काठमाडौं – आज मौसममा आएको खरावीका कारण आन्तरीक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। बाक्लो हुस्सु, कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा उडान प्रभावित भएको हो।
भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडानका विमान पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटिका कारण आकासमै होल्ड भएका छन् ।

विशेषगरी तराई क्षेत्रका विमानस्थलमा हुस्सु तथा कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित हुने गरेको छ । आन्तरिकतर्फ दैनिक करिब तीनसय उडान हुन्छन्।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि तराई भूभागको केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नुका साथै देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।













