• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ नागरिकको गिरोह नेपाली युवाहरुको बेचबिखनमा समेत संलग्न रहेको खुलासा

by
७ पुस २०७९,
0
चिनियाँ नागरिकको गिरोह नेपाली युवाहरुको बेचबिखनमा समेत संलग्न रहेको खुलासा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रासस (नारायण ढुंगाना) – प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको थियो ।

चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभई मानव बेचबिखन जस्तो जघन्य अपराधमा समेत संलग्न भएको पाइएको छ । पछिल्लो घटनाले भने मानव बेचबिखनमा पनि चिनियाँ नागरिक सक्रिय हुन थालेको पाइएको हो ।

मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार मानिसलाई धेरै तलब (डलरमा) प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पु-याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा चिनियाँ नागरिक पनि संलग्न रहेको फेला परेको हो ।

यसरी दुई चिनियाँ नागरिकले १० जना नेपाली युवालाई लोभमा फसाएर बिक्री गरेको खुलेको र उनीहरूले अझै धेरै नेपाली युवालाई विदेशमा पठाएको आशङ्कामा अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेशले यसरी मानव बेचबिखनमा संलग्न अभियुक्त चिनियाँ नागरिकद्वय छोवाङ रुङ र चेन याङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । उक्त कार्यमा सहयोगीको भूमिकामा रहेका केही नेपालीलाई अनुसन्धानको दायरामा ल्याइएको उनले बताए ।

उनीहरू व्यापारिक भिसा लिएर विगत पाँच वर्षदेखि नेपाल बस्दै आएका थिए । आरोपी रुङ भने आइटी इञ्जिनियरसमेत हुन् । उनले नेपाली महिलासँग विवाह गरेर नेपाल बस्दै आएको खुलेको छ । उनीहरूले नेपाली एजेन्टसमेतको प्रयोग गरी मानिसलाई यहाँबाट भारत हुँदै थाइल्याण्ड पु-याएर त्यहाँबाट गाडीमा लाओस पठाई मानव बेचबिखन गरेको ब्युरोको अनुसन्धानमा खुलेको छ ।

उनीहरूले सुरुमा लाओसको सेल्स मार्केटिङमा एक हजारदेखि एक हजार ५०० डलरसम्म मासिक पारिश्रमिक पाउने लोभ देखाएर नेपालबाट मानिस लाओस पठाउँदै आएका थिए । लाओस पु-याएर आइटी कम्पनीमा राखी त्यहाँबाट नक्कली सामाजिक सञ्जाल खोल्न लगाई विट क्वाइनमा लगानी गराउन सामाजिक सञ्जालबाट विभिन्न देशमा मानिससँग सम्पर्क गर्न लगाई कानूनविपरीतका कार्यमा संलग्न गराइएको पीडितहरूले बताएका छन् ।

ती चिनियाँ नागरिकले सुरुमा पीडितबाट जनही रु तीन लाख ९० हजार लिएको पाइएको र त्यहाँ पुगेपछि गरेको कामको पारिश्रमिक पनि नदिएको फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए ।

उनीहरूमार्फत बेचबिखनमा परेका धेरै नेपाली अझै पनि लाओसमा रहेको र उद्धार पर्खिरहेको पनि पीडितले बताएका छन् । सो विषयमा अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । यसरी बेचबिखनमा परेका भनेर तीन महिला र सात पुरुषले छुट्टाछुट्टैरूपमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यसरी भएको थियो घटना

चिनियाँ र अङ्ग्रेजी भाषासमेत जानेका युवालाई उनीहरूले पहिलो प्राथमिकतामा राखेर यसरी विदेश पठाउने गरेका थिए । सोही क्रममा डलरमा तलब पाउने लोभमा काठमाडौँमा कक्षा १२ सकेका केही युवा चिनियाँ नागरिकको सम्पर्कमा आएका थिए ।

सुरुमा ती विद्यार्थीलाई अन्तर्वार्ता नै लिएर उनीहरूले आकर्षक तलब पाउने प्रलोभनमा गत भदौ १७ गते सडकमार्गबाट भारत अनि थाइल्याण्ड हुँदै लाओस पु¥याइएका थिए । बीचमा फरकफरक व्यक्ति जोडिएर उनीहरूलाई लाओस पु-याएको पीडितहरूले बताएका छन् । त्यसपछि भनेको कम्पनीमा काम नलगाई पीडितलाई गैरकानूनी काममा लगाइएको थियो ।

दुई महिना काम गरेपछि आफन्तको सहयोगमा उनीहरू गएको कात्तिक २५ गते नेपाल फर्कन सफल भए । अनि पीडितले कात्तिक ३० गते ब्युरोमा जाहेरी दिएका र सोही जाहेरीका आधारमा प्रहरीले काठमाडौँको ठमेलबाट मङ्सिर ८ गते चेन याङलाई पक्राउ ग¥यो । उनलाई पक्राउ गरेको चाल पाएका अर्का अभियुक्त रुङ भने भागे ।

उनी भागेको थाहा पाएको प्रहरीले सबै नाकामा निगरानी बढाएकामा मङ्सिर ९ गते बिहानै बङ्गलादेश जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्न सफल भयो । उनीहरूमाथि झण्डै १५ दिनको आवश्यक अनुसन्धानपछि प्रहरीले मङ्सिर २७ गते अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सोही मिसिलका आधारमा मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ को कसुरअन्तर्गत अभियोगपत्र दर्ता भएकोमा काठमाडौँ जिल्ला अदालतमा मङ्गलबार ९पुस ५ ० थुनछेक बहस भएको थियो । अदालतले सोही दिन नै दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनीहरूले पठाएका धेरै नेपाली लाओसमा बन्धक जस्तैगरी राखिएको सूचना आएकाले उनीहरूको पनि उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Previous Post

खराव मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

Next Post

छैटौँ पटक प्रधानमन्त्री बन्ने तयारीमा देउवा

सम्बन्धित खबर

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध
समाचार

भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

३० साउन २०८३,
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३० साउन २०८३,
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
समाचार

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

३० साउन २०८३,
Load More
Next Post
तिहारमा प्रधानमन्त्रीको शुभकामना

छैटौँ पटक प्रधानमन्त्री बन्ने तयारीमा देउवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In