• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गोसाइँकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

by
२ भदौ २०८१,
0
गोसाइँकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।पवित्र धार्मिकस्थल रसुवाको गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ। यसबाट गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीलाई सहज हुने भएको छ। ग्रामीण र दुर्गम क्षेत्रमा लगातार विद्युत् सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक गोसाइँकुण्डमा बिजुली पुर्‍याएपछि स्थानीयका अलावा तीर्थयात्रीलाई राहत पुगेको हो।

प्राधिकरणले समुद्र सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार साँझदेखि ग्रिडको विद्युत् पुर्‍याइएको जनाएको छ। बिजुली बत्ती पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ।

धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। अहिलेसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको जानकारी दिए।

‘प्राधिकरणमा जागिर सुरु गर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवं पर्यटकीयस्थल स्वर्गद्वारीमा विद्युत् पुर्‍याएकाे थिएँ,’ उनले भने, ‘अहिले देशलाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाइँकुण्ड, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिरजस्ता धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याइरहेका छौं।’

रसुवाको सदरमुकामबाट गोसाइँकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो। चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुर्‍याइएको छ। यसका लागि निकुञ्जसँगको समन्वयमा दुई सय खम्बा राखिएका छन्। खम्बा ट्रान्सफर्मरलगायतका उपकरण मानिस र खच्चडले ढुवानी गरिएको थियो।

गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ। बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने प्राधिकरणले जनाएको छ। बर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाइँकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले जानकारी दिए। उनले गोसाइँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिनायक र बुद्धमन्दिरमा ५०/५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताए।

जोलाङपाटी र लौरीबिनामा केही होटल सञ्चालनमा छन्। मेलाका यात्रुहरूलाई लक्षितगरी त्यस क्षेत्रमा छाप्राहरु बनाइएका छन्। गोसाइँकुण्डमा विद्युत् पुर्‍याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो। उक्त कार्यको अनुमानित लागत करिब रु तीन करोड रहेको छ।

Previous Post

उपनिर्वाचनको तयारीमा आयोग

Next Post

छिन्चु–जाजरकोट सडक अवरुद्ध

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
छिन्चु–जाजरकोट सडक अवरुद्ध

छिन्चु–जाजरकोट सडक अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In