• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मिथिलामा बढ्यो राखीको चहलपहल

by
२ भदौ २०८१,
0
मिथिलामा बढ्यो राखीको चहलपहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् ।

‘आबन हे सखी, आयल साउनक पूर्णिमा,
भैयाके अबैय याद हे,
भैया नई ऐलौं, निष्ठुर भेला,
निरस भगेल हमर पावन हे !’

(यता आउ हे सखी, अब साउनको पूर्णिमा आउँदैछ, त्यसैले दाजुभाइको सम्झना आइरहेछ । तर दाजुभाइ भने आउने सोधखबर गर्दैनन्, पर्व मेरा लागि निरस हुने भयो) मिथिलामा अहिले सुनिने धेरैजसो गीत राखी केन्द्रित छन् ।

‘आयल साउनक सुदिन यौ भैया,
राखीमें जरुर अबै यौ,
राखीक पावेन अलै यौं भैया,
कोनाक गेली बिसैर यौ !’

(साउनको त्यो सुदिन पनि नजिकियो, दाजु राखीमा अवश्य आउनु होला है, राखी पर्व आइसक्यो, तपाईँले कसरी बिर्सन सक्नुभएको ?)कुनै गीतमा पर्व नजिकिएसँगै दाजुभाइ सम्पर्कमा नआएका दिदीबहिनीको विरह छ भने कतिमा अब दाजुभाइ चाँडै भेट हुने अभिलाषा व्यक्त गरिएको छ ।

‘आयल राखीक त्यौहार,
भाइ हमर लाओत बहार,
बध्बै भाइके प्रेमक डोरा,
होतै सुखक इजहार !’

(राखी पर्व आयो, अब मेरो भाइले खुसी दिनेछ, भाइलाई प्रेमको डोराले बाँध्ने छु, यसले सुखानुभूति मिल्नेछ।) साउन शुक्लपक्ष, जसलाई राखीपक्ष पनि भनिन्छ । मिथिलामा अहिले यस्तै गीत सुनिन्छन्, गुञ्जिन्छन् । जसमा दाजुभाइको सौर्य बखान गरिएको हुन्छ ।

प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी, साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेलीबीच एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै अहिले राखीको तयारीबारे हुने गर्छ । मिथिलामा यसपालि पर्सि सोमबार राखी पर्व मनाउने तयारी छ ।

मधेसको मिथिला क्षेत्र सांस्कृतिक चाडपर्वको उर्वर थलो हो । मैथिल ९मिथिलाका बासिन्दा० सांस्कृतिक चाडपर्व धेरैजसो विद्यापति र मिथिला पञ्चाङ्गको आधारमा मनाउँछन् । यी दुवै पञ्चाङ्गको सुरु महिना साउन हो ।

वर्षको पहिलो महिना साउन लागेदेखि नै विभिन्न चाडपर्व मनाउँदै आएका मैथिल अहिले साउनको अन्त्यतिर राखी पर्वको तयारीमा छन् । साउनमै शिवभक्तिको साउनेमेला, लगपाँच र मधुश्रावणीजस्ता पर्व मैथिलले मनाइसकेका छन् । अहिले झुला पर्व जारी छ । यो राखी पूर्णिमाकै दिन राति समापन गरिने परम्परा छ ।

सौरमासले साउन सकिए पनि चन्द्रमास गणनाले आउने सोमबारसम्म साउन नै रहन्छ । यहाँ जुडशीतल, विश्वकर्मापूजा र तिलासक्रायतलगायत केही पर्वबाहेक धेरैजसो चन्द्रमास तालिकामै मनाइने गरिन्छ । यसपालिको राखी पर्वको दिन साउन (चन्द्रमासअनुसार)को अन्तिम दिन परेको हुँदा साउने सोमबारीको समापन पनि त्यसै दिन गरिने छ ।

मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै राखीको चहलपहल बढ्न थाल्छ । चिया पसल, पान पसलदेखि ठुल्ठूला व्यापारिक प्रतिष्ठान र चोकचोकमा राखी गीत गुञ्जँदाछन् । सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने यो पर्वको चहलपहल देखिँदो छ । पर्वको तयारीले अहिले मिथिला क्षेत्र राखीमय बनेको छ ।

अहिले पर्व आउन दुई दिनमात्र बाँकी छँदा मिथिलानी (मिथिलाका नारी) आफ्ना दाजुभाइसँग पर्वविशेषको भेटघाटको टुङ्गो गर्न मोबाइल र फोनको कुराकानीमा व्यस्त देखिन्छन् ।

“पावैन त आब आयबगेल, मद्रासमें रहल भाइके खबर कैली, ओ अईबेर आओत” (पर्व त अब आई नै हाल्यो, मद्रासमा रहेको भाइलाई खबर गरेँ, ऊ यसपालि आउँछ रे) महोत्तरीको भङ्गाहा–५ राजपुरकी हरिप्रिया महतो खुसी हुँदै भन्नुहुन्छ, “आब भाइके पहनाववाला राखी आ मरमिठाइ जुटेवाक तयारीमे लागल छी” (अब भाइलाई बाँधिने राखी र उसलाई ख्वाइने मरमिठाइको जोरजाममा लागेकी छु।)

मिथिलामा विवाहित चेलीले आफ्नो अनुकूलताअनुसार घरमै दाजुभाइ बोलाएर वा माइत गएर राखी मनाउन सक्ने चलन छ । त्यसैगरी अविवाहित चेलीबेटी पनि दाजुभाइलाई राखीको निम्ता दिँदै इच्छित दक्षिणा पाउनपर्ने ठट्टा मिसाउँदै भेटिन्छन् । पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिदो छ ।

मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदी बहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका जानकार बताउँछन् ।

पर्वले दिदीबहिनीप्रतिको चाहना र प्रेम गाढा बनाउने बर्दिबास–२ का बासिन्दा महेशकुमार झा बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमाघरहरूले पर्व विशेषमा रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी यस्तै कथावस्तुका सिनेमा चलाउँदैछन् । चोकचोक र हाटबजारमा गुञ्जेका राखी पर्वका गीतमा बटुवा पनि झुम्ने गरेका देखिदो छ ।

दिदीबहिनी अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई खुवाइने मिष्टान्न परिकारबारे योजना बुन्दैछन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सदको चाँजो र उनीहरूलाई दिइने दक्षिणाको जोरजाममा लागेका छन् ।

घरबाट काम विशेषले टाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले दिदीबहिनीलाई फुरुङ्ग बनाएको छ । भैया दिल्ली स पावैनलेल ऐवाक निश्चित भेल (दाजु राखी पर्वका लागि दिल्लीबाट आउने कुरा निश्चित भयो) गौशाला–४ की पवित्री सदा भन्छिन्, अईबेर खुसी स राखी पावैन मनायब(यसपालि हाँसीखुसी पर्व मनाइन्छ।)

पर्वमा राखीको कारोबार गर्ने व्यापारीहरू उत्तिकै व्यस्त देखिएका छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको ब्यापारी बताउँछन् । पर्व अब केही दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न खालका राखीको माग र आपूर्तिका कामले फुर्सद नभएको बर्दिबासचोकका शृङ्गार महलका व्यापारी श्यामकुमार महतो बताउँछन् ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने चलन बसेको मैथिल जनविश्वास छ ।

पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे र भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरू र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको बर्दिबास जनता बहुमुखी क्याम्सका प्राचार्य तेजबहादुर खड्का बताउँछन् ।

पर्वमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको मैथिल बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन यहाँ अझै देखिन्छ ।

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधीदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनुछ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदायमात्र नभइ इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफूले दाजुभाइ मानेकाहरूलाई राखी बाँधीदिन पर्वको तयारीमा लागेका छन् ।

पछिल्ला दिनहरूमा पर्व हिन्दू धर्मावलम्बीको मानिदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरूले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने गरेबाट यो पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको छ । यसले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव वृद्धिमा सहयोग पुग्ने महोत्तरीकै सम्सी–६ का इस्लाम धर्मावलम्बी सामाजिक कार्यकर्ता इम्तियाज अहमद बताउँछन् ।

Previous Post

भारतका विदेश मामिला मन्त्रीको निमन्त्रणमा परराष्ट्रमन्त्री राणाको औपचारिक भ्रमण

Next Post

पाउण्ड साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२५ असार २०८३,
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२५ असार २०८३,
Load More
Next Post
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पाउण्ड साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In