्तरिम आदेश दिन अस्वीकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In